उत्तर कोरियाली नेता किमद्वारा युद्धको तयारीलाई तीव्रता दिन आग्रह
उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीलाई आणविक कार्यक्रमलगायत युद्धको तयारीलाई तीव्रता दिन आग्रह गर्नुभएको छ ।
विस्फोटको सूचनापछि नयाँदिल्लीस्थित इजरायली दूतावासमा अर्धसैनिक बल तैनाथ
नयाँदिल्लीस्थित इजरायली दूतावास बाहिरी क्षेत्रमा विस्फोट भएको सूचनापछि अर्धसैनिक बल दूतावास बाहिरको क्षेत्रमा तैनाथ गरिएको छ ।
गाजामा नयाँ वर्षका सबै उत्सव रद्द गर्ने घोषणा
गाजापट्टीमा इजरायलको आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २१ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली ड्रोन आक्रमणबाट ६ प्यालेस्टाइनीको मृत्यु
उत्तरी वेस्ट बैङ्कको तुलकर्म सहरमा रहेको नूर शम्स शरणार्थी शिविरमा इजरायली ड्रोन आक्रमणमा परी ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
लाइबेरियामा इन्धन ट्याङ्कर दुर्घटना, ४० भन्दा बढीको मृत्यु
मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको त्यहाँका प्रमुख चिकित्सा अधिकारीले स्थानीय सञ्चारमाध्यमसँग बताएका छन् ।
इजरायलको गोलान हाइट्समा ड्रोन दुर्घटना
इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ । आक्रमणको हमास लडाकूसमूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।
मङ्गोलियामा पशुधनको सङ्ख्या नौ प्रतिशतले घट्यो
मङ्गोलियामा पशुधनको सङ्ख्या २०२३ को अन्त्यमा ६४.७ मिलियन पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ९.१ प्रतिशतले कम हो ।
टर्कीले कर्मचारीको न्यूनतम ज्याला ४९ प्रतिशत बढायो
टर्कीले २०२४ को पहिलो दिनदेखि मासिक न्यूनतम पारिश्रमिक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ । देशका श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले बुधबार सो घोषणा गर्नुभयो ।
टर्कीको संसदीय समितिद्वारा स्वीडेनको नाटो प्रस्ताव अनुमोदन
टर्कीको संसदीय समितिले स्वीडेनको नाटो प्रस्तावलाई अनुमोदन गरेको छ । टर्कीको संसदको विदेश मामिला समितिले स्वीडेनको नाटो प्रस्तावलाई छलफलपछि अनुमोदन गरेको हो ।
अधिकांश तेलको निर्यात चीन र भारतमा पुनः निर्देशित गरेको रुसको भनाइ
युक्रेन द्वन्द्वमा पश्चिमी प्रतिबन्धबाट प्रभावित भएको करिब दुई वर्षपछि रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले रुसले आफ्नो तेल निर्यातलाई युरोपबाट चीन र भारततर्फ पुनः निर्देशित गरेको बुधबार बताउनुभएको छ ।
चालु आर्थिक वर्षमा पाकिस्तानको भुक्तानी सन्तुलनमा उल्लेख्य सुधार
पाकिस्तानले चालु आर्थिक वर्ष (जुलाई २०२३ देखि जुन २०२४ सम्म) को डिसेम्बर २० सम्म भुक्तानी सन्तुलनमा वार्षिकरूपमा पाँच अर्ब ६० करोड अमेरिकी डलरले सुधार गरेको वाणिज्य मन्त्रालयले बताएको छ ।
इराकमा भएको विस्फोटमा दुई पर्यटकको मृत्यु
पश्चिमी इराकको मरुभूमिमा मङ्गलबार सडक किनारमा भएको बम विस्फोटमा परी मारिएका दुई कुवेती र साउदी पर्यटकको शव फेला परेको इराकी सेनाले बताएको छ ।
निकेल प्लान्टमा भएको विस्फोटपछि इन्डोनेसियाका मजदुरद्वारा प्रदर्शन
सयौँ इन्डोनेसियाली मजदुरले बुधबार चिनियाँ लगानीको निकेल प्रशोधन प्लान्टको अवस्थाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उक्त प्लान्टमा सप्ताहान्तमा भएको विस्फोटमा परी कम्तीमा १८ को मृत्यु र दर्जनौँ घाइते भएका थिए ।
इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव
नयाँदिल्लीस्थित इजराइली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ ।
दक्षिण कोरियाद्वारा उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि प्रतिबन्ध
प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध लगाएको सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ ।
अफगानिस्तानमा चारदिने पोलियो अभियान
अफगानिस्तानमा सोमबारदेखि चारदिने पोलियोविरुद्धको अभियान सुरु भएको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाकिस्तानमा घरमा आगलागी हुँदा नौ जनाको मृत्यु
उत्तरपश्चिम पाकिस्तानमा घरमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक घरमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चीनद्वारा चार वटा मौसम विज्ञान उपग्रह प्रक्षेपण
चीनले चार वटा मौसम विज्ञान उपग्रह प्रक्षेपण गरेको छ । सोमबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट चार वटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको हो ।
गाजाको शरणार्थी शिविरमा हवाई आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो
गाजाको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ । मध्य गाजा पट्टीमा रहेको अल–मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।
युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त
युक्रेनको वायुसेनाले मङ्गलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशङ्कामा मस्कोको कीभविरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ ।
गाजास्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु
गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ ।
क्रिसमसको अवसरमा एक हजार कैदी रिहा
श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ ।
‘ब्याट’ फिर्ता लिन पीटीआई उच्च अदालत जाने
पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले पार्टीको चुनाव चिन्ह क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ ।
जापानको मुख्य उपभोक्ता मूल्य २.५ प्रतिशतले बढ्यो
जापानको कोर उपभोक्ता मूल्य नोभेम्बरमा एक वर्षअघिको तुलनामा २.५ प्रतिशतले बढेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाअनुसार राष्ट्रव्यापी उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा वृद्धिको गति उनीहरूको अस्थिरताका कारण ताजा खाद्यान्न मूल्यहरू बाहेक, लगातार २० औं महिनामा बैंक अफ जापानको २ प्रतिशत मुद्रास्फीति लक्ष्यभन्दा माथि रह्यो ।