• ८ मंसिर २०८१, शनिबार

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप : वराह क्षेत्र ११ सेमिफाइनलमा

blog

वराहक्षेत्र ११ का खेलाडी बल अघि बढाउँदै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

बराहक्षेत्र, असोज २९ गते । ‘हाम्रो गोल दुव्र्सन विरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप सोमवारबाट सुरु भएको छ । 

सोमवारको उद्घाटन खेलमा वराहक्षेत्र ११ ले बक्लौरी फुटवल क्लबलाई ३–२ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा वराहक्षेत्र प्रवेश गरेको छ । 

खेल सुरु भएको ३ आँै मिनेटमा वराहक्षेत्र ११ का जर्सी नम्बर ९ का आकाश राईले जर्सी नम्बर १० का सनम राईको पासमा हानेको सुट गोलमा परिणत भएपछि आफ्नो समूहलाई अग्रता दिलाउनु भएको थियो ।

 त्यस्तै, खेलको चौधौँ मिनेटमा बक्लौरी फुटवल क्लबका जर्सी नम्बर ११ का आशिष चापागाईले प्रहार गरेको बल गोलमा परिणत भएपछि खेल बराबरी भएको थियो ।

 त्यसैगरी, खेलको बाइसौँ मिनेटमा वराहक्षेत्र ११ का खेलाडी जर्सी नम्बर ९ का आशिष राईले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियो । 

अग्रता लिएको वराहक्षेत्र ११ लाई पहिलो हापको पैतिसौँ मिनेटमा बक्लौरी फुटबल क्लबका जर्सी नम्बर ११ का आशिष चापागाईले गोल गर्दै खेललाई बराबरी बनाउनु भएको थियो । 

त्यस्तै वराहक्षेत्र ११ का जर्सी नम्बर ११ का खेलाडी दिनेश राईले दोस्रो हापको १० औँ मिनेटमा थप १ गोल गर्दै बक्लौरी टिमका विरुद्ध ३ गोलले वराहक्षेत्र ११ सेमि फाइनलमा प्रवेश गरेको छ । 

आजको खेलमा वराहक्षेत्र ११ का जर्सी नम्बर ११ का दिनेश राई म्यान आफ द म्याच घोषित हुनुभयो । उहाँलाई आयोजकले नगद र मेडल प्रदान गरेको थियो । भोलिको खेल शान्तिनगर फुटबल क्लब इटहरी र बि.एस.के. क्लब भारत बिच हुने आयोजकले जनाएको छ ।

वाइवाइ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण वराहक्षेत्र गोल्ड कप २०८० कोे उद्घाटन पूर्व सञ्चारमन्त्री तथा संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीले गर्नुभएको थियो । आगामी कात्तिक ६ गतेसम्म चल्ने अन्तर्राष्ट्रिय आमन्त्रण कपमा नेपाल र भारतका आठ वटा टिमको सहभागिता रहेको छ ।

चक्रघट्टी फुटबल क्लबको आयोजनामा महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा हुने खेलमा वराहक्षेत्र ११, बक्लौरी फुटबल क्लब, चित्ल्याङ्ग फुटबल क्लब, काठमाडाँै, ब्रीगेड ब्वाइज क्लब, काठमाडौँ, शान्तिनगर फुटबल क्लब, इटहरी, बि.एस.के. क्लब भारत, चक्रघट्टी फुटबल कल्ब र फ्युजन फुटबल क्लब, उदयपुर बिच हुने गोल्ड कप संयोजक दिनेश राईले जानकारी दिनुभयो ।

खेलमा प्रथम बिजेता टिमलाई दुई लाख र दोस्रो विजेता टिमलाई एक लाख राशीसहित सिल, टफि, मेडल, मेन अफ द म्याच, बेस्ट खेलाडीलाई नगद, ट्रफि मेडल राखिएको आयोजक चक्रघट्टी फुटबल क्लबका अध्यक्ष सुनिल श्रेष्ठले बताउनु भयो । 

बराहक्षेत्र नगरपालिका खेलकुद विकास समिति संरक्षक रहेको गोल्ड कपको प्रायोजक वाइ वाइ र विशेष सहयोगी सुनसरी जिल्ला फुटबल संघ रहेकोे छ ।