कोरोनाले बन्द साप्ताहिक हाट दुई वर्षपछि पुनः सुरु
रावाबेंसी गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा पुनः साप्ताहिक हाट सञ्चालनमा आएको छ । कोभिड–१९ को कारण बन्द भएको साप्तहिक शुक्रबारे हाट आजबाट पुनः गाउँपालिकाले सञ्चालनमा ल्याएको हो ।
चालू पुँजी कर्जा मार्गदर्शन संशोधनमा उद्योगी दुई धार
विराटनगरका उद्योगीले नेपाल राष्ट्र बैङ्कले चालू पुँजी कर्जा मार्गदर्शनको संशोधनलाई अपूर्ण भन्दै खारेजीको माग गरेका छन् । पछिल्लो संशोधनलाई विराटनगरका केही उद्योगीले सकारात्मक भन्दै स्वागत गरे पनि अर्का एकथरी उद्योगीले खारेजीको माग गरेका हुन् । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले संशोधनको धेरै बुँदा जटिल रहेकाले यस मार्गदर्शनलाई स्थगित वा खारेज गर्नुपर्ने माग गर्नुभयो ।
गाईघाटमा गाईको प्रतिमा
त्रियुगा नगरपालिकाले गाईघाट बजारको मुख्य चोकमा स्थानीय पहिचान झल्किने गाईको प्रतिमासहितको स्तम्भ निर्माण गरेको छ। नगरपालिकाको करिब १९ लाख रुपियाँको लागतमा राष्ट्रिय जनावर गाईको बाच्छोसमेत निर्माण गरिएको उक्त स्तम्भसहितको प्रतिमा त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले एक समारोहका बीच शनिबार अनावरण गर्नुभएको छ।
हुँदैन शनिबार बिदा
धनकुटा नगरपालिका–९, मूलघाटमा रहेको कौशिकी निम्न माध्यमिक विद्यालयमा शनिबार अर्थात् सार्वजनिक बिदाको दिनसमेत पठनपाठन हुने गरेको छ। यो विद्यालयमा शनिबारको साटो बुधबार साप्ताहिक सार्वजनिक बिदा दिइने गरिएको छ। यो चलन नयाँ भने हैन। विद्यालय स्थापना कालदेखि नै स्थानीय हटियाको दिन पारेर बिदाको सुरुवात गरिएको थियो। बुधबार सो क्षेत्रमा बुधबारे हटिया लाग्ने गरेको छ। सोही हटियालाई लक्षित गरी बुधबार सार्वजनिक बिदा दिने गरिएको हो। “विद्यालय स्थापनादेखि नै विद्यालय बुधबार साप्ताहिक बिदा दिइने गरिएको छ, अहिले पनि त्यसैलाई निरन्तरता दिइरहेका छौँ,” कौशिकी निम्न माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जयप्रसाद लिम्बू भन्नुहुन्छ।
अलैंची व्यवसायी संघ ताप्लेजुङ जिल्ला अध्यक्षमा रेग्मी
नेपाल अलैंची व्यवसायी संघ ताप्लेजुङको अध्यक्षमा भद्रवीर रेग्मी चयन हुनुभएको छ।
हिउँ नपर्दा बुङ आलुखेती गर्ने किसानलाई सहज
हिउँ नपर्दा बुङ आलुखेती गर्ने किसानलाई सहज भएको छ । गत वर्षको तुलनामा यस वर्ष चाँडै हिउँ नपर्दा बुङ्गा आलु खेती गर्ने किसानलाई सहज भएको हो ।
रतुवा खोला अवैध उत्खनन
झापाको दमक र इलामको चुलाचुलीको सीमाबाट बग्ने रतुवा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन भएको पाइएको छ। खोलामा अवैध रूपमा जेसीबीको प्रयोग गरेर बालुवा तथा खोलाजन्य पदार्थ झिकिरहेको सूचना पाएपछि निरीक्षणमा गएर त्यो रोक्न निर्देशन दिइएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभयो।
सामूहिकरूपमा भोजन गर्न बसेका बटुकहरू
मोरङ जिल्लाको लक्ष्मी नारायण वेदविद्याश्रम गुरुकुल विराटनगर–११ पाञ्चालीमा शुक्रबार सामूहिक रुपमा भोजन गर्न बसेका बटुकहरु
श्रीमतीद्वारा स्वर्गीय श्रीमानको काजकिरिया
नेपाली हिन्दु संस्कारअनुसार छोराले बुबाआमाको काजक्रिया गर्ने चलन छ । पछिल्लो समय छोरीले पनि आफ्नो बुवाआमाको मृत्यु पश्चात काजक्रिया गर्न थालेको सुनिन्छ । तर श्रीमतीले आफ्नो श्रीमानको काजक्रिया गरेको घटना कमै सुनिन्छ । ओखलढुङ्गामा सिद्धिचरण नगरपालिका –१२ की ५८ वर्षीया सुमित्रादेवी श्रेष्ठले आफ्नो ५४ वर्षीय श्रीमान तिलकबहादुर श्रेष्ठकोे काजक्रिया गर्नुभएको छ ।
‘ओखलढुङ्गा सुन्दर’ गीत सार्वजनिक
व्याकुल माइलाले लेख्नु भएको ‘ओखलढुङ्गा सुन्दर’ गीत सार्वजनिक भएको छ ।
आसामभित्रको नेपाल : हटेन गोठाले दुःख, जोगाएकै छन् पुर्ख्यौली संस्कृति
भुटान र अरुणाचलको नजिक दूरीमा रहेको आसामको उदालगुढी भीम दाहाल जस्तै लाखौँ नेपालीको सघन बसोबास भएको जिल्ला हो ।
जापान पठाउने भन्दै पैसा असुलेर फरार
वैदेशिक रोजगारीमा जापान पठाइदिने भन्दै मोरङको रङ्गेली तथा सुनवर्षी नगरपालिकाका युवाबाट रकम असुलेर सम्बन्धित व्यक्ति फरार भएका छन्। रङ्गेली तथा सुनवर्षी नगरपालिकाका ४६ जना युवाबाट दुई करोड ७९ लाख ३० हजार रुपियाँभन्दा बढी रकम असुलेर सुनवर्षी नगरपालिका–६ का अजय राजवंशीसहितको समूह फरार भएको हो।
अठचालीस वर्षपछि लालपुर्जा
धनकुटाको चौबिसे गाउँपालिका–२, मुढेबासका ५५ परिवारले लालपुर्जा पाएका छन्। उनीहरूले ४८ वर्षपछि आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपत्र पाएका हुन्। वि.स. २०३२ मा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरू लालपुर्जा पाउनबाट वञ्चित भएका थिए। लालपुर्जा वितरणसँगै स्थानीयले सम्पत्तिसम्बन्धी अधिकार प्राप्त गरेका छन्। २०२१ सालदेखि जग्गा हदबन्दी कायम गरिएसँगै नापजाँच कार्य सुरु गरिएको र २०३२ मा नाप नक्सा सुरु गरिए पनि सिङ्गो बस्तीलाई नै गाउँ ब्लकको क्षेत्र कायम गरिँदा लालपुर्जा नपाएर स्थानीयलाई समस्या भएको थियो।
अत्यधिक रक्तस्राब हुँदा सुत्केरीको ज्यान गयो
प्रसुती भएपछि अत्यधिक रक्तस्राव हुँदा पाँचथरमा एक जना किशोरीको ज्यान गएको छ । जिल्लाको कुम्मायक गाउँपालिका –२ मङ्जावुङकी मनिषा आचार्यको बुधबार साँझ ज्यान गएको हो ।
ओखलढुङ्गामा पाँच महिनामा नौ बलात्कारजन्य घटना
ओखलढुङ्गामा पाँच महिनाको अवधिमा नौ वटा बलात्कारजन्य घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्क अनुसार पाँच महिनाको अवधीमा नौ वटा बलात्कार जन्य घटना दर्ता भएको हो ।
धरान उत्सव सुरु
