टाइम्ज स्क्वायरमा बन्दुक निषेध
न्युयोर्क महानगरको व्यापारिक एवम् प्रमुख पर्यटकीय गन्तव्य टाइम्ज स्क्वायरमा बन्दुकलगायत हतियार लैजान नपाइने भएको छ । निकट भविष्यमा उक्त क्षेत्रमा बन्दुक निषेध गरिने अधिकारीहरूले बताएका छन् ।
सिरियामाथि इजरायलको क्षेप्यास्त्र प्रहार
इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ । बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ ।
जाडो मौसममा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्छ : विश्व स्वास्थ्य सङ्गठन
विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ ।
सामाजिक सञ्जालको ‘पोस्ट’ले ४५ वर्ष जेलमा
साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पुर्याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो ।
संयुक्त राष्ट्र सङ्घका महासचिव पाकिस्तान जाने
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जानुहुने भएको छ ।
पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल
पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराबरुपमा प्रभावित पारेको बताउनुभएको छ । प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै सहयोगका लागि सबैसँग अपिल गर्नुभएको हो ।
सोभियत नेता मिखाइल गोर्भाचोभको निधन
सोभियत युगका अन्तिम नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहनुभएका मिखाइल सोभियत युगका अन्तिम नेता हुनुहुन्थ्यो ।
विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार
अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पार्नुभएको छ ।
भारतका गौतम अडानी बन्नुभयाे विश्वका तेस्रो धनी
भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् ।
कोरोना सङ्क्रमण भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै
भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा काेरोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । भारत सरकारले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा सात हजार ५९१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मलेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
मलेसियाको क्वालालम्पुरमा सोमबार शक्तिशाली भूकम्प आएको छ । राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प आएको हो ।
भारतीय कांग्रेस अध्यक्षको निर्वाचन अक्टोबर सत्रमा हुने
भारतीय कांग्रेसको अध्यक्षको निर्वाचन आगामी अक्टोबर १७ मा हुने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले अध्यक्ष चयनका लागि मतदान हुने मिति तय गरेको हो ।
पाकिस्तानमा बाढी : एक हजारभन्दा बढीको मृत्यु
देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन् ।
लिबियामा भएको पछिल्लो झडपमा परेर १२ को मृत्यु, ८७ जना घाइते
लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । सो हिंसामा परेर यहाँका कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । त्रिपोलीमा शनिबार यहाँका विद्रोहीहरुले आक्रमण गरेका बताइएको छ ।
ऊर्जा सङ्कट : विश्वव्यापी रूपमा आणविक पुनरागमनको खतरा
विश्वव्यापी रूपमा ऊर्जा आयातको लागत बढ्दै जाँदा र जलवायु परिवर्तनको समस्याले विश्व समुदायको टाउको दुखाई भइरहेको बेला आणविक ऊर्जामा चासो बढ्दै गएको छ ।
अमेरिकाद्वारा श्रीलङ्काका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग
संयुक्त राज्य अमेरिकाले अमेरिकी कृषि मन्त्रालय (यूएसडीए) मार्फत् र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा श्रीलङ्काका विद्यालयका बालबालिकाको पोषणका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग गरेको छ ।
नाइजेरियामा ५७ जना आतङ्ककारी मारिए
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारबाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् ।
भारतमा थप १० हजारभन्दा बढीमा सङ्क्रमण, ३६ जनाको मृत्यु
भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात् बुधबार मध्यरातिसम्म दश हजार ७२५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ ।
इथियोपियामा पुनः हिंसा बढेकामा संयुक्त राष्ट्रसङ्घीय महासचिव स्तब्ध
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पुनः हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताउनुभएको छ ।
तनाव बढ्दै गएपछि ताइवानको रक्षा बजेट १४.९ प्रतिशत बढ्यो
ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो ।
भारतीय प्रधानमन्त्री मोदी शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने
नयाँ दिल्ली, ८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुनुहुने भएको छ। भारतीय सरकारी स्रोतका अनुसार यो एक दिने भ्रमण हुनेछ।जापान सरकारले सेप्टेम्बर २७ मा आबेको राजकीय अन्त्येष्टि गर्ने कार्यक्रम तय गरेको छ ।टोकियोको कितानोमारु नेसनल गार्डेनस्थित निप्पोन बुडोकान एरेनामा उक्त समारोह हुनेछ । जापानको क्योदो समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग पनि भेटवार्ता गर्ने बताइएको छ। जापान यस क्षेत्रमा भारतको एक प्रमुख सहयोगी हो, दुबै देशले संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाको साथ व्यापक साझेदारीको ‘क्वाड ढाँचा’ मा सहकार्य गरिरहेका छन्।मोदी र आबेबीच उहाँ प्रधानमन्त्री रहँदा र पछि पनि मैत्रीपूर्ण सम्बन्ध कायम रहेको थियो। सन् २०१८ मा प्रधानमन्त्री मोदीको जापानको औपचारिक भ्रमणका क्रममा आबेले आफ्ना भारतीय समकक्षीलाई यामानाशी प्रान्तस्थित आफ्नो पारिवारिक घरमा भेट्नुभएको थियो। गत मे महिनामा क्वाड शिखर सम्मेलनमा भाग लिन जापान गएका भारतीय प्रधानमन्त्री मोदीले आबेले राजीनामा दिएको करिब दुई वर्षपछि त्यहाँ भेटेवार्ता गर्नुभएको थियो। जापानी भूतपूर्व प्रधानमन्त्री आबेमाथि जुलाई ८ मा नारा शहरमा चुनावी भाषणका क्रममा आक्रमण भएको थियो । प्रहरीका अनुसार पछाडिबाट गोली लागे लगत्तै उहाँ होश रहेपनि उपचारका लागि स्थानान्तरणका क्रममा उहाँको अवस्था गम्भीर बन्दै गएको थियो।त्यही दिन स्थानीय अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो। आबेको हत्यापछि भारतमा एक दिन राष्ट्रिय शोकको घोषणा गरिएको थियो। सेप्टेम्बर २७ मा हुने आबेको अन्त्येष्टि दोस्रो विश्वयुद्धपछि पूर्व प्रधानमन्त्रीका हैसियतमा दोस्रो राजकीय अन्त्येष्टि हुनेछ।यस पहिले सन् १९६७ मा शिगेरु योशिदाका लागि राजकीय अन्त्येष्टि आयोजना गरिएको थियो। (रासस/एएनआई)
भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोनाबाट सङ्क्रमित
भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेख्नु भएको छ ।
विहारका सभामुखद्धारा राजीनामा
भारतको विहार प्रदेशका सभामुख विजयकुमार सिंहले पदबाट राजीनामा दिनु भएको छ । भारतीय जनता पार्टीका नेता समेत रहनु भएका सिहंले प्रदेश सभामा बहुमत परीक्षण हुने भएकाले राजीनामा दिनु भएको हो ।
साउदी अरेबियाले एआइ सम्बन्धी विश्व सम्मेलन गर्ने
साउदी अरेबियाले ग्लोबल एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) सम्मेलन गर्ने भएको छ । साउदी अरेबियाको समाचार समिति, साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार साउदी अरेबियाले आगामी सेप्टेम्बर महिनामा दोस्रो विश्व सम्मेलन गर्न लागेको हो ।