सोल, भदौ २१ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनीय रुपमा घटेको छैन ।
सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार ८३७ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३७ लाख छ हजार ४७७ पुगेको स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
सोमबार कोरोना सङ्क्रमणको कारण ४३ जनाको मृत्यु भएको योसँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार १३ पुगेको छ । दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन ।
यसैबीच, भारतमा एकै दिनमा चार हजारभन्दा बढीमा कोरोना सङ्क्रमण भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात् सोमबार मध्यरातिसम्म चार हजार ४१७ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ ।
यसैसँगै, भारतमा चार करोड ४४ लाख ६६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात् आइतबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा पाँच हजार ९१० जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ ।
भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार ३३६ जना छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।
२४ घण्टाको समयावधी बिहीबार मध्यरात अर्थात् कोरोना सङ्क्रमणबाट भारतमा २३ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २८ हजार ३० भन्दा बढीको मृत्यु भएको छ । भारतमा हिजो एक दिनमा छ हजार ३२ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कुल चार करोड ८६ लाख ४९६ जना कोरोनामुक्त भएका छन् ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। । सो समयबाट हालसम्म दुई अर्ब १३ करोड ७२ लाख ६८ हजार छ सय १५ भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ७० लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । रासस/सिन्ह्वा