बेलाइतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति
बेलाइतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन् ।
अमेरिकामा आज मध्यान्तर निर्वाचन
यही मङ्गलबार अर्थात् नोभेम्बर ८ मा सम्पन्न हुने मध्यान्तर निर्वाचनले अमेरिकी राजनीतिको फैसला गर्नेछ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको दुई वर्षपछि हुने निर्वाचनलाई मध्यान्तर निर्वाचन भन्ने गरिएको छ । यो निर्वाचनमा तल्लो सदन हाउसका सबै ४३५ र माथिल्लो सदन सिनेटका सयमध्ये ३५ स्थानमा निर्वाचन हुँदै छ ।
पाकिस्तानमा डेंगुको प्रकोप बढ्दै, २४ घण्टामा पाँचको मृत्यु
पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेंगुको प्रकोप झन् बढेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो समयमा यसको प्रकोप बढेको पाइएको छ ।
सर्पको डसाइबाट मात्र भारतमा वर्षमा ६४ हजारभन्दा बढीको मृत्यु
भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जनाभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ ।हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ ।
मंगलबार अमेरिकामा मध्यान्तर निर्वाचन हुँदै
यही मंगलबार अर्थात् नोभेम्बर ८ मा सम्पन्न हुने मध्यान्तर निर्वाचनले अमेरिकी राजनीतिको फैसला गर्नेछ । अमेरिकामा राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने निर्वाचनलाई मध्यान्तर निर्वाचन भन्ने गरिएको छ ।
उत्तरकोरियाले फेरि गर्यो क्षेप्यास्त्र परीक्षण
‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका–दक्षिणकोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकराबको उन्माद भन्दै आएको उत्तरकोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ ।
तान्जानियाको भिक्टोरिया तालमा विमान दुर्घटना
तान्जानियामा विमान दुर्घटना भएको छ । बुकोबा विमानस्थल जाँदै गर्दा भिक्टोरिया तालमा विमान दुर्घटनामा परेको हो । आज दुर्घटनामा परेको विमानमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।
मोगादिसुमा आत्मघाती बम आक्रमण : १५ जनाको मृत्यु
मोगादिसुको दक्षिणी भागमा रहेको सैन्य प्रशिक्षण शिविरको प्रवेशद्वारमा शनिबार साँझ भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।
नयाँ दिल्लीका असी प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा
भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदूषणसँग सम्बन्धित रोग भएको देखाएको छ ।
‘युक्रेन युद्ध कूटनीतिले मात्र अन्त्य गर्न सक्छ’
युक्रेन युद्ध वार्ता र कूटनीतिक माध्यमबाट मात्र अन्त्य गर्न सकिने विश्व नेताहरूले बताएका छन् । युद्धमैदानबाट कुनै पनि पक्ष विजयी नहुने पनि उनीहरूले बताएका छन् ।
रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु
रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
कर्नाटक सडक दुर्घटनामा सातको मृत्यु, छ जना घाइते
कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।
इबोला प्रकोपको नियन्त्रण गर्न युगाण्डा सरकारलाई आर्थिक अभाव
इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डाको सरकारले जनाएको छ । युगाण्डाको सरकारले हाल त्यहाँ फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसकाविरुद्ध लड्न कम्तीमा पनि २० मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको हो ।
गुजरात पुल दुर्घटना : खोज तथा उद्धार स्थगन
भारतको पश्चिमी राज्य गुजरातका अधिकारीहरूले मोर्बीको मच्छुनदीमा हराएकाहरूको खोजी स्थगन गरेका छन् । गत आइतबार राति मच्छुनदीको झोलुङ्गे पुल भाँचिदा एक सय ४१ जनाको मृत्युभएको थियो भने कैयौँ हराएका थिए ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री खानमाथि गोली प्रहार
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिहीबार दिउँसो पूर्वी पञ्जाव प्रदेशको वजिराबाद जिल्लामा खानमाथि गोली प्रहार भएको हो ।
चिनियाँ कम्पनीसँगको सम्झौता खारेज
क्यानडाले चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता खारेज गरेको छ । राष्ट्रिय सुरक्षालाई दृष्टिगत गरी तीन वटा चिनियाँ कम्पनीसँगको सम्झौता कार्यान्वयन नगर्ने निर्णयमा क्यानडा पुगेको हो । साथै उसले ती कम्पनीलाई सम्झौताबाट बाहिरिन आदेश पनि दिएको छ ।
छुरा प्रहार गरी प्रहरीको हत्या
जेरुसेलमको पुरानो शहरमा एक आक्रमणकारीले बिहीबार एक जना प्रहरी अधिकारीलाई छुरा प्रहार गरी हत्या गरेको छ ।
डुङ्गा डुब्दा हराएका बीस यात्रुको शव भेटियो
ग्रिकको इभामा अवस्थित समुद्री किनारबाट त्यहाँ डुङ्गा डुब्दा हराएका २० जना यात्रीको शव निकालिएको बताइएको छ । उद्धारकर्मीहरुले ती शव निकालेको अधिकारीहरुले जानकारी दिएका छन् ।
इथियोपियामा भएको युद्धविरामलाई सहयोग गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह
इथियोपियाको सरकार र यहाँ हिंसात्मक युद्ध गरिरहेको विद्रोहीका बीचमा भएको युद्धविरामलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले सो आग्रह गर्नुभएको हो ।
छठ पूजाका क्रममा ५३ जना श्रद्धालुको डुबेर मृत्यु
हिन्दु धर्मावलम्बीहरूको चारदिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
अरब लिगको सम्मेलन अल्जेरियामा सुरु
अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्समा मङ्गलबार साँझदेखि सुरु भएको छ । यो अरब लिगको ३१ औँ शिखर सम्मेलन भएको बताइएको छ ।
राष्ट्रसङ्घका महासचिव गुटरेस स्तब्ध
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भाँच्चिँदा एक सय ४१ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
युक्रेनीलाई बिजुली, पानीबाट वञ्चित गराउँदै रूस
रूसले युक्रेनमाथिको आक्रमणलाई तीव्र गतिमा अघि बढाइरहेको छ । निरन्तरको क्षेप्यास्त्र आक्रमणबाट उत्तरपूर्वी शहर खार्किभ र चेर्कसीका आधारभूत भौतिक पूर्वाधारमा क्षति भएको छ ।
गुजरात पुल दुर्घटना : एक सय ४१ जनाको मृत्यु
भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् ।