रुसी सेनाको कारबाहीमा सिरियामा एक सय बिस विद्रोही मारिए
रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् ।
बेलायती महारानी एलिजाबेथ द्वितीयाको स्वर्गारोहण
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ ।
बेलायतका प्रधानमन्त्री ट्रसद्वारा इन्धन मूल्य घटाउने प्रतिबद्धता
बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महंगो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
भारतमा फेरि बढ्यो कोरोना सङ्क्रमण
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि भारत र दक्षिण कोरियामा भने सङ्क्रमितहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छैन ।
सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्दै
संयुक्त राष्ट्रसङ्घीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ । कोषले यहाँ केही समययतादेखि अनिकाल परिरहेकाले यसका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या देखिएको र यो अवस्था अझै बढ्नसक्ने बताएको हो ।
भवन भत्किँदा १० जनाको मृत्यु
सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँचतले आवासीय भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जनाएको छ ।
दक्षिण कोरिया, भारत र पाकिस्तानमा कोरोना सङ्क्रमित घट्दै
मङ्गलबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार यस देशमा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । यद्यपी सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार ८३७ जना नयाँ सङ्क्रमित थपिएका थिए । सोमबारको तुलनामा मङ्गलबार सङ्क्रमित घटेका छन् ।
सिचुआन भूकम्पमा ७४ को मृत्यु, २६ बेपत्ता
चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ ।
बुर्किना फासोमा विस्फोट, ३५ सर्वसाधारणको मृत्यु
यहाँ एउटा गाडीले विस्फोटक पदार्थ इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) लाई ठक्कर दिँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
प्रधानमन्त्री मोदीसँग बङ्गलादेशका प्रधानमन्त्री हसिनाले वार्ता गर्नुहुँदै
भारतको चारदिने भ्रमणमा सोमबार यहाँ आउनुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालाई मङ्गलबार बिहान राष्ट्रपति भवनमा औपचारिकरूपमा स्वागत गरिएको छ ।
दक्षिण कोरियामा ९९ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण, भारतमा घट्दै
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनिय रुपमा घटेको छैन् ।
सिचुवान भूकम्प : ६५ जनाको मृत्यु
चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको तथा १७० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै
बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उहाँको दलबाट निर्वाचित गरिएसँगै आर्थिक सङ्कटको सामना गर्न ‘साहसिक’ कदम चाल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चीनको सिचुवानमा ६.८ म्याग्निच्युडको भूकम्प : सात जनाको मृत्यु
चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ ।
तीन करोड तीस लाख बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानको अपिल
बाढीमा परेर झण्डै एक हजार तीन सय जनाको मृत्यु भएको जनाउँदै पाकिस्तान सरकारले मानवीय सहायताको प्रतीक्षामा रहेका तीन करोड ३० लाख आफ्ना नागरिकका निम्ति सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको हो ।
रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ बनेका बताउँदै त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको बताउनुभएको छ ।
इरानद्वारा अमेरिकी नौ सेनाको जहाज कब्जा गर्ने प्रयास
इरानी युद्धपोतले अमेरिकी नौसेनाको जहाजहरू कब्जा गर्ने प्रयास गरेको अमेरिकी नौसेनाले जनाएको छ ।
मस्जिद विष्फोट : तालिबानका धर्मगुरूसहित १८ जना मारिए
पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ ।
अगष्टमा अमेरिकामा बेरोजगारी दरमा वृद्धि
अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएकोे छ । अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो ।
अमेरिका–मेक्सिको सीमामा आठ आप्रवासीको डुबेर मृत्यु
मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ । अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागको विज्ञप्तिअनुसार टेक्सासको ईगल पास नजिकै नदीबाट अन्य ३७ जनाको उद्धार गरिएको छ ।
चिनियाँ विदेशमन्त्रीद्वारा चीन-रुस सम्बन्धको प्रशंसा
चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबार चीनका लागि निवर्तमान रुसी राजदूत आन्द्रे डेनिसोभसँग भेटवार्ता गर्नुभएको छ ।
आईएस कार्यकर्ता मारिए
अफगान सुरक्षा बलले पश्चिमी फराह प्रान्तमा इस्लामिक स्टेट (आईएस) का कार्यकर्तालाई मारेको छ । आईएस कार्यकर्ता लुकेको सुचनाका आधारमा सेनाले कारबाही गर्दा गर्दा एक जनालाई मारेको राज्य सञ्चालित बख्तर समाचार समितिले जनाएको छ ।
कोरियामा कोरोना सङ्क्रमण घटेन, भारतमा घट्दै
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताएता पनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ । यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ ।
पाकिस्तानमा रेल दुर्घटना : १९ को मृत्यु, एक हजार २५६ घाइते
पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घण्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ ।