महामारीले बढायो जुवातासको लत
कोभिड–१९ को महामारीका बेला अष्ट्रेलियाली युवामा ‘अनलाइन’ जुवाको लत लागेको पाइएको छ । सङ्क्रमण नियन्त्रणका निम्ति सरकारले जारी गरेको बन्दाबन्दी आदेशको पालना गर्ने सिलसिलामा युवावर्ग अनलाईन बाजी थाप्ने, जुवातास खेल्नेलगायत गतिविधि बढेको नयाँ सर्वेक्षणले देखाएको हो ।
मेक्सिकोमा हेलिकोप्टर दुर्घटना हुँदा १४ सैनिकको मृत्यु
लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकोप्टर दुर्घटनामा मारिएका मेक्सिकोको नौसेनाले शनिबार जनाएको छ । दुर्घटनामा एकजना भने बाँचेका छन् ।
श्रीलंकाका पूर्व प्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध
श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ ।
श्रीलङ्काका राष्ट्रपतिको राजीनामा स्वीकृत
श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजीनामा स्वीकृत भएको बताउनुभएको छ ।
श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष सिङ्गापुर अवतरण
श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष सिङ्गापुर आइपुग्नु भएको छ ।
श्रीलङ्काका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान
श्रीलङ्कामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे बिहीबार सिङ्गापुर प्रस्थान गर्नुभएको छ ।
पछि हटे श्रीलङ्काली प्रदर्शनकारी
राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेर बसेका प्रदर्शनकारीहरू ती स्थानबाट निस्कने भएका छन् ।
क्यानाडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण
क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधवारसम्म देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ ।
अज्ञात रोगले अफगानिस्तानमा बीस बालबालिकाको मृत्यु
अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको मृत्यु भएको छ ।
मलेसियामा एकै दिनमा दुई हजारभन्दा बढी सङ्क्रमित
मलेसियामा मङ्गलबार दुई हजार ३४५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना सुरुभएबाट हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
देश छाडेर भाग्नुभयो श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षे
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भाग्नुभएको छ । श्रीलंकाका लाखौं नागरिकले प्रदर्शनसहित राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्ने प्रयासमा हुनुहुन्थ्यो ।
भारी वर्षाका कारण बलुचिस्तानमा २४ बालबालिकासहित ६२ जनाको मृत्यु
बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६२ जनाको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका सरकारी अधिकारीहरूले बताएका छन् ।
कोरोना सङ्क्रमण : भारतमा घट्दै दक्षिण कोरियामा बढ्दै
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घटिरहेको छ भने दक्षिण कोरियामा बढिरहेको छ । सोमबारको तुलनामा मङ्गलबार तीन हजार ६३ जना कम सङ्क्रमण पुष्टि भएको हो ।
श्रीलङ्काली राष्ट्रपतिद्वारा राजीनामा, संसद्ले बुधबार सार्वजनिक गर्ने
राष्ट्रपति गोटाबाया राजापाक्षले बुधबारदेखि लागू हुने गरी पदबाट राजीनमा दिनुभएको छ । उहाँले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गर्नुभएको हो । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि (बुधबार) हुनेछ ।
श्रीलङ्काको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने
शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएनुभएको छ । रणतुङ्गाले जुलाई १३ गते राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले साउन २० गते नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको बताउनु भएको हो ।
जोहानेस्बर्गमा गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो
जोहानेस्बर्गमा शनिबार राति भएको गोलीकाण्डमा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।
अमेरिकामा फेरि अर्को गोलीकाण्ड : तीन जनाको मृत्यु, दुई घाइते
अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ । गोली प्रहारबाट तीनजनाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् ।
अस्तव्यस्त श्रीलंका : पारिवारिक सत्ता ओरालो लाग्याे
सन् १९४८ को स्वतन्त्र दिवसको कुनै मतलब छैन, यो देशमा जन्मेपछि मेरो लागि आजको दिन (जुलाई ९) स्वतन्त्रता दिवस हो, किनभने आज हाम्रो देशलाई शून्यमा अवतरण गराएका लोभीपापी निरंकुश तानाशाही राजनीतिज्ञको हातबाट हामीले छुट्कारा पाएका छौँ
श्रीलङ्काका प्रधानमन्त्री राजिनामा दिन सहमत
कोलम्बो, २५ असार (रासस/सिन्ह्वा)। श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत हुनुभएको छ। शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उहाँले सर्वदलीय बैठकको अह्वान गर्नुभएको थियो।प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो।राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा माग गरेका थिए। सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिङ्घेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेताहरूलाई राजीनामा दिने बताउनुभएको उल्लेख गरिएको छ। दशौं हजार प्रदर्शनकारीहरूले प्रदर्शनका लागि लगाइएको प्रतिवन्ध तोडेर राष्ट्रपति गोटबाया राजपाक्षको निवास र कार्यालयमा प्रवेश गरी नाराबाजी गरेका थिए। उनीहरूले वर्तमान् नेतृत्वले श्रीलङ्काको आर्थिक, इन्धन तथा अन्य क्षेत्रमा देखिएको सङ्कटको समाधान दिन नसकेको भन्दै नाराबाजी लगाएका थिए।
श्रीलङ्का : राष्ट्रपति निवासमा प्रदर्शनकारी, राजापाक्ष सुरक्षित स्थानतर्फ
हजारौँ आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिरनु भएको छ । शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उहाँ सुरक्षित स्थान तर्फ प्रस्थान गर्नुभएको डेलि मिरर दैनिकले जनाएको छ ।
अमरनाथमा भीषण वर्षाका कारण १६ जनाको मृत्यु, ४० बेपत्ता
भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न भीषण वर्षा हुँदा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन् ।
भारतमा कोरोनाबाट थप झण्डै १९ हजार सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।
श्रीलङ्काका विभिन्न ठाउँमा कर्फ्यू आदेश
श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
गाेली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन
गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।