निशा राई
धरान, असार ११ गते । सामाजिक सञ्जाल फेसबुक मार्फत थाइल्याण्डको बासिन्दा हुँ भनी पटक–पटक गरि ६२ लाख पचहत्तर हजार दुई सय रुपियाँ ठगी गर्ने एक जनालाई प्रहरिले पक्राउ गरेको छ ।
फेसबुकमा भानिदा सुवन नाम गरेको आईडी बनाई आफ्नो नाम फुइङ भानिदा नाम हो भन्दै म थाइल्याण्डको सिएम कमर्सियल बैंकको मेनेजर हो ।
यस बैंकमा एलिन अरबी शाहीको नाममा यस बैंकमा खाता छ । उस्को अपुतालीको सम्पत्ती खाने आफन्त कोही नभएकोले तपाईको जातसँग मिल्ने हुनाले उस्को खातामा रहेको सम्पूर्ण रकम तपाईको नाममा ल्याउन सकिन्छ भनि पिडित कुर्मराज शाहीलाई विश्वास दिलाई विभिन्न मितिमा आफ्नो नाममा रहेको विभिन्न बैंक खातामा पटक–पटक गरिरकम ठगी गरेको कसुरमा देवानगन्ज गाउँपालिका–१ वस्ने २० वर्षीय कुशेश्वर मेहतालाई पक्राउ गरेको हो ।
मेहेतालाई खोजतलास गर्ने क्रममा मङ्गलबार राती कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारत सिमा क्षेत्र आसपासमा लुकिछिपि बसेको अबस्थामा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख प्रहरी निरीक्षक दिवस कुवरले जानकारी दिनुभयो ।
पक्राउ परेका मेहेतालाई आवश्यक कारबाहीको लागी नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटी काठमाडौँ पठाइएको ईलाका प्रहरी कार्यालय महेन्द्रगरले जनाएको छ ।