डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो
लेबनानमा चढेको एउटा डुङ्गा सिरियाको तटमा डुब्दा ५३ आप्रवासीको मृत्यु भएको छ । करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले शुक्रबार जानकारी दिएको छ ।
रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उहाँले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राख्नु भएको हो ।
मेक्सिकोमा शक्तिशाली भूकम्प
मेक्सिकोमा बिहीवार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो ।
बाढी प्रभावित पाकिस्तानी क्षेत्रमा डेंगुको प्रकोप बढ्दो
पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेंगुको प्रकोप बढेको छ । अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेंगुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् ।
सुडानमा बाढीबाट एक सय छयालीसको मृत्यु
सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या एक सय ४६ पुगेको छ । यहाँका अरु केही व्यक्ति हराइरहेका समाचारमा जनाइएको छ । यहाँको नेसनल काउन्सिल फर सिभिल डिफेन्सले सो कुराको जानकारी दिएको हो ।
हास्य कलाकार राजु श्रीवास्तवको निधन
हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । करिब एक महिनाअघि हृदयाघात भएपछि यहाँस्थित अखिल भारत आयुर्विज्ञान प्रतिष्ठान (एम्स) मा उपचार गराइरहेका उनको निधन भएको हो ।
दक्षिणी पाकिस्तानमा डेंगुको प्रकोप बढ्दै, २७ जनाको मृत्यु
पाकिस्तानमा डेंगु ज्वरोको फैलावट लगातार बढिरहेको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेंगु सङ्क्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ ।
युरोपलाई कोभिडको नयाँ लहरका लागि तयार रहन आग्रह
युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले युरोपमा कोभिड १९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ ।
ब्राजिलमा कन्टेनर डिपो भत्कँदा नौ जनाको मृत्यु
ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा शहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको ‘कन्टेनर डिपो’ को एउटा भाग भत्कदा नौ जनाको मृत्यु भएको छ भने अनय २८ जना घाइते भएका छन् ।
विहारमा चट्याङ लागेर एक्काइस जनाको मृत्यु
भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले मङ्गलवार टेलिफोनमा पुष्टि गरेका छन् ।
अमेरिकामा चौबीस हजार मङ्किपक्सका बिरामी
अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ ।
पाकिस्तानमा बाढी : थप पन्ध्र जनाको मृत्यु
पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी दक्षिणी प्रान्त सिन्धमा कम्तीमा १५ को मृत्यु भएको छ ।
टिकटक फेरि पनि बन्द
अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिवन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिवन्ध लगाइएको पुष्टि गरेका हुन् ।
जापानमा नानमाडोल आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु
जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अफगानिस्तानमा फेरि पनि टिकटक बन्द
अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिवन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटक प्रयोगमा प्रतिवन्ध लगाइएको पुष्टि गरेका हुन् ।
सडक दुर्घटनामा परी १९ जनाको मृत्यु
नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो ।
दिवंगत बेलायती महारानीको आज अन्त्येष्टि गरिँदै
बेलायतकी दिवंगत महारानी एलिजावेथ द्वितीयाको सोमबार अन्त्येष्टि गर्न लागिएको छ । बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे उहाँको अन्तिम संस्कार राजकीय परम्पराका आधारमा वेस्टमिन्स्टर एबीमा सुरु गर्ने तालिका छ ।
चीनको गुइझोउमा सडक दुर्घटना सत्ताइसको मृत्यु, बीस जना घाइते
दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिँदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन् ।
खानीमा बाढी पस्दा चौध जनाको मृत्यु
राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ भने एक जना हराइरहेका छन् ।
महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलाइत प्रस्थान गर्नुहुँदै राष्ट्रपति बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलाइत प्रस्थान गर्दै हुनुहुन्छ ।
घानाका १४० विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति
चिनियाँ अध्ययनमा उत्कृष्टता प्रदर्शन गरेकामा केप कोस्ट विश्वविद्यालयमा आयोजित एक समारोहमा १४० जना विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति प्रदान गरिएको छ ।
क्षेप्यास्त्र आक्रमणमा ५ सिरियाली सैनिकको मृत्यु
इजरायली सेनाले शुक्रबार मध्यरातमा राजधानी दमास्कसस्थित अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणमा रहेको सैनिक स्थलमा गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच सैनिकको मृत्यु भएको सिरियाली सेनाले जनाएको छ ।
मध्य लण्डनमा दुई प्रहरी अधिकारीमाथि छुरा प्रहार
मध्य लण्डनमा शुक्रबार दुई जना प्रहरी अधिकारीमाथि छुरा प्रहार भएको छ । उक्त घटनालाई आतङ्कवादसँग सम्बन्धित नठानिएको महानगरीय प्रहरीले जनाएको छ ।
न्युयोर्कमा ८० हजार जना घरबार विहीन
अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ ।