अमेरिकी डलरको तुलनामा टर्कीको मुद्रा इतिहासकै कमजोर
टर्कीको मुद्रा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलर प्रतिडलर ३० लिराभन्दा बढीमा व्यापार भएको छ ।
अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प
उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ ।
जेलेन्स्कीद्वारा रुससँगको युद्धविराम अस्वीकार
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार रुससँग आफ्नो मुलुकको युद्धलाई विराम गर्न अस्वीकार गर्नुभएको छ । क्रेमलिनको सेनाले किएभका सैनिकहरूलाई पराजित गर्नुअघि युद्धविरामको प्रयोग पछि हट्ने र पुनः सङ्गठित हुनका लागि गर्ने उहाँले बताउनुभयो ।
जापान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, ५२ जना बेपत्ता
सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
इजरायलको गाजा कब्जा गर्ने लक्ष्य छैन : प्रधानमन्त्री नेतन्याहू
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताउनुभएको छ ।
बङ्गलादेशको नयाँ प्रधानमन्त्रीमा शेख हसिना नियुक्त
बङ्गलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
ग्रीस सरकारद्वारा कोभिड–१९ विरूद्ध खोप लगाउन निर्देशन
ग्रीस सरकारले कोरोना सङ्क्रमण बढेसँगै कोभिड–१९ र इन्फ्लुएन्जाविरुद्ध खोप दरमा थप वृद्धि गर्न आग्रह गरेको छ ।
कृषि उत्पादन निर्यातबाट कम्बोडियाले कमायो ४.३ बिलियन अमेरिकी डलर
कम्बोडियाले २०२३ मा कृषि उत्पादनको निर्यातबाट ४.३ बिलियन अमेरिकी डलरको कुल राजस्व कमाएको कृषि, वन तथा मत्स्यपालन मन्त्रालय (एमएएफएफ) ले जनाएको छ ।
राजनीतिक अधिकारका लागि आवाज उठाएको आरोपमा आठ सय महिला जेलमा
अफगानिस्तानमा तालिबानद्वारा महिलाहरूमाथि विभिन्न प्रकारका हिंसा तथा अत्याचार, आधारभूत अधिकारको दमनसहित कम्तीमा ८०० महिलाहरूलाई अफगानी कारागारमा राखेको टोलो न्युजले जनाएको छ ।
जापान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २०३ पुग्यो, ६८ बेपत्ता
जापानमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेको सङ्ख्या २०३ पुगेको र अझै ६८ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
२०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण
विश्व बैङ्कले बुधबार सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनासम्बन्धी प्रतिवेदनअनुसार सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत र २०२५ मा २.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
इक्वेडरको जेलबाट ३९ कैदी फरार
इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा सहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन् ।
बङ्गलादेशका नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उहाँको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद् पदको सपथ लिएका छन् ।
टर्की एयरलाइन्सका सबै बोइङ ग्राउन्ड
टर्कीको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाइन्स (टिएचवाई) ले अमेरिकामा भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स ९ विमानलाई ग्राउन्ड गरेको छ । टिएचवाईले आफ्ना सबै पाँच म्याक्स ९ विमानहरूलाई ग्राउन्ड गर्ने निर्णय गरेको हो ।
दक्षिण कोरियामा कुकुरको मासु व्यापारमा प्रतिबन्ध लगाउने विधेयक पारित
दक्षिण कोरियाको संसद्ले मङ्गलबार कुकुरको प्रजनन, बध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । कुकुरको प्रजनन, बध तथा मासु बिक्री गर्ने परम्परागत अभ्यासलाई कार्यकर्ताहरूले मुलुकका लागि शर्मनाक भनेका छन् ।
फ्रान्समा ३४ वर्षका एटल प्रधानमन्त्रीमा नियुक्त
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मङ्गलबार ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बन्नुभएको छ ।
चीनमा सञ्चालित उच्च गति रेलवे ४५ हजार किलोमिटर पुग्यो
चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले मङ्गलबार जनाएको छ ।
बङ्गलादेशको चुनाव स्वतन्त्र र निष्पक्ष छैन : अमेरिका
संयुक्त राज्य अमेरिकाले आइतबार सम्पन्न बङ्गलादेशको आम चुनाव स्वतन्त्र र निष्पक्ष नभएको धारणा व्यक्त गरेको छ । अमेरिकाले चुनावमा सबै दलले भाग नलिएको विषयमा दुःख समेत व्यक्त गरेको छ ।
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय नाग्यो
जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म दुई सय नाघेको तथा १०० बढी अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।
रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो
रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७–८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ ।
भाडाको घरमा आगलागी हुँदा भियतनाममा ३ जनाको मृत्यु
भियतनामको सेन्ट्रल हाइल्यान्ड प्रान्त जिया लाइमा मङ्गलबार बिहान एउटा भाडाको घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले जनाएको छ ।
विपक्षीबिनाको बङ्गलादेश निर्वाचन : वैध कि अवैध ?
सत्तामा आफ्नो पाँचौँ कार्यकाल प्राप्त गरेको खुशीयाली मनाउँदै गर्दा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार मुलुकको आम निर्वाचनमा विपक्षीको आलोचनालाई ‘अवैध’ भन्दै अस्वीकार गर्नुभएको छ ।
पाकिस्तानमा विस्फोट : पाँचको मृत्यु, १४ घाइते
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमवार प्रहरीको गाडी नजिकै भएको बम विस्फोटमा पाँच प्रहरीको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको उद्धार र प्रहरी अधिकारीहरूले बताएका छन् ।
जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १६१ पुग्यो, राहत वितरणमा समस्या
जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ ।