विपक्षीलाई बाहिर राखेर हुने निर्वाचन अर्थहीन भएको बङ्गलादेशका निर्वासित नेता रहमानको भनाइ
बङ्गलादेशका निर्वासित विपक्षी नेता तारिक रहमानले आफ्नो पार्टीको बहिस्कारको बचाउ गर्दै एएफपीलाई दिएको विशेष अन्तर्वार्तामा बङ्गलादेशमा आइतबार हुने निर्वाचन प्रधानमन्त्री शेख हसिनाको शासनलाई बलियो बनाउन गरिएको ‘ढोङ’ मात्र भएको बताउनुभएको छ ।
अयोध्यामा नव निर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो हुने
अयोध्यामा निर्माणाधीन राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरको लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषले जनाएको छ ।
चक्कु प्रहारबाट घाइते दक्षिण कोरियाली नेता लीको स्वास्थ्यमा क्रमिक सुधार : चिकित्सक
घाँटीमा धारिलो हतियार प्रहार हुँदा घाइते बनेका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे–म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर जटिलताबाट बच्न कडा निगरानीको खाँचो रहेको सियोल नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले बिहीबार बताएका छन् ।
म्यानमारमा नौ हजारभन्दा बढी कैदीलाई माफी
म्यानमाको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा बिहीबार नौ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ ।
बङ्गलादेशका ६४ मध्ये ६२ जिल्लामा सेना परिचालन
बङ्गलादेशको आम निर्वाचन जनवरी ७ मा सुरु हुने भएकाले सुरक्षा सुनिश्चित गर्न र नागरिक प्रशासनलाई सहयोग गर्न देशका अधिकांश भागमा सेना परिचालन गरिएको छ ।
जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्याङ्कअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो ।
ट्रम्पद्वारा माइनका शीर्ष निर्वाचन अधिकारीको निर्णयविरुद्ध मुद्दा दायर
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले माइनका शीर्ष निर्वाचन अधिकारीले राज्यको प्राथमिक मतपत्रमा उपस्थित हुन अयोग्य ठहर गरेको निर्णयविरुद्ध मुद्दा दायर गर्नुभएको छ ।
इरान बम विस्फोटमा मर्नेको सङ्ख्या १०३ पुग्यो
हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुईवटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले जनाएको छ ।
पोल्याण्डद्वारा युक्रेनलाई लामो दूरीका मिसाइल उपलब्ध गराउन आग्रह
पोल्यान्डका विदेशमन्त्रीले बुधबार सहयोगीसमक्ष युक्रेनका लागि लामो दूरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउन आह्वान गर्नुभएको छ ।
बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो
विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक वर्षको पहिलो छ महिनामै करिब ११ अर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन् ।
हुथी विद्रोहीद्वारा कार्गो जहाजमा आक्रमण : अमेरिकी सेना
यमनको इरान समर्थित हुथी विद्रोहीले रेड सी रणनीतिक बाब अल–मन्डेब क्षेत्र नजिकै यात्रा गरिरहेका व्यापारिक जहाजलाई लक्षित गरी मङ्गलबार राति दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बेलायती सामुद्रिक सुरक्षा निकाय (यूकेएमटीओ)लाई उद्धृत गरी अमेरिकी सेनाले जनाएको छ ।
‘दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार गरी हत्याको असफल प्रयास’
दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङको घाँटीमा छुरा प्रहार गरी हत्या गर्ने प्रयास गरिएको पार्टीका एक सांसदले बुधबार बताउनुभएको छ ।
टर्कीको मुद्रास्फीति दर ६५ प्रतिशतको हाराहारीमा
टर्कीको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ६५ प्रतिशत अर्थात् सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । मुद्रास्फीति दर मे महिनासम्ममा ७०–७५ प्रतिशत पुग्ने प्रक्षेपण अर्थशास्त्रीहरूले गरेका छन् ।
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो
जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ ।
सन् २०२३ मा ५८ पत्रकार मारिए : ५२१ जना कारागारमा बन्दी
पत्रकारिता पेसामा संलग्न भएर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन् ।
टोकियो विमानस्थलमा दुर्घटनाबारे अनुसन्धान सुरू, दुर्घटनाका कारण तीन सयभन्दा बढी उडान प्रभावित
जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मङ्गलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहले बताएका छन् ।
जापान एयरलाइन्स दुर्घटना: चालक दलका ५ सदस्यको मृत्यु
मङ्गलवार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको ज्यान गएको छ । विमानमा तीन सय ७९ यात्रुहरू रहेका थिए ।
सन् २०२३ मा विश्व खेलकुद
विश्वका खेलप्रेमीका लागि सन् २०२३ औसत रह्यो । विगतमा झैँ यस वर्ष पनि खेलकुदमा केही कीर्तिमानसँगै विवादास्पद घटना पनि भए । वर्षको सुरुआत प्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासरमा अनुबन्धितसम्बन्धी समाचारले चर्चा कमायो ।
जापानमा अवतरणका क्रममा आगो लागेको विमानमा सवार ३७९ यात्रुको उद्धार
टोकियोको हानेदा विमानस्थलमा आगलागी भएको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
भारत पाकिस्तानसँग आतङ्कवादका विषयमा सम्झौता गर्न इच्छुक छैन : भारतीय विदेश मन्त्री
पाकिस्तानको सीमापार नीतिलाई भारतले अप्रासङ्गिक बनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले आतङ्कवादको अभ्यासलाई वैध मानिएका सर्तहरूमा भारतले सम्झौता नगर्ने बताउनु भएको छ ।
जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो
मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ ।
इजरायल गाजा “नरसंहारको आरोपमा संयुक्त राष्ट्रसङ्घीय अदालतमा उपस्थित हुने
इजरायलले गाजामा नरसंहार गरेको आरोपमा दक्षिण अफ्रिकाले इजरायलका विरुद्ध संयुक्त राष्ट्रसङ्घीय अदालतमा मुद्दा दायर गरेको छ ।
अफगानिस्तानको निर्यात दुई अर्ब अमेरिकी डलर
सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब दुई अर्ब अमेरिकी डलर पुगेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले दिएको जनाकारी अनुसार गत वर्ष सन् २०२३ मा अफगानिस्तानको निर्यातको मात्रा १.९ अर्ब अमेरिकी डलर पुगेको छ ।
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।