३५ लाख बालबालिका विद्यालय बाहिर
इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण कम्तीमा ३५ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका एक अध्ययनले देखाएको छ ।
सुरक्षा कारबाहीमा दुई जना आतङ्ककारी मारिए
उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जनाआतङ्ककारी मारिएका छन् । देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारबाहीमा ती आतङ्कारी मारिएका हुन् ।
नयाँ नोटमा बेलायती नरेशको तस्बिर नछाप्ने अष्ट्रेलियाको घोषणा
अष्ट्रेलियाले आफ्नो ब्याङ्कनोटमा बेलायती नरेशको तस्बिर नछाप्ने घोषणा गरेको छ । अष्ट्रेलियाको केन्द्रीय ब्याङ्कले आज (बिहीबार) उक्त घोषणा गरेको हो ।
अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते
इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरू करिब ३२ जना घाइते भएका छन् ।
युक्रेनको सहयोगका लागि दुई राष्ट्रपतिको भेट
युक्रेन र अष्ट्रियाका राष्ट्रपतिका बीचमा बुधबार भेटवार्ता भएको बताइएको छ । हाल युक्रेनको भ्रमणमा रहनुभएका अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किले भेटवार्ता गर्नुभएको हो ।
फिलिपिन्सका चार सैन्य आधार क्षेत्रमा अमेरिकालाई पहुँच
फिलिपिन्सले आफ्ना चार वटा अतिरिक्त सैन्य आधार इलाकामा अमेरिकालाई सुरक्षित पहुँच प्रदान गरेको छ । फिलिपिन्सले आफूलाई सुरक्षित पहुँच प्रदान सहमति जनाएसँगै अमेरिकालाई दक्षिण चीन सागर र ताइवान वरपर चिनियाँहरूलाई निगरानी गर्न सहज भएको छ ।
कालीगण्डकीको देवशिला अयोध्यामा
नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो ।
भारतको सात सय बीस खर्बको बजेट
भारत सरकारले आव (सन्) २०२३/२४ का लागि ७२० खर्ब ४९ अर्ब भारतीय रुपियाँको केन्द्रीय बजेट सार्वजनिक गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बुधबार लोक सभामा उक्त बजेट अनुमान पेस गर्नुभएको हो । भारतले पेस गरेको बजेट नेपालको बजेटको तुलनामा भने करिब ४० गुणाले बढी हो ।
सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग
डानमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले सहयोग माग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरुसँग पनि सो सहयोगका लागि आग्रह गरेको हो ।
भारतमा आगलागीमा परी १४ को मृत्यु
भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो ।
कतारले ‘हाया कार्ड’ वैधताको समयावधि बढायो
विश्वकप फुटबल दौरान विदेशी नागरिकहरूका लागि कतार प्रवेश गर्न प्रदान गरिएको प्रवेश पत्र ‘हाया कार्ड’ कोको वैधता सम्बन्धी कतारी आन्तरिक मामिला मन्त्रालयले समय बढाएको छ ।
पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा ९० को मृत्यु
उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र १५० भन्दा बढी घाइते भएका छन् ।
लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धार : आईओएम
गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार बताएको छ ।
हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो
हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यस वर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेसावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।
अडानी कम्पनीको शेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो
भारतीय उद्योगी गौतम अडानीको कम्पनीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेपनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार शेयर बजारमा अर्बौँ डलर गुमाएको छ ।
सोमालियामा कारबाहीका क्रममा अल सेबाबका १३६ लडाकाको मृत्यु
सोमालियामा अल सेबाबका कम्तीमा पनि एक सय ३६ जना लडाका मारिएका छन् । अल सेबाबका लडाकाका विरुद्धमा यहाँको सुरक्षा फौजले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका बताइएको छ ।
ईसीबीले ब्याज दरहरूको पुनः समायोजन गर्ने
यूरो समूहले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको समय युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले बिहीबार नयाँ दर वृद्धि गर्दै आफ्नो मुद्रास्फीतिविरूद्धको प्रयासलाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।
पेरुका राष्ट्रपतिद्वारा तत्काल निर्वाचन घोषणा गर्न आग्रह
पेरूमा हप्तौंदेखि जारी हिंसात्मक प्रदर्शनलाई अन्त्य गर्ने उपायका रूपमा समयअगावै निर्वाचन गराउन आइतबार संसदलाई पुनः आग्रह गर्दै अन्यथा आफूले संवैधानिक सुधारको बाटो अवलम्बन गर्ने चेतावनी दिनुभएको छ ।
इरान र साउदी अरेबियाले छिट्टै वार्ता गर्ने
इरान र साउदी अरेबियाले आफ्नो द्विपक्षीय सम्बन्ध सुधारका लागि छिट्टै नै वार्ता गर्ने भएका छन् । सो जानकारी इरानका विदेशमन्त्रीले दिनुभएको हो ।
पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु
विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ ।
पाकिस्तानमा बस दुर्घटना हुँदा ४१ यात्रुको मृत्यु
पाकिस्तानको बलोचिस्तान प्रान्तमा बिहान भएको बस दुर्घटनामा परी ४१ जना यात्रुहरू मारिएका छन् ।
वैदेशिक व्यापार, लगानी वृद्धि गर्ने चीनको योजना
चीनले वैदेशिक व्यापार र लगानी वृद्धि एवं उपभोगमा तीव्रता ल्याउने योजना अघि सारेको छ । चिनियाँ प्रधानमन्त्री लि केकाङको अध्यक्षतामा सम्पन्न राज्य परिषद् बैठकले आर्थिक सुधार र व्यापार विस्तारका लागि यस्तो निर्णय गरेको हो ।
क्यालिफोर्नियामा हप्तामै दोस्रो गोलीकाण्ड, तीनको मृत्यु, चार घाइते
अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ । शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा परेर तीन जनाको ज्यान गएको छ भने अरू चार जना घाइते भएका छन् ।