• १२ साउन २०८१, शनिबार

कोमोरोसमा राष्ट्रपतिको निर्वाचन सुरु

blog

काठमाडौं, माघ १ गते । कोमोरोसमा राष्ट्रपतिको निर्वाचन सुरु भएको छ । आगामी पाँच वर्षका लागि वर्तमान राष्ट्रपति अजाली असुमानी लगायत ६ जना उम्मेदवारहरू मध्येबाट राष्ट्रिय नेता चयन गर्न आइतबार राष्ट्रपति चुनावको पहिलो चरणको सुरुवात भएको हो ।

स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अनुसार करिब नौ लाख कुल जनसङ्ख्यामध्ये तीन लाख ३८ हजार ९४० दर्ता भएका मतदाताले बिहान ७ देखि साँझ ६ बजेसम्म देशभरका ८६८ मतदान केन्द्रमा मतदान गर्नेछन् ।

देशको निर्वाचन आयोगले अँज अस्थायी नतिजा घोषणा गर्ने बताइएको छ । यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेदवारहरू फेब्रुअरी २५ मा निर्वाचन लड्नेछन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल