सरकार गठनमा एमाले र माओवादीले दाबी कायमै
प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिनको समय आह्वान गर्नुभएसँगै सरकार गठनको प्रक्रिया अगाडि बढेको छ।
दुई अध्यादेश पेश, पुरानै प्रदेश सभा नियमावलीलाई निरन्तरता
प्रदेश १ प्रदेश सभाको अधिवेशन आइतबारबाट सुरु भएको छ। प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले सभामुखको भूमिका निर्वाह गर्दै प्रदेश सभाको बैठक सञ्चालन गर्नुभयो।
नेचासल्यानमा पहिलो पटक ‘कपडा बैङ्क’
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा जिल्लामै पहिलो पटक ‘कपडा बैङ्क’ अभियानको थालनी भएको छ । जमरकट्टेल सेवा प्रतिष्ठान नेपाल नेचासल्यान ३ ले सुरु गरेको अभियानको पहिलो दिन २५० जनाले कपडा लिएको प्रतिष्ठानका महासचिव देवेन्द्र जमरकट्टेलले जानकारी दिनुभयो ।
सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमले राहत
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका सुत्केरी महिलालाई राहत मिलेको छ। गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ ले सुत्केरी महिलालाई राहत मिलेको हो।
एसियाली राजमार्गमा रहेको पुल सञ्चालन
पूर्वी एसियाली देशहरूलाई जोड्ने एसियाली राजमार्ग अन्तर्गत मेचीनगर काँकडभिट्टामा छलेनको मितेरी पुल आइतबार उद्घाटन गरिएको छ ।
फुटबल खेलाडी सिम्रन गाउँमा सम्मानित
झापाको कनकाई–८ निवासी महिला फुटबलकी यू–१५ साफ च्याम्पियन खेलाडी सिम्रन राईलाई आफ्नो गृह नगर कनकाईमा नगद सहित सम्मान गरिएको छ ।
मोलुङ हाइड्रोको १५ करोड रुपियाँको विद्युत विक्री
मोलुङ गाउँपालिका ओखलढुङ्गामा सञ्चालित मोलुङ हाइड्रोपावरले १५ करोड ६० लाख रुपियाँ भन्दा बढीको विद्युत विक्री गरेको छ ।
नयाँ वर्षमा छैन रौनक, पर्यटकको पर्खाइमा हाेटल व्यवसायी
विगतका वर्षहरूमा अङ्ग्रेजी नयाँ वर्षहरूमा पनि दोलखाका होटलहरू भरिभराउ हुने गरेका थिए तर यो वर्ष भने होटलहरुमा खासै रौनक छाएको देखिँदैन । जिल्लाको मुख्य पर्यटकीय क्षेत्रमा पनि पर्यटकको चहलपहल खासै बढेको छैन ।
भेडेटारमा खाना महोत्सव सुरु
धनकुटाको भेडेटारमा शनिबारबाट खाना महोत्सव सुरु भएको छ ।
हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु, एक घाइते
झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते बनेका छन् । शिवसताक्षी नगरपालिका ११ स्थित बच्चाबगरमा आइतबार बिहान साढे २ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६१ बर्षीया कृष्णमाया भण्डारीको मृत्यु भएको हो ।
संस्कृति जोगाउने चासोक मेला (फोटो फिचर)
पाँचथरमा कला संस्कृति र रैथाने खानेकुराको प्रवर्द्धन गर्न चासोक मेलाको आयोजना गरिएको छ ।
छ वर्षदेखि लामीडाँडा विमानस्थल बन्द
कच्ची हुँदा नियमित उडान भइरहेको खोटाङको लामीडाँडा विमानस्थल स्तरोन्नतिपश्चात् छ वर्षदेखि कामविहीन बनेको छ। खोटाङको सबैभन्दा पुरानो जिल्लावासीको यात्राको एक मात्र माध्यम रहेको विमानस्थलमा अहिले उडान नहुँदा व्यापार व्यवसायसमेत ठप्प भएको छ। खोटाङको रावाबेँसी गाउँपालिका–३, लामीडाँडामा वि.सं. २०२८ मा निर्माण सम्पन्न पश्चात् खोटाङवासीको यात्राको एक मात्र माध्यम भएको थियो। उडान बन्द गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणको छ करोड ३४ लाख बजेटमा २०७३ सालबाट स्तरोन्नति गर्न सुरु ग¥यो। विमानस्थलको काम सम्पन्नपश्चात् २०७६ असार ३ गते प्राधिकरणले समिट एयरको जहाजको सफल परीक्षण उडान ग¥यो तर त्यसपश्चात् उडान नहुँदा आसपासका व्यापार व्यवसाय ठप्प भएका छन्।
न्यानो खोज्दै झरे भेडीगोठ
चिसो बढेपछि हिमाली क्षेत्रबाट चरनका लागि तल झारिएका भेडीगोठ आजभोलि उदयपुरका उच्च पहाडी भेगको जङ्गलमा राखिएको छ। पूर्वी नेपालको भित्री मधेस र महाभारत शृङ्खलामा अवस्थित उदयपुर जिल्लामा जाडोको मौसम सुरु हुनासाथ माथिल्लो सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाबाट हरेक वर्ष चरिचरनका लागि भेडीगोठहरू उदयपुर ल्याउने गरिन्छ।
तोरी लगाउने बढे
