दक्षिण कोरियाको सीमावर्ती टापुका बासिन्दालाई घरभित्रै बस्न निर्देशन
दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङमा उत्तर कोरियाले लगातार तेस्रो दिन ‘प्रत्यक्ष युद्धभ्यास’ गरिरहेको अधिकारीलाई उद्धृत गरी दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।
बङ्गलादेश मतदान : झडपमा एक जनाको मृत्यु
बङ्गलादेशमा आइतबार बिहान सुरु भएको आम निर्वाचनका क्रममा छिटपुट झडप भएका अधिकारीले बताएका छन् ।
चिसोका कारण दिल्लीका विद्यालयमा पठनपाठन बन्द रहने
चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् ।
कडा सुरक्षा व्यवस्थाबिच बङ्गलादेशमा मतदान जारी
बङ्गलादेशमा आइतबार जारी १२औं राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताले २९९ प्रतिनिधि (सांसद) छान्न मतदान गरिरहेका छन् ।
जापानमा भूकम्प गएको पाँच दिनपछि नौ दशक पार गरेकी वृद्धाको सकुशल उद्धार
मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ ।
सुडानका सेना प्रमुखद्वारा अर्धसैनिक बलसँगको मेलमिलाप अस्वीकार
सुडानको सङ्क्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले सेनाले अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) सँग लडाइँ जारी राख्ने बताउनुभएको छ ।
टर्कीका राष्ट्रपति र अमेरिकी विदेशमन्त्रीबिच गाजा द्वन्द्वबारे छलफल
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्नुभएको छ ।
गाजामा मृत्यु हुनेको सङ्ख्या २२ हजार ७२२ पुग्यो
गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या बढेर २२ हाजर ७२२ पुगेको छ ।
बङ्गलादेशमा निर्वाचनको पूर्वसन्ध्यामा विपक्षी दलद्वारा ४८ घण्टे आमहड्तालको घोषणा
बङ्गलादेशमा आगामी जनवरी ७ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले प्रधानमन्त्री शेख हसिनाको ‘अवैध सरकार’को राजीनामाको माग गर्दै शनिबारदेखि ४८ घण्टे देशव्यापी ‘आमहड्ताल’ को आह्वान गरेको छ ।
उडानका क्रममा विमानको झ्याल फुटेपछि आपतकालीन अवतरण
अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपतकालीन अवतरण गराइएको छ ।
उत्तरी इथियोपियामा खडेरीका कारण १८ लाख मानिस प्रभावित
इथियोपियाको उत्तरी क्षेत्र अम्हारामा खडेरीका कारण १८ लाखभन्दा बढी मानिस प्रभावित भएको इथियोपियाली अधिकारीले शुक्रबार बताएका छन् ।
बङ्गलादेशको यात्रुवाहक रेलमा आगलागी हुँदा चार जनाको मृत्यु
बङ्गलादेशको राजधानी ढाकामा शुक्रबार राति एउटा यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
गाजामा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखको आह्वान
संयुक्त राष्ट्रसङ्घका मानवीय मामिलासम्बन्धी उपमहासचिव मार्टिन ग्रिफिथ्सले गाजामा जारी युद्ध अन्त्य गर्न आह्वान गर्नुभएको छ ।
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ८.२ अर्ब अमेरिकी डलर
पाकिस्तानको केन्द्रीय बैङ्कको विदेशी मुद्रा सञ्चिति बढेर ८.२ अर्ब अमेरिकी डलर पुगेको छ । स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले आफ्नो विदेशी मुद्रा सञ्चिति ४६४ मिलियन अमेरिकी डलरले बढेर २९ डिसेम्बर २०२३ सम्ममा ८.२ बिलियन डलर पुगेको जनाएको हो ।
चीनद्वारा चार मौसम विज्ञान उपग्रह प्रक्षेपण
चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।
ट्रम्पको कोलोराडो मतपत्रको योग्यता समीक्षा गर्न अदालत सहमत
अमेरिकी सर्वोच्च अदालत ट्रम्पको कोलोराडो मतपत्रको योग्यता समीक्षा गर्न सहमत भएको छ । शुक्रबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोलोराडोको प्राथमिक मतपत्रमा उपस्थित हुन अयोग्य ठहराउने निर्णयमाथि समीक्षा गर्न सहमत भएको हो ।
सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने : संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदन
सन् २०२४ मा आर्थिक वृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ ।
जापानमा भूकम्पका कारण ९२ जनाको मृत्यु, २४२ बेपत्ता
मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको चार दिनमा मृतकको सङ्ख्या ९२ पुगेको छ । साथै २४२ जना बेपत्ता भएको विवरण सार्वजनिक गरिएको छ ।
इण्डोनेसियामा रेल दुर्घटना : तीन जनाको मृत्यु, दशभन्दा बढी घाइते
इण्डोनेसियाको पश्चिम जाभा प्रान्तमा दुईवटा रेल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएका छन् ।
सोमालियामा १५ जना भारतीय सवार कार्गो जहाज अपहरण
सोमालियाको तटीय क्षेत्रमा बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लीला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको भारतीय नौसेनाले जनाएको छ ।
युक्रेन आक्रमणमा रुसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको अमेरिकाको दाबी
उत्तर कोरियाले युक्रेनमा हालै भएको आक्रमणमा प्रयोग भएका ब्यालेस्टिक क्षेप्यास्त्र र लन्चर रुसलाई उपलब्ध गराएको ह्वाइट हाउसले बिहीबार जनाएको छ ।
इयुले रुसी हीरा उत्पादक अलरोसामाथि प्रतिबन्ध लगायो
युरोपेली सङ्घ (एयु) ले प्रमुख रुसी हीरा खानी कम्पनी अलरोसा र यसका प्रमुख कार्यकारी अधिकृत पावेल मारिनिचेभमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
इटालीमा फ्लूका केस बढ्दै, अस्पताल भिडभाड
इटालीमा फ्लू भाइरसको फैलावट चिन्ताजनक रहेको इटालियन फेडेरेसन अफ हेल्थ एण्ड हस्पिटल कम्पनीज (एफआईएएसओ) ले जनाएको छ ।
मतपत्र योग्यतामा कोलोराडोको निर्णय नमान्न सर्वोच्चलाई ट्रम्पको आग्रह
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतलाई कोलोराडो अदालतको हालैको फैसलालाई नमान्न आग्रह गर्नुभएको छ ।