सोल, फागुन २३ गते । दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा फेब्रुअरीमा चार महिनायता पहिलो पटक गिरावट आएको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ ।
बैङ्क अफ कोरियाका अनुसार फेब्रुअरीको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ४२५.२९ अर्ब अमेरिकी डलर रहेको छ जुन अघिल्लो महिनाको तुलनामा ४.६८ अर्ब डलरले कम हो । यो सँगै बलियो डलरले गैर(डलर सम्पत्तिहरूको रूपान्तरण मूल्य घटाएको छ ।
देशको विदेशी सञ्चितिमा ३७४ अर्ब ४९ करोड डलर धितोपत्र, २६ अर्ब ७५ करोड निक्षेप, १४ अर्ब ८० करोड डलर विशेष निकासी अधिकार, ४ अर्ब ७९ करोड डलर सुन र ४ अर्ब ४४ करोड डलर आईएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) रहेको छ । जनवरीको अन्त्यमा दक्षिण कोरिया विश्वको नवौँ ठूलो विदेशी मुद्राको भण्डार भएको थियो । रासस/सिन्ह्वा