सुनसरीका किसानले आफ्नै खेतबारीमा तेलहन बाली लगाउन थालेका छन् । खानका लागि तोरीको तेल उपयुक्त हुने र तोरीबाली लगाउन पनि सहज भएकाले इनरुवासहित आसपास क्षेत्रका स्थानीय किसान तोरी खेतीतर्फ आकर्षित बनेका छन । बजारमा पाइने खाने तेलमा अत्यधिक मिसावट भएको र त्यसले स्वास्थ्य नकारात्मक असर गर्न थालेपछि किसानको आफ्नै पहल र अगुवाइमा तोरी खेती लगाउने क्रम सुरु भएको हो ।
तमु ल्होसारमा आयोजित भलिबल उपाधि फुरुम्बुलाई
ताप्लेजुङमा तमु ल्होसारको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि फुङ्लिङ नगरपालिका-१० फुरुम्बुले जितेको छ।
पाँचथरको हिलिहाङमा इलाका प्रहरी कार्यालय भवनको उद्घाटन
पाँचथरको हिलिहाङ गाउँपालिका १ अमरपुरमा निर्मित इलाका प्रहरी कार्यालयको भवन शनिबार उद्घाटन भएको छ।
ग्रिनेट पड्किँदा बालक घाइते
बेवारिसे अवस्थामा भेटिएको ग्रिनेट पड्किँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ पुरानो पञ्चमीमा एकजना बालक घाइते हुनुभएको छ ।
विराटनगर क्षेत्रको कालोपत्रे तोड्दै जोड्दै
कोसी राजमार्गअन्तर्गत रानी–धरान खण्ड विराटनगर बजार क्षेत्रको सडक ‘तोड्दै जोड्दै’ गर्ने कार्य भइरहेको छ। व्यापारिक मार्गका रूपमा विस्तार भएको सडकको कालोपत्रे भासिएर डाँडापाखा भएपछि भत्काउँदै कालोपत्रे थप्दै गर्ने काम भइरहेको हो। छलेन परियोजना इटहरीका इन्जिनियर प्रियंका झाका अनुसार अहिले बरगाछीदेखि दक्षिण एसलाल पेट्र«ोल पम्पसम्म ठेकेदार कम्पनीले सडक मर्मतको काम गरिरहेको छ। ठेक्का सम्झौतामा उल्लेख भएको शर्तअनुसार हस्तान्तरणपछिको मर्मत गर्नुपर्ने म्यादको काम ठेकेदारले गरिरहेको हो।
विना गाइड पदयात्रामा हिँडेका कोरियाली पर्यटकको मृत्यु
गाइड विना सगरमाथा आधार शिविर क्षेत्रको पदयात्रामा हिँडेका एक कोरियाली पर्यटकको मृत्यु भएको छ । पदयात्राका क्रममा ४०४० मिटर उचाइको साम्रे गाउँमा हाइअल्टिच्यूट पचाउन नसकी बिरामी भएका कोरियाली पर्यटक ली म्युङकपको बुधवार मृत्यु भएको हो ।
सबैसँग बिदा मागेर सधैँका लागि बिदा भए निराकर
थाइल्यान्डको सीमामा रहेको कम्बोडियाको होटलमा बुधबार राति भएको आगलागीमा परेर झापा बिर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेले ज्यान गुमाउनुभएको छ। आफू बसेको होटलको पहिलो तलाबाट नेपाली समयअनुसार राति ११:३० बजेबाट आगलागी सुरु भएको थियो। आगलागीपछि १२औँ तलामा रहनुभएका निराकारले राति १:०० बजे बिर्तामोडमा रहनुभएका बुबालाई भिडियो कल गर्नुभएको थियो। बिर्तामोड नगरपालिका–१ का वडाध्यक्ष समेत रहनुभएका अग्नि पाण्डेले छोरा विदेशमा यसरी अप्ठ्यारोमा परेको खबर भिडियो कलबाट सुनेपछि केही बोल्नै नसकेको बताउनुभयो। बुबासँगको कुराकानीपछि उहाँले साइँली बुहारी सङ्गीता पाण्डेलाई भिडियो कल गर्नुभएको थियो। “सायद म मर्छु होला। आगो घरभित्र पसिसक्यो हामफाल्न आँट आउन सकेको छैन। बुबाआमाको राम्रो हेरचाह गर्नू भन्दै हुनुहुन्थ्यो,” बुहारी सङ्गीताले बताउनुभयो।
हाफ म्याराथनमा दिवस र पेम्बाल्हमु प्रथम
ताप्लेजुङमा तमु ल्होसार अवसरमा आयोजित पुरुष हाफ तथा महिला म्याराथन (दौड) प्रतियाेगितामा पुरुषतर्फ दिवस लिम्बू र महिलातर्फ पेम्बाल्हामु शेर्पा प्रथम हुनुभएको छ।
जिल्लास्तरीय बुद्धिचालमा सेम सुब्बा लिम्बू प्रथम
ताप्लेजुङमा तमु ल्होसारको अवसरमा आयोजना गरिएको जिल्लास्तरीय बुद्धिचाल प्रतियोगितामा सेम सुब्बा लिम्बू प्रथम हुनुभएको छ ।
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
हिमाली पर्यटनको मुख्य गन्तव्य सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुका व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न काठमाडौंलगायतका क्षेत्रमा जान थालेका छन् । पर्यटकीय सिजनमा व्यस्त हुने होटल पसल व्यवसायीहरु पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिएको स्थानीय दामु शेर्पाले बताउनुभयो ।
विद्यार्थी तथा शिक्षकलाई ज्याकेट
सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–३ का दुई विद्यालयका १५६ जना विद्यार्थी तथा शिक्षकलाई ज्याकेट वितरण गरिएको छ । मध्ये चिसोको समयमा पद्मकन्य आधारभूत विद्यालय र सिद्धकाली आधारभूत विद्यालयका १४२ जना विद्यार्थी र १४ जना शिक्षकलाई एड फर नेपालले एक/एक थान ज्याकेट प्रदान गरेको हो ।