यु १९ विश्वकपमा नेपाल र पाकिस्तान भिड्दै
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधबार नेपालले पाकिस्तानको सामना गर्दै छ ।
नर्वेका राजाको पदमाेह : राजगद्दी त्याग्न अस्वीकार
शारीरिकरूपमा कमजोर नर्वेका राजा हेराल्डले पद छाड्ने कुनै योजना नभएको दोहोराउनु भएको छ ।
भिजिट भिसामा यात्राका लागि नयाँ कार्यविधि जारी
गृह मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि नयाँ कार्यविधि जारी गरेको छ।
गाजा हमलामा २१ इजरायली सैनिकको मृत्यु : सेना
इजरायली सेनाले मङ्गलबारमध्ये गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको घोषणा गर्दै उक्त घटना एक सय नौ दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको जनाएको छ ।
द्वन्द्वका कारण गाजामा २५ हजार सर्वसाधारणको मृत्यु
गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसङ्घले गत अक्टोबर ७ मा युद्ध सुरु भएदेखि एन्क्लेभमा २५ हजारभन्दा बढीको मृत्यु भएको बताएको छ ।
दिल्लीमा बाक्लो कुहिरोका कारण उडान र रेल सेवा प्रभावित
बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने–जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ ।
श्रीलङ्काको केन्द्रीय बैङ्कले चालु ब्याजदर परिवर्तन नगर्ने
श्रीलङ्काको केन्द्रीय बैङ्कले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः ९ प्रतिशत र १० प्रतिशत कायम गर्ने निर्णय गरेको छ ।
अमेरिका र बेलायतद्वारा यमनमा हुथी शिविरमा हवाई आक्रमण
युएस–ब्रिटिश गठबन्धनले मध्यरातमा यमनको राजधानी र अन्य प्रान्तहरूमा हुथी शिविरहरूमा आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले मङ्गलबार बताएको छ ।
आगलागीबाट दक्षिण कोरियामा २२७ पसल जले
दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा समुद्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन् । आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ ।
कम्बोडियामा १ टनभन्दा बढी अवैध लागू औषध बरामद
उत्तरपश्चिमी कम्बोडियाको प्रेह विहेर प्रान्तको सैन्य प्रहरीले छिमेकी देशबाट तस्करी गरिएको १.०२ टन अवैध लागू औषध बरामद गरेको छ ।
चीनमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, ४७ बेपत्ता
चीनको दक्षिण पश्चिमी युनान प्रान्तको एक पहाडी गाउँमा सोमबार पहिरो जाँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको स्थानीय अधिकारीहरूले मङ्गलबार बिहान जानकारी दिएका छन् ।
प्यालेस्टिनी र इजराइलीबीच भीषण सङ्घर्ष, ४० को मृत्यु
दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजराइली बमबारीमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ ।
सोनी र जी टिभीबीचको समायोजन सम्झौता तोडियो
सोनी टेलिभिजनले जी इन्टरटेन्मेन्टसँग १० अर्ब अमेरिकी डलरमा समायोजनका लागि सन् २०२१ मा गरेको सम्झौताबाट बाहिरिएको सोमबार जानकारी गराएको छ ।
पाकिस्तानमा दुई करोड ६० लाख बालबालिका विद्यालयबाहिर
पाकिस्तान हाल विद्यालयबाहिरका बालबालिकाको सङ्कटसँग जुझिरहेको छ । विद्यालयबाहिरका बालबालिकाहरूको सङ्ख्यामा दुई करोड २० लाखबाट दुई करोड २६ लाख पुगेको द न्यूज इन्टरनेसनलले पाकिस्तान इन्स्टिच्युट अफ एजुकेशनको नयाँ प्रतिवेदनलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
ब्याज दर घटाउन हतार नगरिने : इसीबी
युरोपेली केन्द्रीय बैङ्कका नीति निर्माताहरूले बिहीबार मुद्रास्फीतिविरुद्ध प्रगति भए तापनि ऋण लागत घटाउन सुरु गर्न उनीहरूलाई कुनै हतारो छैन भन्ने सङ्केत गरेका छन् । बैङ्कले ब्याज दर स्थिर राख्ने पहललाई जारी राख्ने अपेक्षा गरिएको छ ।
चीनद्वारा हिमपात प्रक्षेपण गर्दै पहेँलो चेतावनी जारी
चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपातको हुन सक्ने भन्दै पहेँलो रङको चेतावनी सङ्केत जारी गरेको छ ।
चन्द्रमामा ल्यान्डरको ब्याट्री रिचार्ज गर्न सकिने सम्भावना बढेको जाक्साको भनाइ
जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले सोमबार जनाएको छ ।
श्रीलङ्काको दक्षिणी क्षेत्रमा गोली चल्दा पाँच जनाको मृत्यु
श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण, बन्धक परिवारद्वारा सम्झौताका लागि दबाब
इजरायली सेनाले गाजामा युद्धको नयाँ केन्द्रबिन्दु खान युनिसमाथि सोमबार बमबारी गरेको छ । हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई उनीहरूको रिहाईका लागि सम्झौतामा पुग्न आग्रह गरेका छन् ।
दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जना पुरिए
चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।
अपहृत नाइजेरियाली पाँच दिदी बहिनीको उद्धार
अपहृत पाँच नाइजेरियाली दिदीबिहिनीको उद्धार गरिएको प्रहरीले आइतबार बताएको छ । यद्यपि एक बहिनीको मृत्युपछि सार्वजनिक आक्रोश बढेको छ ।
इराकस्थित अमेरिकी नेतृत्वको गठबन्धन शिविरमा आक्रमण
इरान समर्थित लडाकु समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वमा रहेको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।
कम्पाला घोषणापत्रले अन्तर्राष्ट्रिय शान्ति र स्थिरतामा जोड दिएको छ: प्रधानमन्त्री प्रचण्ड (प्रेस नोटसहित)
प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनले अन्तिम दस्ताबेज (फाइनल डकुमेण्ट) कम्पाला घोषणा पत्र पारित गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ आज स्वदेश फर्कनुहुँदै
युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै हुनुहुन्छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई उहाँ आज काठमाडौँ फर्कनु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।