• २८ वैशाख २०८१, शुक्रबार

बेलायती महारानी एलिजाबेथ द्वितीयाको स्वर्गारोहण

blog

बेलायती महारानी एलिजाबेथ द्वितीय । तस्बिर : बीबीसी

    लन्डन, भदौ २३ गते । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा निधन भएको छ ।

बकिंघम प्यालेसले रानीको आज दिउँसो बालमोरलमा शान्तिपूर्वक मृत्यु भएको जनाएको छ ।

यसअघि उहाँ स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा रहनु भएको थियो । चिकित्सकहरूले उहाँको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उहाँलाई अस्पतालमा राखिएको बकिङ्घम प्यालेसले बिहीबार नै जनाएको थियो । महारानीको स्वर्गवास भएको खबर पाउन साथ बेलायतमा शोक छाएको छ । बकिंघम राजदरबारमा अहिले ठूलो भीड जम्मा भएको छ । 

बीबीसी