बङ्गलादेशको निर्वाचन सन्देश
सन् २०२४ भारत र अमेरिका लगायतका धेरै देशमा निर्वाचनको वर्ष हुँदै छ तर वर्षारम्भको पहिलो सातामै संसदीय चुनाव हुन लागेको सार्क क्षेत्रको देश हो– छिमेकको बङ्गलादेश । पौष २२ (७ जनवरी) लाई तय गरिएको निर्वाचनमा ११ करोड ९१ लाख मतदाताले भोट खसाल्न पाउने छन् । ३०० स्थानको एक सदनात्मक ‘जातीय संगसद्’ (व्यवस्थापिका) छ । मुलुकको जनसङ्ख्या १७ करोडको हाराहारीमा रहेको सरकारी आँकडा देखिन्छ । सन् १९७१ मा स्वतन्त्र बङ्गलादेश अस्तित्वमा आउँदा
होर्गोस बन्दरगाहबाट तीन लाखभन्दा बढी सवारी साधन निर्यात
चीनको सिनजियाङको होर्गोस बन्दरगाहले २०२३ मा तीन लाखभन्दा बढी सवारी साधन निर्यात गरेको छ ।
वर्षान्त २०२३ : रुस–युक्रेन तनाव, युद्धविराम हुने अझै सम्भावना देखिएन
रुसले यही डिसेम्बर २९ तारिखका दिन युक्रेनको राजधानी किभसमेत ओडिस्सा, डेनिप्रो, खार्खिभ, लभिभ समेत धेरैवटा शहरलाई लक्षित गरी एक सय ५८ वटा हाइपरसोनिक क्षेप्यास्त्र, ड्रोनले आक्रमण गर्यो ।
टर्की प्रहरीद्वारा १८९ आईएस सन्दिग्ध पक्राउ
टर्कीका सुरक्षा बलहरूले देशका ३७ प्रान्तहरूमा हिरोज–३८ कोड नामको अपरेशनमा इस्लामिक स्टेटका १८९ संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ ।
जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
जापानको मध्यभागमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (युएसजीएस) ले जनाएको छ ।
वर्षान्त २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष
वर्ष २०२३ विश्व अर्थतन्त्रका लागि फलिफाप रहेन । युद्ध, भूराजनीतिक तनाव, व्यापारिक सम्बन्धको उतार–चढावजस्ता कारणले विभिन्न देशका अर्थतन्त्र प्रत्यक्ष प्रभावित भए ।
सन् २०२४ सँगै ‘नयाँ सुरुवात’ को आशामा इजरायली युवा
सन् २०२४ को नयाँ वर्षको आगमनमा घण्टी बजेको केही सेकेन्डपछि इजरायली युवा नयाँ वर्ष मनाउँन तेल अभिभ शहरका सडकमा बेफिक्री हिँडिरहेका देखिन्थे ।
सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष
प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।
सन् २०२३ : विश्व परिदृश्यमा कठिन वर्ष
अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ ।
भारतमा आगलागी हुँदा छ जनाको मृत्यु, नौ घाइते
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा शनिबार र आइतबारको मध्यरातमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
वर्षान्त २०२३ : जलवायु न्यायले पाउँदैछ अन्तर्राष्ट्रिय प्राथमिकता
सन् २०१७ मा १०० जनाभन्दा धेरैको ज्यान लिने गरी पोर्चुगलमा फैलिएको उष्णलहर र डढेलोबाट प्रभावित बनेकी २४ वर्षीया क्लाउडिया डुआर्टे अगोस्टिन्होसहित उनका २० वर्षीय भाइ मार्टिम र ११ वर्षीया बहिनी मारियानासहित छ जनाले ३२ वटा देशका सरकारविरुद्ध मुद्दा हालेका थिए ।
युक्रेनको आक्रमणमा २१ जनाको मृत्यु
युक्रेनले रुसको सीमावर्ती सहर बेल्गोरोडमा गरेको गोलाबारीमा तीन बालबालिकासहित २१ जनाको मृत्यु हुनुका साथै ३० वटा अपार्टमेन्टभवनमा क्षति पुगेको छ ।
दिल्ली प्रहरीद्वारा इजरायली दूतावासमा भएको विस्फोटको रिपोर्ट दर्ता
दिल्ली प्रहरीले डिसेम्बर २६ मा इजरायली दूतावास नजिक भएको सन्दिग्ध विस्फोटको विषयमा रिपोर्ट दर्ता गरेको दिल्ली प्रहरीले जनाएको छ ।
चीनका भूकम्प प्रभावित क्षेत्रमा पुनः पठनपाठन सुरु
भूकम्पबाट प्रभावित उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिसानस्थित बोनान–डोङ्सिआङ–सलार काउन्टीमा पुनः पठनपाठन सुरु गरिएको छ ।
गाजामा मृत्यु हुनेको सङ्ख्या २१ हजार ३२० पुग्यो
गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २१ हजार ३२० पुगेको छ । गाजामा विगत २४ घण्टामा कम्तीमा २१० जनाको ज्यान गएको बताइएको छ ।
सुडानको स्वास्थ्य सङ्कटबारे डब्लूएचओको चेतावनी
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा गहिरिँदो स्वास्थ्य र मानवीय सङ्कटसँग जुध्नका लागि तत्काल कदम चाल्न आह्वान गर्दै अन्तर्राष्ट्रिय समुदायलाई आर्थिक सहयोग बढाउन आग्रह गरेको छ ।
सन् २०२३ मा बङ्गलादेशमा पेसागत दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या उच्च
बङ्गलादेशमा सन् २०२३ मा विभिन्न पेसागत दुर्घटनाहरूका कारण कूल १० हजार २ कामदारको मृत्यु भएको स्थानीय विकास मामिला हेर्ने एक संस्थाले जनाएको छ ।
हमासको मुख्यालयको सुरुङ ध्वस्त पारेको इजरायली दाबी
उत्तरी गाजा पट्टीमा हमासको राजनीतिक र सैन्य मुख्यालय रहेका सुरुङहरू फेला परेको र तिनीहरूलाई नष्ट गरिएको इजरायली रक्षा बलले शनिबार जनाएको छ ।
मेनमा ट्रम्पलाई राष्ट्रपतिको प्रथम चरणको मतदानका लागि अयोग्य घोषित
सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा संलग्न भएको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतीय प्राथमिक (प्रथम चरण) को निर्वाचनमा अमेरिकी राज्य मेनको मतपत्रमा राख्नका लागि अयोग्य घोषित गर्ने निर्णय गरेको छ ।
युक्रेनका विभिन्न शहरमा व्यापक हवाई आक्रमण
रूसले युक्रेनको राजधानी किएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् ।
सवारी दुर्घटना हुँदा टर्कीमा ११ जनाको मृत्यु, ५७ घाइते
टर्कीमा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहीबार टर्कीको राजमार्गमा भएको चेन ट्राफिक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन् ।
पाकिस्तानद्वारा फतह–२ मिसाइलको सफल परीक्षण
पाकिस्तानले चार सय किलोमिटर टाढासम्म निशाना साँध्न सक्ने फतह–२ मिसाइलको सफल उडान परीक्षण गरेको इन्टर सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले जनाएको हो ।
इटालीले २०२३ मा बेहोर्यो ३७८ प्रकृतिका मौसमी घटना
इटालीले २०२३ मा ३७८ वटा गम्भीर प्रकृतिका मौसमी घटनाहरू बेहोरेको अध्ययनले देखाएको छ । वातावरणीय लबी समूह लेगाम्बाएन्टद्वारा सञ्चालित जलवायु पर्यवेक्षककाअनुसार इटालीले २०२३ मा ३७८ गम्भीर प्रकृतिका मौसम घटनाहरू व्यहोर्नुपरेको हो ।
