आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्यभार : राष्ट्रपति सी
चीनका राष्ट्रपति सी चिन फिङले आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्य भएको बताउनुभएको छ ।
चीनको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत
चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ । अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ ।
फिलिपिन्सका गभर्नरको हत्यामा संलग्न तीन जना पक्राउ
फिलिपिन्सका एक प्रान्तीय गभर्नर र अन्य आठ जनाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । अर्को सन्दिग्धको गोली हानाहानमा मृत्यु भएको छ ।
चीनको वार्षिक रक्षा बजेट ७.२ प्रतिशत
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले चालु वर्षको रक्षा बजेट ७.२ प्रतिशत हुने बताएको छ । गत वर्ष रक्षा क्षेत्रको बजेट ७.१ प्रतिशत थियो । आज सार्वजनिक गरिएको मस्यौदा बजेटअनुसार यो वर्ष २२४.७९ बिलियन अमेरिकी डलर विनियोजन गरिएको छ ।
अफगान सुरक्षा फौजको कारबाहीमा आइएसका छ लडाका मारिए
अफगानिस्तानको हेरात प्रान्तमा यहाँको सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि छ जना आइएस लडाका मारिएका छन् ।
एक जोर जुत्ताको मूल्य दुई करोड डलर
एउटा जुत्ताको मूल्य दुई करोड रुपियाँ पर्छ भन्दा पत्याउन गाह्रो हुन्छ । प्रख्यात बास्केटबल खेलाडी माइकल जोर्डनले प्रयोग गरेको जुत्ताको मूल्य दुई करोड रुपियाँको तोकिएको छ ।
जातीय भेदभावमा परेका अश्वेत महिलालाई मुटु रोग लाग्ने सम्भावना बढी
रोजगारी, आवास र प्रहरीसँगको अन्तरक्रिया लगायतका विभिन्न सन्दर्भमा जातीय भेदभावको अनुभव गरेका अश्वेत महिलालाई अन्य महिलाको तुलनामा हृदयाघात हुने सम्भावना २६ प्रतिशत बढी रहेको एक अनुसन्धानले जनाइएको छ ।
न्युजिल्याण्डको केर्माडेक टापुमा ६.९ म्याग्निच्युडको भूकम्प
न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६ः४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली चल्दा दुई जनाको मृत्यु
इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् ।
पाकिस्तानी रुपियाँ फेरि बलियो बन्दै
अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपियाँमा ठूलो गिरावट आएपछि शुक्रबार अन्तर बैङ्कमा २७८.४६ रुपियाँमा कारोबार भइरहेको स्टेट बैङ्क अफ पाकिस्तानले जनाएको छ ।
फुटबल स्टार मेसीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार
अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन्।
भ्रष्टाचारको आरोपबाट मलेसियाका पूर्व नेता नाजिबलाई सफाइ
मलेसियाको एक अदालतले जेलमा परेका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । तर उहाँले अर्को मुद्दाबाट १२ वर्षको जेल सजाय भोग्न पर्ने समाचारमा जनाइएको छ ।
शरणार्थी शिविरमा झडप : एकको मृत्यु, सात घाइते
दक्षिणी लेबनानमा रहेको शरणार्थी शिविरमा बुधबार राति भएको सशस्त्र झडपमा एक जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् ।
ग्रीस रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ५७ पुग्यो
मध्य ग्रीसमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ । ग्रीसमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् ।
मलेसियामा फेरि भीषण बाढी
मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–सहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पुर्याएका छन् ।
सैन्य कारबाहीमा चार जना विद्रोही मारिए
मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन् । नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक सहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज (बिहीबार) जानकारी दिनुभएको हो ।
खाद्य सङ्कट सम्बोधन गर्न सत्तारुढ दलको बैठक
प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका दलले खाद्य सङ्कट सम्बोधन गर्न बैठक आयोजना गरेको छ ।
यमन हवाई हमलामा अल–कायदाका शीर्ष नेता मारिए
युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल–कायदाका एक वरिष्ठ व्यक्ति मारिएका सुरक्षा र स्थानीय सरकारी स्रोतहरूले बुधबार एएफपीलाई बताएको छ ।
ग्रिसमा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो
ग्रिसमा मङ्गलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ ।
सोमालियाका ५० लाख नागरिक खाद्य सङ्कटमा
राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि ५० लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ ।
ग्रिसमा रेल दुर्घटना हुँदा १५ को मृत्यु
ग्रिसमा रेल दुर्घटनामा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा १५ जनाको ज्यान गएको ग्रिसका अधिकारीहरुले पुष्टि गरेका छन् ।
जर्मनीको उत्तरपश्चिममा विद्यालय नजिकै गोली चल्दा दुई जना गम्भीर घाइते
उत्तरपश्चिम जर्मनीको ब्राम्चेमा रहेको एउटा विद्यालय नजिकै गोली चल्दा दुई जना गम्भीर घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।
हर्ष र त्रासदीपूर्ण सगरमाथा आरोहणको ऐतिहासिक सम्झना
उहाँले जीवनका ८९ वसन्त पार गरिसक्नुभएको छ तर उहाँले हिमाल चढ्न छाड्नुभएको छैन । अक्सिजन बिना नै सगरमाथा आरोहण गर्नुभएका अष्ट्रियाका आरोही हाबेलर हाबेलर अझै पनि हिमालका चुचुरा चुम्न शारीरिकरूपमा सक्षम हुनुहुन्छ ।
औषधि कारखाना विस्फोटमा परी दुईको मृत्यु
भारतको पश्चिमी राज्य गुजरातमा एक औषधि कारखानामा भएको विस्फोटनमा कम्तीमा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका जनाइएको छ ।