• ९ मंसिर २०८१, आइतबार

मध्य माली आक्रमणमा १३ जना सर्वसाधारणको मृत्यु

blog

बामाको, फागुन १३ गते । मध्य मालीको एउटा गाउँमा बिहीबार हतियारधारीहरूले गरेको आक्रमणमा कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै आज जनाएका  छन् ।

बिहीबार दिउँसो कानीबोन्जोन गाउँमा आगजनी हुँदा स्वचालित हतियारको आवाज सुनिएको एक समाचार वेबसाइटले पोस्ट गरेको भिडियोमा देखिएको छ ।

आक्रमण र हताहतीको पुष्टि बैंकास सर्कल काउन्सिलका अध्यक्ष अमाडो यारोले गरेका छन्। उक्त क्षेत्रका गभर्नर अतिवादीको बर्बर हमलाबाट पीडित भएकाहरूलाई सान्त्वना दिन  गए राति आक्रमणस्थल पुगेका थिए । 'हामीले भर्खरै देखेको दृश्य भयानक छ। यो गाउँमा भएको बर्बर र अमानवीय आक्रमण हो,  अन्न भण्डारहरू पनि खरानी पारिएका छन् ,' यारोले भने।  बन्दियागराका बासिन्दा थप सुरक्षाको माग गर्दै सडकमा उत्रिएका छन् ।

सन्  २०१२ देखि माली विद्रोह, जिहादी आक्रमण र अन्तरसामुदायिक हिंसाबाट पीडित छ  । हिंसात्मक घटनामा हजारौँ मारिएका छन् भने सयौँ हजार विस्थापित भएका छन् । रासस/सिन्ह्वा