भारतीय सेना दिवस : राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीद्वारा शुभकामना व्यक्त
भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी १५ मा सेना दिवसको अवसरमा भारतीय सेनालाई शुभकामना व्यक्त गर्नु भएको छ ।
गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु
हमासद्वारा नियन्त्रित गाजा क्षेत्रमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा ६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको सोमबार जनाएको छ ।
भारतीय काङ्ग्रेसको ‘राष्ट्रव्यापी पदयात्रा’ को दोस्रो दिन इम्फाल वेस्टबाट सुरु
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले सन् २०२४ को आम निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको ‘राष्ट्रव्यापी पदयात्रा’ सोमबार इम्फाल वेस्टबाट सुरु गरिएको छ ।
कोमोरोसमा राष्ट्रपतिको निर्वाचन सुरु
कोमोरोसमा राष्ट्रपतिको निर्वाचन सुरु भएको छ । आगामी पाँच वर्षका लागि वर्तमान राष्ट्रपति अजाली असुमानी लगायत ६ जना उम्मेदवारहरू मध्येबाट राष्ट्रिय नेता चयन गर्न आइतबार राष्ट्रपति चुनावको पहिलो चरणको सुरुवात भएको हो ।
पश्चिमी अफगानिस्तानमा आत्मघाती आक्रमण
अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा भएको आत्मघाती आक्रमणमा आक्रमणकारी मारिएको बताइएको छ ।
ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु
आइतबार बिहान आएको आँधीले शहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड रोक्सो र साओ जोस डे मेरिटीलाई प्रभावित गरेको स्थानीय अधिकारीले जनाएका छन् ।
इजराइल–हमास युद्ध : सर्वाधिक रक्तपातपूर्ण र विनाशकारी युद्ध
एक सय दिन पुरानो पछिल्लो इजराइल–हमास युद्ध कट्टर दुश्मनबीचको अहिलेसम्मको सबैभन्दा लामो, सबैभन्दा रक्तपातपूर्ण र सबैभन्दा विनाशकारी युद्ध हो ।
बलुचिस्तानमा बम विस्फोट, पाँच सैनिकसहित आठ जनाको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकूसँग भएको झडपमा परी कम्तीमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले आइतबार जनाएको छ ।
इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा, १३६ जना अझै बन्धक
कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक कर्मचारीलाई ‘रिहा गरिएको कारागार प्रशासनले जनाएको छ । प्रशासनले यसबारे थप विस्तृत विवरण भने उपलब्ध गराएको छैन । बन्धक बनाइएका १३३ गार्ड र तीन कर्मचारी अझै रिहा हुन सकेका छैनन् ।
इजरायली आक्रमणमा गाजामा कम्तीमा २० को मृत्यु
इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ।
चीनको कोइला खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु
चीनको हेनान प्रान्तस्थित कोइला खानीमा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको चिनियाँ सञ्चार माध्यमले शनिबार जनाएका छन् ।
कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मिसनको हेलिकोप्टर सोमालियामा आपत्कालीन अवतरण
संयुक्त राष्ट्रसङ्घको हेलिकोप्टरलाई सोमालियामा आपत्कालीन अवतरण गराइएपछि अल–शबाब लडाकु समूहले नियन्त्रणमा लिएका बन्धकमध्ये चार जना युक्रेनी रहेको कीएभले शुक्रबार पुष्टि गरेको छ ।
युद्ध, रोग र भोकमरीको तेहेरो मारको सामना गर्दै गाजाबासी
गाजा पट्टीका परिवारहरूले द्वन्द्व, सुरक्षित पानीको अभावबाट हुने रोग र खाद्यान्न अभावका कारण भोकमरीको ‘तेहेरो खतरा’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घका अधिकारीले शनिबार बताएका छन् ।
कोलम्बियामा पहिरोमा परी १८ जनाको मृत्यु
कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
कार्गो जहाजमाथि थप आक्रमणको धम्कीपछि यमनमा अमेरिकी आक्रमण
इरान समर्थित लडाकूसमूहले ‘रेड सी’ मा पानी जहाजमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शनिबार पुनः आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।
पोल्याण्डका राष्ट्रपतिले पूर्वमन्त्रीलाई माफी दिने
पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले जेलमा रहेका पूर्वमन्त्री मारिउज कामिन्स्की र उनका डेपुटी मासिएज वासिकलाई पुनः माफी दिनुहुने भएको छ ।
हमासका कमाण्डरसहित २० जना लडाकू मारिएको इजरायली दाबी
। गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकू मारिएका इजरायली रक्षा बलले शुक्रबार जनाएको छ । दक्षिणी गाजाशहर खान युनिसमा इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकूको मृत्यु भएको छ ।
उत्तरी गाजामा त्रासदीपूर्ण मानवीय अवस्था : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बिहीबार उत्तरी गाजामा अस्वभाविक रुपमा बिग्रँदै गएको मानवीय सङ्कटलाई प्रकाश पार्दै राहत कार्यमा अवरोधहरू खडा भएको बताउनुभएको छ ।
पाकिस्तान बौद्धिक अर्थतन्त्र बन्दैछ : प्रधानमन्त्री
आफ्नो दक्ष मानव संसाधनको डिजिटल पूर्वाधार, उद्यमशीलताको भावना र डिजिटल रूपान्तरणको दृष्टिकोण साथ पाकिस्तान ज्ञानमा आधारित अर्थतन्त्र बन्न तयार रहेको पाकिस्तानका कार्यबाहक प्रधानमन्त्री अनवर– उलहक काकरले बिहीबार बताउनुभएको छ ।
अष्ट्रेलियाद्वारा यमनमा हवाई आक्रमणलाई समर्थन गरेको पुष्टि
अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ ।
चीन र रूसबीचको व्यापारमा वृद्धि
चीन र रूसबीचको व्यापार सन् २०२३ मा उच्च बिन्दुमा पुगेको बेइजिङको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ ।
रुसले अफ्रिकालाई अनाज र मल आपूर्ति जारी राख्ने : उपप्रधानमन्त्री
रुसले अफ्रिकालाई अन्न र मलको आपूर्ति जारी राख्ने बताएको छ । उपप्रधानमन्त्री भिक्टोरिया अब्रामचेन्कोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले शुक्रबार यसबारे जनाकारी गराएका छन् ।
टर्की प्रहरीद्वारा इस्लामिक स्टेटका ७० संदिग्ध पक्राउ
टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले छापा मार्ने क्रममा इस्लामिक स्टेट (आईएस) समूहका ७० संदिग्ध सदस्यलाई टर्की प्रहरीले पक्राउ गरेको बताउनुभएको छ ।