बङ्गलादेशका पूर्व वायुसेना प्रमुख कारागार चलान
ढाका, १२ पुस (रासस/एएफपी)। बङ्गलादेशको अदालतले आगामी महिना हुने निर्वाचनअघि प्रधानमन्त्री शेख हसिनाका राजनीतिक विपक्षीहरूलाई दोषी ठहर गर्ने पछिल्लो कदममा बिहीबार पूर्व वायुसेना प्रमुख र एक पूर्वमन्त्रीलाई कारागारको सजाय सुनाएको छ।सन् १९९५ सम्म वायुसेनाको नेतृत्व गर्ने अल्ताफ हुसेन प्रधानमन्त्री हसिनाको सत्तारूढ अवामी लिगको प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) मा सामेल हुनुभएको छ। सन् २०११ मा हिंसात्मक विरोध प्रदर्शनलाई उक्साएको आरोपमा ढाकाको अदालतले कारागार पठाएका आठ जनामा हुसेन र बिएनपीका पूर्वजलमन्त्री हफिजुद्दिन अहमद हुनुहुन्थ्यो। उक्त प्रदर्शनमा बिएनपीका समर्थकहरूले कारहरूमा आगजनी गरेका थिए। मुख्य अभियोजक अब्दुल्ला अबुले भन्नुभयो, “उहाँहरूलाई २१–२१ महिनाको कारागारको सजाय सुनाइएको छ।” विपक्षीले अदालतमाथि आगामी जनवरी ७ को निर्वाचनअघि प्रधानमन्त्री हसिनाका विरोधीहरूलाई कारागारमा हाल्न सरकारी निर्देशनहरूको पालना गरेको आरोप लगाएको छ र मुद्दालाई ‘आधारहीन, झुटो र मनगढन्ते’ भन्दै अस्वीकार गरेको छ। निर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने भन्दै बिएनपी र मुलुकको सबैभन्दा ठूलो इस्लामी पार्टी जमात–ए–इस्लामीले दर्जनौँ साना दलहरूसँग मिलेर निर्वाचनलाई बहिष्कार गर्दैछन्। दुवै दलले प्रधानमन्त्री हसिनाको राजीनामा र निर्वाचनको निरीक्षण गर्न तटस्थ कार्यवाहक सरकार गठनको माग गर्दै यस वर्ष ठूलो विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। बिएनपीका अनुसार सेप्टेम्बरदेखि बङ्गलादेशमा उसका सम्पूर्ण वरिष्ठ नेतृत्वसहित विपक्षी दलहरूका २५ हजारभन्दा बढी सदस्यलाई गिरफ्तार गरिएको छ। यद्यपि हसिना सरकारले उक्त आँकडालाई अस्वीकार गर्दै ११ हजारलाई मात्र हिरासतमा लिइएको बताएको छ। “अहिलेसम्म तल्लो अदालतहरूले पछिल्ला तीन महिनामा कम्तीमा एक हजार पाँच सय ६१ बिएनपी कार्यकर्ता र नेतालाई दोषी ठहर गर्दै सजाय सुनाएका छन्”, बिएनपीका कानूनी मामिलाप्रमुख केसर कमालले भन्नुभयो, “यीमध्ये केही अदालतले सरकारको आदेशमा विपक्षी नेता तथा कार्यकर्तालाई लक्षित गरी राजनीतिकरूपमा प्रेरित फैसला सुनाएका छन्।”मुख्य अभियोजक अबुले कमालको आरोपलाई अस्वीकार गर्दै मुद्दा चलाइएका र सजाय सुनाइएका व्यक्तिहरूविरुद्ध स्पष्ट प्रमाण रहेको बताउनुभयो। “उनीहरूले अपराध गरेका थिए, त्यसैले उनीहरूलाई सजाय सुनाइएको हो”, उहाँले भन्नुभयो। सन् २००९ मा प्रधानमन्त्री पदमा फर्किएपछि तीव्ररूपमा विकास भएको तयारी पोशाक निर्यात उद्योगको बलमा हसिनाले अभूतपूर्व आर्थिक वृद्धिको नेतृत्व गर्नुभएको छ। यद्यपि विरोधीहरूले हसिनाले कठोर शासन गरेको र उहाँको सुरक्षा बलले व्यापकमात्रामा मानवअधिकारको उल्लङ्घन गरेको आरोप लगाएका छन्।