नौ युवा मलेसियामा अलपत्र
मलेसियामा रोजगारीमा जाने नेपाली श्रमिकलाई मलेसियाका श्रमिकसरह पारिश्रमिक र सेवासुुविधा दिने विषयमा दुुई देशका सरकारबीच सहमति भएको छ । गत माघमा नेपाल भ्रमणमा रहनुुभएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इजमाई नेतृत्वको टोली र पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्याल नेतृत्वमा दुुई देश भएको छलफलमा सो विषयमा सहमति भयो ।
टर्कीमा फेरि शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु
विनाशकारी भूकम्प गएको २ साता भित्रै टर्कीमा फेरि भूकम्प गएको छ । जसका कारण ३ जनाको मृत्यु भएको छ । ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट ६ सय ८० भन्दा बढी घाइते भएका छन् ।
बङ्गलादेशमा विपक्षी दलको पत्रिका बन्द
बङ्गलादेशले प्रमुख प्रतिपक्षी दलको पत्रिका बन्द गरेको छ । बङ्गाली भाषामा छापिने ठूलो आकारको दैनिक दिनकल पत्रिकामाथि सरकारले निलम्बनको आदेश दिएपछि प्रकाशन बन्द भएको हो । सरकारको यो कदमबाट बङ्गलादेशमा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लागेको छ ।
अमेरिकामा बन्दुक आक्रमण : एक वर्षमा पाँच हजार आठ सयको मृत्यु
हिजो आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य आक्रमणमा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य आक्रमणसम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ ।
ब्राजिलमा भीषण बाढी : ३६ जनाको मृत्यु
ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
इजरायलद्वारा सिरियामा क्षेप्यास्त्र प्रहार, पन्ध्र जनाको मृत्यु
इजरायलले आज बिहान यहाँ गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ ।
फिलिपिन्समा विमान दुर्घटना, खोजी जारी
चार जना सवार एउटा सानो विमान मध्य फिलिपिन्समा दुर्घटना भएको छ । उद्धारकर्मीहरूले उनीहरूको खोजी गरिरहेका नागरिक उड्डयन कार्यालयका एक अधिकारीले बताएका छन् ।
पूर्वराष्ट्रपति कार्टर परिवारका साथ बाँकी जीवन बिताउँदै
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले अतिरिक्त चिकित्सा हस्तक्षेपको सट्टा घरमै अस्पताल हेरचाह प्राप्त गर्ने र आफ्नो बाँकी समय आफ्नो परिवारसँग बिताउन निर्णय गर्नुभएको छ । उहाँ कलेजो र मस्तिष्क रोगबाट पीडित हुनुहुन्छ ।
उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण
अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।
टर्की भूकम्पमा ४६ हजारको मृत्यु, खोजी र उद्धार कार्य स्थगन गरिँदै
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते गएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।
शृङ्खलाबद्ध गोलीकाण्डमा मिसिसिपीमा छ जनाको मृत्यु
मिसिसिपीको टेट काउन्टीमा शुक्रबार भएको शृङ्खलाबद्ध गोलीकाण्डमा कम्तीमा छ जनाको निधन भएको सीएनएनले उल्लेख गरेको छ ।
बुल्गेरियाको राजधानी नजिकै ट्रकमा १८ आप्रवासी मृत फेला
बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तीमा १८ जना आप्रवासीहरू एक परित्यक्त ट्रकमा मृत फेला परेको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
सामसुङको ग्यालेक्सी एस–२३ बजारमा
दक्षिण कोरियाको विशाल प्रविधि कम्पनी सामसुङ इलेकट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ ।
न्युजिल्याण्डमा चक्रवातका कारण आठ जनाको मृत्यु
न्युजिल्यान्डको उत्तरी टापुमा यस साता आएको चक्रवात ‘ग्याब्रिएल’का कारण आएको बाढी र पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । चक्रवात र यसका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा तीन हजार ५०० भन्दा बढी बेपत्ता भएका छन् ।
हङकङको जनसङ्ख्या घट्दो क्रममा
सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसङ्ख्या घटेको छ । सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको यहाँको जनसङ्ख्या गत वर्षको अन्त्यमा शून्य दशमलव नौ प्रतिशतले घटेको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ ।
विश्वको समुद्री ताप उच्च विन्दुमा
सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ । यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको एक अध्ययनले देखाएको छ ।
क्युबाका केन्द्रीय बैङ्कका अध्यक्ष बर्खास्त
क्युबाले केन्द्रीय बैङ्कका अध्यक्षलाई पदबाट हटाएको छ । बैङ्कका अध्यक्ष मार्था सबिना विल्सनको स्थानमा जोकिन अलोन्सो भाजक्वेजलाई नियुक्त गरिएको छ ।
युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ ।
तिब्बतमा १३ सय ग्रामीण पुनरुत्थान परियोजना सञ्चालन
चीनको स्वशासित क्षेत्र तिब्बतमा १३ सय ३७ ग्रामीण पुनरुत्थान परियोजना सञ्चालन गरिएको छ । तिब्बत स्वायत्त क्षेत्रले दुई अर्ब ५० करोड अमेरिकी डलरको लागतमा ती परियोजना सञ्चालन गरेको हो ।
न्युजिल्याण्डमा चक्रवातबाट व्यापक क्षति, चारको मृत्यु
न्युजिल्याण्डमा चक्रवात गेब्रियलबाट व्यापक क्षति भएको छ भने एक बालकसहित चारजनाको मृत्यु भएको छ । चक्रवातबाट उत्तरी टापु अधिक प्रभावित भएको छ ।
टर्की भूकम्पबाट पाँच सय आणविक बमको शक्ति निष्कासित
टर्कीका राष्ट्रपति तैयेप एर्दोगानले आफ्नो देशको दक्षिणी प्रान्तमा गत माघ २३ को भूकम्पबाट भएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै खोज तथा उद्धारका साथै मानवीय सहायता सामग्री उपलब्ध गराएकामा अन्तर्राष्ट्रिय समुदायप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
टर्की भूकम्प : ४१ हजारभन्दा बढीको मृत्यु
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् ।
अमेरिकामा भारतीय मूलकी हेली राष्ट्रपतिका उम्मेदवार
रिपब्लिकन पार्टीकी साउथ क्यारोलिनाकी पूर्व गभर्नर निक्की हेलीले २०२४ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार बन्ने औपचारिक घोषणा गर्नुभएको छ ।
टर्की र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित
कहरामनमारासलाई केन्द्रबिन्दु बनाएर हालै भएको शक्तिशाली भूकम्पमा ३६ हजारभन्दा बढीको हताहतिपछि टर्की र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ ।