• ८ मंसिर २०८१, शनिबार

मलेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

blog

क्वालालमपुर, भदौ १३ गते । मलेसियाको क्वालालम्पुरमा सोमबार शक्तिशाली भूकम्प आएको छ । राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयाअनुसार बिहान ८.५९ बजे १० किलोमिटर गहिरोबाट भूकम्प आएको थियो ।

भूकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले प्रभावित क्षेत्रबाट सूचना तथा विवरण सङ्कलन गर्ने कार्य भइरहेको पनि जनाएका छन् । मलेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ । भूकम्पका कारण धनजनको क्षति हुने गरेको छ । रासस/एएनआई