• ८ मंसिर २०८१, शनिबार

सोभियत नेता मिखाइल गोर्भाचोभको निधन

blog

काठमाडौं, भदौ १५ गते । सोभियत युगका अन्तिम नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ देखि १९९१ सम्म सोभियत सङ्घको सत्तामा रहनुभएका मिखाइल सोभियत युगका अन्तिम नेता हुनुहुन्थ्यो ।

लामो समयदेखि मृगौला रोगसँग लडिरहनुभएका मिखाइलको उपचाररत अस्पतालमै निधन भएको बीबीसीले जनाएको छ । स्वर्गीय मिखाइलले शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्दै तत्कालीन सोभियत सङ्घलाई विश्वका लागि ढोका खोलिदिएर सुधारको खाका प्रस्तुत गर्नुभएको थियो ।

तर, उहाँले सोभियत सङ्घको पतनलाई रोक्न भने सक्नुभएन । त्यसैको कारण आधुनिक रूसको उदय भएको हो । मिखाइलको निधनमा विश्वका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्भाचोभको निधनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । बीबीसी