धरान उपमहानगरपालिकामा धरान स्थापना दिवसको अवसरमा तीनदिने धरान उत्सव सुरु भएको छ ।
गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला
नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रङ्गशालामा बिताएका छन् । फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्बर मेची रङ्गशाला पछिल्लो समय आफूचाहिँ बेवारिसेजस्तै बन्न पुगेको थियो ।
अवैध रूपमा औषधि पसलहरू सञ्चालन
ताप्लेजुङमा अवैध रूपमा औषधि पसल तथा मेडिकल हल सञ्चालन गरेको पाइएको छ । सदरमुकाम फुङ्लिङ बजारभित्रै दर्ता लगायतका प्रक्रिया पूरा नगरी अवैध रूपमा औषधि पसल सञ्चालन गरेको पाइएको हो ।
सुनकोसी खानेपानी योजना निर्माण गरिँदै
वर्षौदेखि खोलाखोल्सी, कुवा र पँधेरोको पानीबाट जीवन धानिरहेका उदयपुरको दुर्गम क्षेत्रका तीनवटा पालिकाका उपभोक्ताले अब भने सुनकोसी नदीको स्वच्छ खानेपानी उपभोग गर्न पाउने भएका छन्। नेपाल सरकार खानेपानी मन्त्रालयअन्तर्गत रहेको जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनामार्फत सङ्घीय खानेपानी तथा ढल व्यवस्था कार्यालय विराटनगरले डेढ अर्ब रुपियाँभन्दा बढीको लागतमा लिफ्टिङ सिस्टमको दुई छुट्टाछुट्टै सुनकोसी खानेपानी योजना निर्माण गर्न सुरु गरेको छ। यो आयोजनाबाट उदयपुरका ताप्ली, रौतामाई र लिम्चुङ्बुङ गाउँ पालिकाका उपभोक्ताले स्वच्छ खानेपानीको सुविधा पाउन लागेका हुन्।
गोलियाबाट पाँच करोड राजस्व सङ्कलन
ताप्लेजुङमा गोलिया उत्पादन तथा निकासीबाट पाँच करोड रुपियाँ बढी राजस्व सङ्कलन भएको छ। पछिल्लो डेढ वर्षको अवधिमा गोलिया उत्पादन (कटान) र निकासीबाट मात्र जिल्लामा उक्त राजस्व रकम सङ्कलन भएको हो।
नर्सिङका विद्यार्थी प्रयोगात्मक कक्षामा
चितवनको भरतपुरस्थित मैयादेवी कन्या कलेजको नर्सिङ सङ्कायमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक कक्षाअन्तर्गत गरेको प्रदर्शनी ।
सुन्तला खेती गर्ने कृषकलाई घुम्ती तालिम
सुन्तला खेती गर्ने सिद्धिचरण नगरपालिकाका किसानलाई स्थलगत घुम्ती तालिम सञ्चालन गरिएको छ । सुन्तला जातको फलफूल बगैचा व्यवस्थापन तथा रोग किरा नियन्त्रणका लागि स्थलगत घुम्ती तालिम सञ्चालन गरिएको हो । वडा १२ का किसानलाई तालिम दिइएको वडा अध्यक्ष उमङ्ग श्रेष्ठले बताउनुभयो ।
लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो
तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ । मौसममा आएको खराबीका कारण यही पुस १४ गते यता उडान रहेको र मौसममा सुधार आएसँगै अहिले लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
पाँच सय ज्येष्ठ नागरिक र एकल महिलालाई फाइबर सिरक
सुनसरीको दुहबी नगरपालिकाले आफ्ना १२ वटा वडामा गरी पाँच सय विपन्न, ज्येष्ठ नागरिक र एकल महिलालाई बढ्दो जाडोबाट बच्न फाइबर सिरक वितरण गरेको छ ।