इरानसँग युद्ध चाहेका छैनौँः अमेरिका
अमेरिकाले राष्ट्रपति जो बाइडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ ।
इजरायली सेनाद्वारा जेनिनमा तीन प्यालेस्टाइनीको हत्या
इजरायली सेनाले वेस्ट बैंकको जेनिन शहरको एक अस्पतालमा छापा मार्ने क्रममा तीन प्यालेस्टिनी युवाको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् ।
अफगानिस्तानमा ७५ लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने
अफगानिस्तानका ३४ प्रान्तमध्ये २१ वटा प्रान्तमा पाँच वर्ष मुनिका ७५ लाखभन्दा बढी बालबालिकाले पोलियोविरुद्धको खोप लगाउने भएका छन् ।
कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित
मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए ।
फ्रान्सको अर्थतन्त्र ०.९ प्रतिशत वृद्धि
फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ । तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।
इरानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता
पाकिस्तानी प्रधानमन्त्री अनवर–उल–हक काकरले इरानसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्न आफ्नो देशको दृढ प्रतिबद्धता दोहोर्याउनु भएको छ ।
भारतको विदेशी मुद्रा सञ्चिति घट्यो
भारतको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार जनवरी १९ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.७९४ बिलियन अमेरिकी डलरले घटेर ६१६.१४३ बिलियन डलरमा पुगेको छ ।
म्यान्माका ब्रिगेडियर जनरलको गोली हानी हत्या
हेलिकप्टर अवतरणको तयारीमा रहेको बेला एक ब्रिगेडियर जनरलसहित म्यान्मा सुरक्षा सेवाका चार सदस्यको सोमबार स्नाइपर हमलामा गोली हानी हत्या गरिएको सैन्य स्रोतले एएफपीलाई बताएको छ ।
पूर्वी चीनको जियाङ्सी प्रान्तीय पूर्व वरिष्ठ विधायक घुसकाण्डमा दोषी ठहर
सर्वोच्च पिपुल्स प्रोक्युरेटरका अनुसार पूर्वी चीनको जियाङ्सी प्रान्तका पूर्व वरिष्ठ विधायक यिन मेगेनविद्ध घुस लिएको आरोपमा मुद्दा चलाइएको छ ।
अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न इजरायललाई साउदी विदेशमन्त्रीको आह्वान
साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले आइतबार इजरायललाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गर्नुभएको छ ।
पाकिस्तानमा नातावाद मौलाउँदा सीमित महिलालाई लाभ, लक्षित समूह सुविधाबाट वञ्चित
पाकिस्तानको चुनावमा अदृश्य महिलाको सहभागिता एक सान्दर्भिक मुद्दा भएको छ । आरक्षण सिट मापदण्ड केवल औपचारिकतामा मात्र सिमित भई परिवारवादको आधारमा छुट्याइएको सोमबार द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ ।
रायनएयरको त्रैमासिक नाफामा ९३ प्रतिशतले कमी
आयरल्याण्डको सस्तो एयरलाइन्स कम्पनी (रायनएयर) ले इन्धनको उच्च लागतका कारण खुद नाफामा ९३ प्रतिशतले गिरावट आएको सोमबार जनाएको छ ।
ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु, कैयौँ घाइते
अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकाले जानकारी गराएको छ ।
चीन र थाइल्याण्ड भिसामुक्त युगमा प्रवेश
चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताउनु भएको छ । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा दातृ राष्ट्रलाई गाजामा सहयोगको निरन्तरता दिन आग्रह
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले गत अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणमा कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि दातृ राष्ट्रहरूलाई प्यालेस्टिनी शरणार्थी निकाय (यूएनआरडब्लुए) को ‘निरन्तरताको ग्यारेन्टी’ दिन आग्रह गर्नुभएको छ ।
घाना भ्रमण गर्ने अफ्रिकीलाई भिसा आवश्यक नपर्ने
घानाले यस वर्षको अन्त्यसम्ममा देश भ्रमण गर्ने सबै अफ्रिकीहरूलाई भिसा–मुक्त प्रवेश प्रदान गर्ने नीति लागू गर्ने बताएको छ ।
चार्ल्स मिशेलले इयु चुनावमा भाग नलिने
युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेल युरोपेली संसदको चुनावी दौडबाट बाहिरिनुभएको छ । नोभेम्बरसम्म चल्ने आफ्नो वर्तमान जनादेशको बाँकी भागमा ध्यान केन्द्रित गर्ने बताउनुहुँदै उहाँले चुनावी दौडबाट बाहिरिनुभएको हो ।
भेनेजुएलाविरुद्ध प्रतिबन्ध लगाउने अमेरिकी तयारी
भेनेजुएलाको सर्वोच्च अदालतले यस वर्षको निर्वाचनका लागि उम्मेदवार विपक्षी राष्ट्रपतिलाई अयोग्य ठहराएपछि अमेरिकाले शनिबार चेतावनी दिएको छ।
यौन दुर्व्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ ।
अन्तर्राष्ट्रिय अदालतद्वारा इजरायललाई गाजामा नरसंहार रोक्न आदेश
हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतले शुक्रबार इजरायललाई गाजा पट्टीमा प्यालेस्टाइनीहरू विरुद्ध हुने नरसंहारलाई रोक्न आदेश दिएको छ ।
टर्की र बेलायती विदेशमन्त्रीबिच गाजा द्वन्द्व, द्विपक्षीय सम्बन्धबारे छलफल
टर्कीका विदेशमन्त्री हाकान फिदान र उहाँका बेलायती समकक्षी डेभिड क्यामरुनले इस्तानबुलमा गाजा द्वन्द्व र द्विपक्षीय मुद्दाहरूबारे छलफल गर्नुभएको छ ।
इरानको अस्पतालमा भीषण आगलागी
इरानको राजधानी तेहरानमा रहेको गान्धी अस्पतालमा भीषण आगलागी भएको छ । घटनामा अहिलेसम्म मानवीय क्षति भने नभएको बताइएको छ ।
निर्वाचन प्रचारका क्रममा छाँयामा पाकिस्तानका पूर्व प्रधानमन्त्री खान
क्रिकेट खेलाडीबाट पाकिस्तानको राजनीतिमा उदाएका र विश्वभर ख्याति कमाएका पूर्वप्रधानमन्त्री इमरान खान आफ्नो निर्वाचन क्षेत्र र पुखर्यौली मातृभूमि मियाँवालीमा निकै लोकप्रिय हुनुहुन्छ ।