मलेसियामा संसद् विघटन, मध्यावधि निर्वाचनको घोषणा
मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद् विघटन गरिएको घोषणा गर्नु भएको हो ।
भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको निधन
भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको सोमबार ८२ वर्षको उमेरमा निधन भएको छ । गुरुग्राम अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
किमले निरीक्षण गरेको ‘रणनीतिक आणविक अभ्यास’
उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणहरुमा दक्षिणमा प्रहार गर्ने ‘सामरिक आणविक अभ्यास’हरू समावेश रहेको बताइएको छ ।
अमेरिकी स्वास्थ्य सेवा प्रणालीबाट निराश
लगभग आधा अमेरिकीहरु अमेरिकी स्वास्थ्य सेवा प्रणालीबाट निराश भएका छन् । संयुक्त राज्य अमेरिकाका लगभग ४४ प्रतिशतले चिकित्सा सेवामा असफल भएको मार्केटवाचले एक सर्वेक्षणलाई उद्धृत गर्दै प्रतिवेदन प्रकाशन गरेको छ ।
चीनमा ८३.४ मिटरको रुख सबैभन्दा अग्लो
चीनमा रहेका मध्ये ८३.४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरुको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुख सम्बन्धी विवरण आइतवार सार्वजनिक गरेको हो ।
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण
आणविक शक्ति सम्पन्न अमेरिकी विमानवाहक पोतले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यास सम्पन्न गरेको केही घण्टापछि उत्तर कोरियाले आइतबार बिहानै दुई ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
अमेरिकी प्रतिबन्धले नागरिकको स्वास्थ्यमा असर गरेको इरानको दाबी
संयुक्त राज्य अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धका कारण सबै इरानी नागरिकको जीबिकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर परेको इरानले दाबी गरेको छ ।
विस्फोटपछि क्रिमिया पुल पुनः सञ्चालनमा, रूसी सेनाको नेतृत्व परिवर्तन
क्रेमलिनले क्रिमियालाई आफ्नो कब्जामा लिएको प्रतीकका रुपमा हेरिएको रसिया र क्रिमिया जोड्ने एउटा मुख्य पुलमा शनिबार देखि यातायात पुनः सुरु भएको छ ।
सन्तान बेच्न बाध्य केन्याली आमाहरू
दामा आफ्नो गाउँमा फर्किएकी छन् । उनी भन्छिन्, “जीवन बाँच्न निकै गाह्रो भयो ।” आमाबुवा हुँदा आफ्नो जीवन केही सहज भएको उनी बताउँछिन् । पैसा हुँदैनथ्यो, उनका लागि विकल्प त्यतिबेला नै सीमित थिए ।
पाकिस्तानको बाढीमा परी एक हजार सात सयको मृत्यु
पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार सात सय पुगेको छ । यस प्रकोपको कारण पाकिस्तानमा १२ हजार आठ सय ६७ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण ९एनडिएमए० ले बिहीबार राति जनाएको छ ।
इक्वेडरको एक जेलमा भएको दङ्गामा परी तेह्र जनाको मृत्यु
इक्वेडरको एक जेलमा भएको दङ्गामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । यहाँका जेल अधिकारीले बुधबार राति सो जेलमा भएको झडपका क्रममा ज्यान जानेको सङ्ख्या १३ पुगेको जनाएका हुन् ।
अफ्रिकामा आत्महत्या रोक्न विश्व स्वास्थ्य संगठनको अभियान सुरु
अफ्रिकामा आत्महत्याको दर विश्वमै अन्यत्रभन्दा बढी भएकाले यसलाई रोक्नका लागि विशेष चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो ।
नोबेल शान्ति पुरस्कार फ्रान्सकी साहित्यकार एर्नोलाई
यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
कतारमा टर्कीले सेना पठाउने
कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ ।टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो । टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो ।
उत्तराखण्डमा भएको बस दुर्घटनामा ३३ को मृत्यु
भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको बताइएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार साँझ दिएको जानकारीमा सो दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।
दक्षिण कोरियामा दिनमा ३४ हजार भन्दा बढी कोरोना सङ्क्रमित
दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित रहेका पाइएको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले कोलम्बिया सरकार र यहाँका विदोहीहरुलाई शान्ति वार्ताका माध्यमबाट शान्ति स्थापनाका लागि आग्रह गर्नुभएको छ । महासचिव गुटरेसले यहाँको सरकार र यहाँ विद्रोह गरिरहेको नेसनल लिबरेसन आर्मी (इएलएन) लाई सो आग्रह गर्नुभएको हो ।
भारतमा बस दुर्घटना हुँदा २५ जनाकाे मृत्यु
भारतको उत्तराखण्डकाे पाैरी गरवालमा भएको सडक दुर्घटनामा परी २५ जनाको ज्यान गएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो ।
भारतमा हिमपहिरोमा परी चार जनाको मृत्यु
भारतीय हिमालय क्षेत्रमा मङ्गलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन् ।
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ।
ग्रिड बिग्रिएपछि १३ करोड बङ्गलादेशी विद्युतविहीन
बङ्गलादेशमा ग्रिडमा खराबी आएपछि मङ्गलबार अपराह्न कम्तीमा १३ करोड मानिस विद्युतविहीन भएको सरकारी विद्युत् उपभोक्ता कम्पनीले जनाएको छ ।
अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध
काबुल : अफगानिस्तानको तालिबान समूहद्वारा आफ्नो मुलुकमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ।अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा उल्लेख्य तनाव वृद्धि भएपछि तालिबानले अफगानिस्तानमा पाकिस्तानी रुपैयाँको प्रयोगमा प्रतिबन्ध लगाएको हो।अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिबारदेखि लागू भएको छ। तालिबान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी रुपैयाँको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्धित गरिएको घोषणा गरेको छ। यो आदेश तालिबानको सम्पत्ति शुद्धीकरण ‘एन्टी मनी लाउन्ड्रिङ’ शाखाले मनी एक्सचेन्ज एशोसिएशनलाई जानकारी गराएको थियो।यस आदेश अनुसार, स्थानान्तरण, व्यापार र मुद्रा विनिमय सहित सबै वित्तीय लेनदेनहरूलाई सीमित मात्र नगरी निषेधित गरिएको छ।प्रतिवेदनमा मुद्रा सटही डिलरलाई पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ।तोकिएको रकमभन्दा बढी रकम फेला परेमा डिलरलाई कानुनी कारबाही हुन सक्छ। गत वर्षको अगस्टमा तालिबानले सत्ता कब्जा गरेयता दुई देशबीचको सम्बन्धमा विभिन्न कारणले तिक्तता आएको छ, जसमा बढ्दो सीमा सङ्घर्ष र पाकिस्तानमा प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान ९टीटीपी० को पुनः उदय पनि समावेश छ।हालै तालिबानले पाकिस्तानले भूपरिवेष्टित देशमा आफ्नो हवाई क्षेत्र अमेरिकी ड्रोनले प्रयोग गर्न अनुमति दिएको आरोप लगाएको थियो। अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणका लागि अनुमति दिएबापत पाकिस्तानले ठूलो रकम प्राप्त गरेको तालिबान समूहले दाबी गरेको छ।जुलाई ३१ मा, संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा एक सटीक प्रतिआतंकवाद आक्रमण गरेको थियो जसमा ओसामा बिन लादेनका सहायक र अल-कायदाका नेताको उत्तराधिकारी अयमान अल-जवाहिरीको मृत्यु भएको थियो। यसैबीच, पाकिस्तानले टीटीपीले आक्रमण पुनः सुरु गर्नुमा तालिबान शासनलाई दोषी ठहराएको छ जसले देशको सुरक्षा स्थितिलाई अझ खराब बनाएको छ। पाकिस्तानमा यो वर्ष एकै महिनामा सबैभन्दा धेरै आतङ्कवादी घटना सेप्टेम्बरमा भएको सञ्चारमाध्यमले जनाएका छन्। रासस/एएनआई
युक्रेनका प्रान्तको रुसमा विलयलाई टर्कीद्वारा अस्वीकार
टर्कीले शनिबार रुसले युक्रेनी चार प्रान्त गाभ्नु अन्तर्राष्ट्रिय कानुनको “गम्भीर उल्लङ्घन” भएको भन्दै द्वन्द्व अन्त्य गर्न वार्ताका लागि आह्वान गरेको छ ।
इन्डोनेसियामा फुटबल खेलका क्रममा हिंसा हुँदा १२९ को मृत्यु
इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी एक सय २९ जनाको मृत्यु भएको छ ।