महासचिव गुटेरेस भारतमा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार राति भारत आइपुग्नु भएको विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् ।
भारतीय कांग्रेसमा माल्लिकार्जुन खड्गे अध्यक्ष पदमा निर्वाचित
भारतीय कांग्रेस पार्टीमा माल्लिकार्जुन खड्गे अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले सातहजार ८९७ भोट प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँ दक्षिण भारतको एक दलित परिवारमा जन्मनुभएका अनुभवी राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्छ ।
नाइजेरियाको चर्चमा आक्रमण हुँदा दुईको मृत्यु
नाइजेरियाको मध्य क्षेत्रमा रहेको एक चर्चमा भएको आक्रमणमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका नाइजेरियाली प्रहरीले सोमबार जनाएको छ ।
इबोला फैलिन नदिन उच्च सतर्कता
युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले यहाँ उच्च सतर्कताका राखिएको छ ।
इथियोपियामा हिंसा रोक्न महासचिव गुटरेसको आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गर्नुभएको छ । उहाँले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने बताउनुभएको हो ।
रुसी ‘कामिकाजे ड्रोन’ द्वारा किभमा आक्रमण
रुसले सोमबार बिहान किभमा ‘ कामिकाजे ड्रोन’ मानवरहित विमान आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपतिले यस आक्रमणलाई झण्डै आठ महिनादेखि हजारौंको ज्यान लिने युद्धमा निराशाको कार्यको रूपमा वर्णन गरेको छ ।
खाद्य सुरक्षाका लागि थप लगानी गर्न आग्रह
खाद्य सुरक्षाका लागि थप लगानी गर्न कम्बोडिया तथा संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले आग्रह गरेका छन् । कम्बोडिया सरकार तथा संयुक्त राष्ट्रसङ्घीय एजेन्सी संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले सो आग्रह गरेका हुन् ।
इरानको इभिन जेलमा आगलागी हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो
तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुुनेको सङ्ख्या आठ पुगेको जनाइएको छ ।
कम्बोडिया डुङ्गा दुर्घटनाः एघार जनाको मृत्यु
दक्षिणी कम्बोडियाको कान्डल प्रान्तमा क्षमताभन्दा बढी भार बोकेको डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनाको उद्धार तथा खोज पूरा भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।
केन्यामा खडेरीका कारण नौ लाखभन्दा बढी बालबालिका कुपोषित
एनडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध–सुक्खा क्षेत्रहरूमा तीव्र रूपमा कुपोषित बालबालिकाकाहरूको सङ्कलन गरेको छ । एक लाख ३४ हजारभन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ ।
कारको पछाडिको सिटका यात्रुका लागि पनि सिट बेल्ट अनिवार्य
भारतको वित्तीय केन्द्र मुम्बईमा नोभेम्बर देखि कारको पछाडिको सिटमा बस्नेहरूका लागि पनि सिट बेल्ट लगाउन अनिवार्य गरिएको मुम्बई ट्राफिक प्रहरीले जनाएको छ ।
दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट हुँदा तीनको मृत्यु, चार घाइते
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
इराकको राष्ट्रपतिमा रशिद निर्वाचित
इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित हुनुभएको छ । संसदमा बिहीबार भएको मतदानपछि उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको सभामुखले घोषणा गर्नु भएको थियो । नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो ।
कोभिड सङ्क्रमितको उपचारका क्रममा चार हजार पाँच सय स्वास्थ्यकर्मीको निधन
ब्राजिलमा कोभिड १९ विरुद्धको सङ्घर्षका क्रममा कम्तीमा पनि चार हजार पाँच सय जनाको ज्यान गएको छ । जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो ।
अमेरिकाले इरानलाई अस्थिर बनाउन खोजेको आरोप
इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्रविरुद्ध अस्थिरताको नीति अवलम्बन गरेको आरोप लगाउनुभएको छ । यहाँ महसा अमिनीको मृत्युलाई लिएर विरोध प्रदर्शन भईरहेको छ ।
कारबाहीमा ५० जना लडाकु मारिए
सोमालियामा यहाँको सुरक्षा फौजले गरेको कारबाहीमा परी अल सेबाबका कम्तीमा पनि ५० जना लडाकु मारिएका छन् ।
युक्रेनको पक्षमा नेपालको मतदान
संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।
अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी
अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गर्नुभएको छ ।
पाँच वटा बस्ती युक्रेनी सेनाको कब्जामा
दक्षिणी कमाण्डका प्रवक्ता भ्लादिस्लाभ नाजारोभका अनुसार बेरिस्लाभ जिल्लाको नोभोवासिलिभका, नोभोरीहोरिभका, नोभा कामियान्का, ट्राइफोनिभका र चेर्भोन गाउँ मङ्गलबार पुनः कब्जामा लिइएको हो ।
दक्षिण कोरियामा दैनिक तीस हजारभन्दा बढी कोरोना सङ्क्रमित
दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजार जनाभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिने गरेका अधिकारीहरुले जनाएका छन् ।
इराकी राष्ट्रपतिको निर्वाचन बिहीबार
इराकका राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ । इराकी संसद्ले बिहीबार उहाँको निर्वाचन गर्ने भएको हो ।
विश्वका आधा गरिबलाई ऋण राहत दिनुपर्नेमा जोड
विश्वका आधाभन्दा बढी गरिब जनताको हिस्सा ओगटेका ५४ वटा विकासशील अर्थतन्त्रलाई विश्वव्यापी सङ्कटका कारण उत्पन्न समस्या सम्बोधन गर्न तत्काल ऋण राहत दिनुपर्नेमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले जोड दिएको छ ।
भेनेजुएला पहिरोमा परी ३६ को मृत्यु
भेनेजुएलामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । सो पहिरोमा परेर अरु ५६ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन् ।
जी ७ ले युक्रेनमा रुसले गरेको बम आक्रमणको बारेमा सङ्कट वार्ता गर्ने
संयुक्त राज्य अमेरिका र अन्य जी७ शक्तिहरूले युक्रेनमा रूसले भर्खरै गरेको बमविष्फोटको बारेमा मङ्गलबार सङ्कट वार्ता गर्ने भएका छन् ।