• ९ मंसिर २०८१, आइतबार

सैन्य कारबाहीमा चार जना विद्रोही मारिए

blog

मनिला, फागुन १८ गते । मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन् । नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक सहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज (बिहीबार) जानकारी दिनुभएको हो । 

कर्णेल जोरी बाक्लोरका अनुसार सेनाले  ग्रेनेड लन्चर, एक ४७ राइफललगायत विभिन्न हातहतियार पनि बरामद गरेको छ । मारिएकाहरू न्यू पिपल्स आर्मी (एनपीए) का सदस्य भएको आशङ्का गरिएको छ ।

सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारविरुद्ध सङ्घर्ष गर्दै आएका छन् । उक्त समूहले ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएको छ । सन् १९८० मा निकै शक्तिशाली विद्रोही शक्तिका रूपमा स्थापित एनपीएमा अहिले दुई हजारको हाराहारीमा सदस्य रहेका  सैन्य तथ्याङ्कले देखाएको छ । रासस/सिन्ह्वा