स्विडेनका प्रधानमन्त्रीद्वारा राजीनामा
स्विडेनको सोसियल डेमोक्र्याटिक दलका प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले स्वीडेनको संसदमा राष्ट्रवादी एवम् अध्यागमन विरोधी समूह सम्मिलित दक्षिणपन्थी गुटले झिनो बहुमत पाएपछि राजीनामा दिनुभएको हो ।
पपुवा न्युगिनीमा भूकम्प : दश जनाको मृत्यु
पपुवा न्युगिनीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । यस भूकम्पमा परी अन्य कैंयौं घाइते भएका छन् ।
पुटिन गुटरेसबीच खाद्यान्न निकासीसम्बन्धी फोनवार्ता
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । सो वार्तामा खासगरी खाद्यान्नको निकासीका विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।
सिरियाका लागि सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको हो ।
भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार १०८ जना नयाँ सङ्क्रमित भएका हुन् ।
आसियानका अर्थमन्त्रीहरूको बैठक कम्बोडियामा सुरु
। दक्षिण पूर्वी एसियाली देशहरुको सङ्गठन (आसियान)का अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरुको बैठक आयोजना गरिएको हो ।
पाकिस्तानमा चौबीस घण्टायता वर्षा र बाढीबाट चवन्नको मृत्यु
पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको ज्यान गएको छ ।
दक्षिण भारतको सिकन्दराबादको होटलमा आगलागी, आठ जनाको मृत्यु
भारतको दक्षिणी राज्य तेलङ्गानाको सिकन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।
युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित
युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजारभन्दा बढी मानिसहरूलाई विस्थापित गरिएका युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरुको पुनर्मिलन मन्त्रालयले सोमबार जनाएको छ ।
न्युजिल्याण्डमा कोभिडबाट करिब दुई हजार सङ्क्रमित, ४६ को मृत्यु
न्युजिल्याण्डमा कोभिडबाट सोमबार मात्र करिब दुई हजार जना सङ्क्रमित भएको बताइएको छ । यहाँका स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोभिडबाट एक हजार नौ सय ४१ जना सङ्क्रमित भएका हुन् ।
रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी
रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दाबी गरेको छ । रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन्
सिचुवान भूकम्प : मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो
चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गत सेप्टेम्बर ५ मा गएको यस भूकम्पमा परी अझै २५ जना बेपता रहेका छन् ।
वैदेशिक रोजगारीमा जाने बढेपछि श्रीलङ्कामा रेमिटेन्स बढ्यो
श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताउनुभएको छ ।
आइएसको आक्रमणबाट छ जनाको मृत्यु
सिरियाको हासकाह प्रान्तमा आइएसको आक्रमणमा परी कम्तीमा पनि छ जना नागरिकको ज्यान गएको छ । यहाँको हासकाह प्रान्तमा आइतबार सडकमा सवारी साधनमा रहेका नागरिकमाथि हमला गरेर ती व्यक्तिको ज्यान लिएका हुन् ।
पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प
पपुवा न्युगिनीमा आइतबार बिहान ७:४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिईएनसि) ले जनाएको छ ।
पश्चिमी इन्डोनेसियामा भूकम्प
इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा आइतबार ५।६ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ ।
बेलायत नरेश चार्ल्स तृतीय नयाँ राजा घोषित
राजा चार्ल्स तृतीयलाई औपचारिकरूपमा बेलाइतको नयाँ नरेश घोषणा गरिएको छ । यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उहाँलाई नवनरेश घोषणा गरिएको हो । त्यसअघि राजपरिषद्को बैठकले उहाँलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपति बाइडेन महारानी एलिजावेथको अन्त्येष्टिमा सहभागी हुने
अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुनुहुने भएको छ । पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गर्नुभएको हो ।
पेरुमा १४ महिनामा चारजना विदेशमन्त्रीले राजीनामा दिए
पेरुका विदेशमन्त्री मिगुएल एन्जल रोड्रिग्वेजले शुक्रबार राजीनामा दिएका छन् । उनी राष्ट्रपति पेड्रो कास्टिलोको नेतृत्वमा रहेको सरकारमा पद त्याग गर्ने चौथो विदेशमन्त्री हुन् ।
मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु
संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् ।
चार्ल्स बेलायतका नयाँ राजा
स्वर्गीय महारानी एलिजाबेथ द्वितीयाका पुत्र राजकुमार चार्ल्स बेलायतको नयाँ राजा बन्नुभएको छ । उहाँलाई उत्तराधिकारी घोषित गर्दै बेलायतको राजगद्दी हस्तान्तरण गरिएको बीबीसीले जनाएको छ । महारानीको निधनको शोक कायमै रहेकाले कुनै ठूलो समारोहको आयोजना नगरी राजगद्दी हस्तान्तरण गरिएको हो । उहाँले भविष्यमा राजगद्दी सम्हाल्दा प्रयोग गर्ने नाम तय भइनसके पनि राजा चाल्र्स तृतीय नामले शासन गर्ने वा हजुरबुबाको थर राखेर राजा बन्ने भन्ने चर्चाको विषय बनेको छ । यद्यपि सो तय गर्ने जिम्मा स्वयं राजकुमार चाल्र्सलाई नै सुम्पिइएको छ ।
भारतमा एक दिनमा छ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण
भारतमा एकै दिनमा छ हजारभन्दा बढी कोरोनाबाट सङ्क्रमित भएका छन् । बिहीबार मध्यरातसम्मको विवरणअनुसार छ हजार ९३ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
उत्तरी ब्राजिलमा डुङ्गा डुब्दा चौधको मृत्यु
उत्तरी पारा राज्यको राजधानी बेलेमको ब्राजिल सहरनजिक बिहीबार बिहान एउटा डुङ्गा डुब्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २६ जना बेपत्ता भएका छन् ।
उत्तर कोरियामा नोभेम्बरबाट कोरोनाविरुद्ध खोप अभियान सुरु हुने
उत्तर कोरियाले आगामी नोभेम्बरमा कोभिड–१९ विरुद्ध आफ्ना जनतालाई खोप दिने घोषणा गरेको छ । राज्यले भाइरसमाथि विजय भएको घोषणा गरेको करिब एक महिनापछि शुक्रबार राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले उक्त घोषणा भएको जनाएको हो ।