चिनियाँ राष्ट्रपति सी चिनपिङ तेस्रो कार्यकालका लागि निर्वाचित
चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गर्नुभएको छ ।
नाइजेरियामा बाढीका कारण १५ लाखभन्दा बढी बालबालिका जोखिममा
नाइजेरियामा अधिकांश बालबालिकासहित २५ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले जनाएको छ । प्रभाबितमध्ये ६० प्रतिशत बालबालिका रहेको र विगत एक दशकको सबैभन्दा भीषण बाढीका कारण पानीजन्य रोग, डुब्ने र कुपोषणको उच्च जोखिममा रहेको युनिसेफले चेतावनी दिएको छ ।
नौ महिने छोरीको हत्या गर्ने बाबुलाई मृत्युदण्ड
बेन्जामिन कोल गम्भीररूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो । गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागू भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन् ।
इटालीमा जर्जिया मेलोनी बन्नुभयाे पहिलो प्रधानमन्त्री
इटालीमा पहिलो प्रधानमन्त्रीको रुपमा जर्जिया मेलोनी निर्वाचित हुनुभएको छ । ४५ वर्षीय मेलोनीले दोस्रो विश्व युद्धपछि इटालीमा पहिलोपटक चरम दक्षिणपन्थी नेतृत्वको सरकार गठन गर्नुभएको छ ।
राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित हुँदै
चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको 'मूल स्थिति' लाई समर्थनसहित पारित गरेको छ । जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उहाँ तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ।
जापान र अष्ट्रेलिया रक्षा सहयोग बढाउन सहमत
जापानी प्रधानमन्त्री फुमियो किशिदा र उहाँका अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानीजले एशिया-प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बीच दुई राष्ट्रहरू बीच व्यावहारिक रक्षा सहयोग बढाउन सहमत हुनु भएको छ ।
काबुलमा ६ आईएस लडाकू मारिए
फगान सेनाले राजधानी काबुलमा प्रतिद्वन्द्वी आइएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनका सदस्यहरू लुकेको ठाउँमा आक्रमण गरी छ जना लडाकूलाई मारेको अफगान कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार बताएका छन् ।
पूर्व प्रधानमन्त्री खानले चुनावमा भाग लिन नपाउने
पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने घोषणा गरेको छ ।
न्युयोर्कमा पनि दीपावलीको बिदा
आगामी वर्षको दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् ।
सोमालियालीलाई कम्तीमा एक अर्ब डलर सहयोग माग
सोमालियाका कम्तीमा पनि एक ७६ लाख नागरिकको तत्कालै उद्धारका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलरको सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
बेलायतका प्रधानमन्त्रीद्वारा राजीनामा
बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बिहीबार पदबाट राजीनामा दिनुभएको छ । उहाँले नियुक्त हुनुभएको ४५ दिनमा नै बिहीबार सो पदबाट राजीनामा दिनुभएको हो । उहाँले पत्रकारहरूसँग कन्जरभेटिभ पार्टीले जुन म्यान्डेटका साथ आफूलाई निर्वाचित गरेको थियो सो पूरा गर्न नसक्ने अवस्था रहेको बताउनुभएको छ । उहाँले वर्तमान स्थिति हेर्दा आफूले जुन प्रतिबद्धता व्यक्त गरेको थिएँ सो पूरा गर्न नसकेको बताउनुभयो ।
मलेसियामा मङ्सिर ३ गते आम निर्वाचन हुँदै
मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो ।
सुरक्षा परिषदद्वारा इजरायल–लेबनान समुद्री सीमा सम्झौताको स्वागत
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजरायल र लेबनानले समुद्री सीमा विवाद समाधानका निम्ति गरेका सम्झौताको स्वागत गरेको छ । दुवै देशले समुद्री सीमा विवाद अन्त्य गर्ने सम्झौताको घोषणा गरेकामा सुरक्षा परिषद्ले बुधबार त्यसको स्वागत गरेको हो ।
सोमालियामा बालबालिकामा कुपोषणको समस्या झन् बढ्ने
संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले झनै भयावह रुप पनि लिन सक्ने बताइएको छ ।
महासचिव गुटेरेस भारतमा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार राति भारत आइपुग्नु भएको विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् ।
भारतीय कांग्रेसमा माल्लिकार्जुन खड्गे अध्यक्ष पदमा निर्वाचित
भारतीय कांग्रेस पार्टीमा माल्लिकार्जुन खड्गे अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले सातहजार ८९७ भोट प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँ दक्षिण भारतको एक दलित परिवारमा जन्मनुभएका अनुभवी राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्छ ।
नाइजेरियाको चर्चमा आक्रमण हुँदा दुईको मृत्यु
नाइजेरियाको मध्य क्षेत्रमा रहेको एक चर्चमा भएको आक्रमणमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका नाइजेरियाली प्रहरीले सोमबार जनाएको छ ।
इबोला फैलिन नदिन उच्च सतर्कता
युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले यहाँ उच्च सतर्कताका राखिएको छ ।
इथियोपियामा हिंसा रोक्न महासचिव गुटरेसको आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गर्नुभएको छ । उहाँले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने बताउनुभएको हो ।
रुसी ‘कामिकाजे ड्रोन’ द्वारा किभमा आक्रमण
रुसले सोमबार बिहान किभमा ‘ कामिकाजे ड्रोन’ मानवरहित विमान आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपतिले यस आक्रमणलाई झण्डै आठ महिनादेखि हजारौंको ज्यान लिने युद्धमा निराशाको कार्यको रूपमा वर्णन गरेको छ ।
खाद्य सुरक्षाका लागि थप लगानी गर्न आग्रह
खाद्य सुरक्षाका लागि थप लगानी गर्न कम्बोडिया तथा संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले आग्रह गरेका छन् । कम्बोडिया सरकार तथा संयुक्त राष्ट्रसङ्घीय एजेन्सी संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले सो आग्रह गरेका हुन् ।
इरानको इभिन जेलमा आगलागी हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो
तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुुनेको सङ्ख्या आठ पुगेको जनाइएको छ ।
कम्बोडिया डुङ्गा दुर्घटनाः एघार जनाको मृत्यु
दक्षिणी कम्बोडियाको कान्डल प्रान्तमा क्षमताभन्दा बढी भार बोकेको डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनाको उद्धार तथा खोज पूरा भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।
केन्यामा खडेरीका कारण नौ लाखभन्दा बढी बालबालिका कुपोषित
एनडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध–सुक्खा क्षेत्रहरूमा तीव्र रूपमा कुपोषित बालबालिकाकाहरूको सङ्कलन गरेको छ । एक लाख ३४ हजारभन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ ।