पृथ्वीको तापक्रम लगातार १२ महिनासम्म १.५ डिग्री सेल्सियसभन्दा माथि
पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले बिहीबार जनाएको छ । वैज्ञानिकहरूले यसलाई ‘मानव जगत्का लागि चेतावनी’ बताएका छन् ।
हाम्रो सम्बन्ध रगतले बाँधिएको छ : बङ्गलादेशका विदेश मन्त्री महमुद
हाल भारतको आधिकारिक भ्रमणमा रहेका बङ्गलादेशका विदेश मन्त्री हसन महमुदले भारत नजिकको छिमेकी भएको उल्लेख गर्दे आफूहरूको सम्बन्ध रगतले बाँधिएको बताउनुभएको छ ।
पाकिस्तान आम निर्वाचन : मतदान जारी
पाकिस्तानको आम निर्वाचनका लागि बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ ।
केन्याका धार्मिक नेतामाथि १९१ बालबालिकाको हत्या अभियोग
मालिन्दी उच्च अदालतले केन्याली ईसाई पन्थ नेता पल नथेन्ज म्याकेन्जी र अन्य २९ जना संदिग्धलाई एक सय ९१ बालबालिकाको हत्या गरेको अभियोग लगाएको सिएनएनले बताएको छ ।
सुडानमा युद्ध प्रभावितको सहयोगका लागि चार अर्ब डलर आवश्यक पर्ने
संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त सुडानमा रहेका र शरणार्थीका रूपमा विस्थापित नागरिकका लागि अति आवश्यक सहयोग उपलब्ध गराउन चार अर्ब १० करोड अमेरिकी डलर माग गरेको छ ।
जलवायु परिवर्तनको कारण दुई करोड अफगानी स्वच्छ पानीको पहुँचबाट वञ्चित
जलवायु परिवर्तन तथा वर्षौँको खडेरीले दुई करोड दश लाख अफगानीहरू पिउने पानीको पहुँचबाट वञ्चित भएको राष्ट्रिय वातावरण कार्यक्रम निकाय (एनईपीए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले बताउनुभएको छ ।
राजा चार्ल्सको उपचारका क्रममा राजकुमार विलियमद्वारा शाही जिम्मेवारीको थप भार सम्हाल्ने
पिता तथा राजा चार्ल्स तृतीयको क्यान्सरको उपचार भइरहेको र श्रीमतीको शल्यक्रियापछि आराम गर्नुपर्ने भएपछि बेलायती राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारीको थप भार बहन गर्नुपरेको छ ।
पाकिस्तान : निर्वाचनको पूर्वसन्ध्यामा विस्फोटमा परी १२ जनाको मृत्यु
दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।
पाकिस्तानमा निर्वाचन लक्षित विस्फोट : १२ जनाको मृत्यु
दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।
फिलिपिन्समा पहिरोमा पुरिएका ४५ जनाको सकुशल उद्धार
फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दि ओरो प्रान्तको एक खानीमा मङ्गलबार गएको पहिरोमा परी पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेको एक सैनिक प्रवक्ताले बुधबार जानकारी दिएका छन् ।
युद्धविरामबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री इजरायलमा
प्यालेष्टिनी इस्लामिक लडाकु समूह (हमास) सँगको युद्ध पाँचौँ महिना प्रवेश गरेको बेला युद्धविराम सम्झौताका लागि पहल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार इजरायल आइपुग्नुभएको छ ।
इजिप्टका राष्ट्रपति र अमेरिकी विदेशमन्त्रीबिच भेटवार्ता
इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबिच भेटवार्ता भएको छ । मङ्गलबार गाजामा द्वन्द्व अन्त्य गर्न र प्यालेस्टाइनीहरूलाई मानवीय सहायता पुर्याउने प्रयासहरूबारे छलफल भएको हो ।
‘अन्तर्राष्ट्रिय मान्यतामा कुनै फेरबदल भएको छैन’
नेपाल रेडक्रस सोसाइटीले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता र अन्तर्राष्ट्रिय मान्यताका सम्बन्धमा थप कुनै निर्णय र फेरबदल नभएको स्पष्ट पारेको छ ।
भारतको पटाका कारखाना विस्फोटमा आठ जनाको मृत्यु
भारतमा मङ्गलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । विस्फोटमा परी अन्य ८० जना घाइते भएका छन् ।
दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा एकको मृत्यु छ जना घाइते
दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा एक जना कामदारको मृत्यु हुनाका साथै छ जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार अग्नि अधिकारी तथा पुलिसलाई उद्धृत गर्दै जनाएको छ ।
पाकिस्तानमा निर्वाचनको तयारी तीव्र
पाकिस्तानका मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाले फेब्रुअरी ८ गते हुने आम चुनावका लागि सय जनाभन्दा बढी विदेशी पर्यवेक्षकको उपस्थित रहने बताउनुभएको छ ।
पाकिस्तानी अधिकारीद्वारा अरब सागरमा फसेका नौ जना भारतीयको उद्धार
पाकिस्तानी नौ सेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीले अरब सागरको खुला समुद्रमा फसेका नौ जना भारतीय नागरिकको उद्धार गरेका छन् ।
नामिबियामा अफ्रिका खानी सम्मेलन
नामिबियाका खानी तथा ऊर्जा मन्त्री टम अल्वेन्डोले सोमबार सम्भावित लगानीकर्ताहरूलाई परिहोजनाम सामेल गराउनु अत्यावश्यक रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसद्वारा स्वतन्त्र प्यानल गठन गर्ने घोषणा
संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्टसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) को मूल्याङ्कन गर्न स्वतन्त्र प्यानल गठन गर्ने घोषणा गर्नु भएको छ ।
दक्षिण भारतमा ‘मङ्की फिवर’ का कारण दुई जनाको मृत्यु
भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ ।
पाकिस्तानमा आतङ्कवादी हमलाः १० प्रहरीको मृत्यु, ६ घाइते
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जोर्डन र युएईद्वारा गाजामा युद्धविराम गर्न आग्रह
जोर्डनका राजा अब्दुल्लाह द्वितीय र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले गाजा पट्टीमा युद्धविराम गर्न आग्रह गर्नुभएको छ ।
इजरायलले गर्यो उत्तरी गाजामा फेरि आक्रमण
युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानका बिच इजरायलले सोमबारबाट उत्तरी गाजापट्टीमा फेरि युद्ध सुरु गरेको छ ।
विवाहमा आएका ३५ महिला बेपत्ता
उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् ।