जापानमा भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति
जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ ।
सन् २०२४ पछि युक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने
युक्रेनले सन् २०२४ पछि रूससँग प्राकृतिक ग्यास पारवहन सम्झौता विस्तार गर्ने योजना नबनाएको सरकारी प्रेस सेवालाई उद्धृत गर्दै इन्टरफ्याक्स–यूक्रेन समाचार एजेन्सीले बिहीबार जनाएको छ ।
जापानमा डुङ्गा दुर्घटना हुँदा १० जना घाइते
बिहीबार साँझ जापानको योकोहामा बन्दरगाहमा डुङ्गा सामुद्रिक किनारमा भूक्षय रोक्न बनाइएको वालमा ठोक्किँदा १० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनसहित भारतीय गणतन्त्र दिवस मनाइयो
भारतका राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार आयोजित ७५ औँ गणतन्त्र दिवसको अवसरमा कर्तव्य पथमा राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस समारोहको औपचारिक सुरुआत गर्नुभयो ।
रुसी इल्युसिन ७६ विमानका दुवै ब्ल्याक बक्स फेला
युक्रेनले खसालेको रुसी इल्युसिन ७६ नामको विमानका दुवै ब्ल्याक बक्स फेला परेका छन् । शुक्रबार दुर्घटनास्थल रुसको बेल्गोरोड क्षेत्रमा दुवै ब्ल्याक बक्स भेटिएको हो ।
चीनका उच्च कूटनीतिज्ञ र अमेरिकी सुरक्षा सल्लाहकारबिच थाइल्याण्डमा भेटवार्ता हुने
चीनका उच्च कूटनीतिज्ञ वाङ यीले र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबिच शुक्रबार थाइल्याण्डमा भेटवार्ता हुनेभएको छ ।
जापानमा मृत्युदण्डको सजाय सुनाइएका आओबाद्वारा अदालतमा अपिल
जापानको ‘एनिमे स्टुडियो’मा भएको आगजनीमा परी ३६ जनाको ज्यान जाने गरी भएको आगजनीको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका जापानी नागरिकले शुक्रबार उक्त फैसलाविरुद्ध अपिल गरेका छन् ।
ऐतिहासिक चन्द्र नहर पुनःनिर्माण हुने
देशकै पुरानो सप्तरीस्थित चन्द्र नहरको पुनः निर्माण हुने भएको छ । मर्मत अभावले जीर्ण बनेको नहरलाई जापान सरकारले दुई अरव लगानी गरेर पुनःनिर्माण गर्ने भएको हो । चन्द्र नहर सिचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण महत्मान यादवका अनुसार जापान सरकार निर्माण ठेक्का लिएको बताउनुभयो ।
भ्रूण स्थानान्तरणबाट सेतो गैँडा गर्भवती
एउटा विधिको पहिलो सफल प्रयोगमा भ्रूण स्थानान्तरणमार्फत गैँडालाई गर्भाधान गरिएपछि संरक्षणवादीहरूले करिब लोप भइसकेको उत्तरी सेतो गैँडाको उप–प्रजातिलाई बचाउन सम्भव हुने बताएका छन् ।
जापानमा मृत्युदण्डको पक्षमा कडा समर्थन, क्रूर बनाइएकोमा आलोचना
जापानमा मृत्युदण्डको कडा जनसमर्थन रहेको छ । मृत्युदण्डलाई गोप्य र ‘क्रूर’ तरिकाले गरिने गरिएको भन्दै यस विधिको भने चर्को आलोचना गर्ने गरिएको छ ।
बोस्निया र हर्जगोभिना इयु सम्मिलित हुने बाटोमा
बोस्निया र हर्जगोभिना इयुमा समावेश सम्मिलित हुने बाटोमा रहेको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले बताउनुभएको छ । बोस्निया र हर्जेगोभिना इयुमा सामेल हुने आफ्नो प्रतिवद्धता अनुसार अघि बढिरहेको उहाँले बताउनु भयो ।
अर्जेन्टिनामा सरकारी मितव्ययिता उपायविरुद्ध आम हड्ताल सुरु
अर्जेन्टिनाका प्रमुख श्रमिक सङ्घ, सामाजिक सङ्गठन र प्रगतिशील समूहहरूले राष्ट्रपति जेभियर माइलीको सरकारले प्रस्ताव गरेको मितव्ययिता उपायहरूको विरोधमा १२ घण्टाको हड्ताल सुरु गरेका छन् ।
इस्तानबुल एकल यात्रीका लागि लोकप्रिय गन्तव्य
इस्तानबुल एकल यात्रीहरुका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ । इस्तानबुल टर्कीको सबैभन्दा ठूलो शहर हो । हालैको सर्वेक्षणले एक्लो यात्रुहरूका लागि सबैभन्दा मनपर्ने यात्रा गन्तव्यमध्ये एक रहेको बताएको छ ।
चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा
चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा पुगेको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनले बिहीबार जनाएको छ ।
चीनमा आगलागी हुँदा ३९ जनाको मृत्यु
पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु सहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बुधवार दिउँसो करिब ३ बजे भवनबाट आगलागी भएको थियो । आगो राति ९ बजे मात्रै निभाइ सकिएको थियाे । घाइतेमध्ये ८ जनाको अवस्था स्थिर रहेको बताइएको छ ।
रुसी सेनाको विरोध गर्नेको सम्पत्ति जफत हुने
रुसी सेनाको आलोचना फैलाएको अभियोगमा दोषी ठहरिएका कुनै पनि व्यक्तिको धन, सम्पत्ति र मूल्यवान सामान जफत गर्न अधिकारीहरूलाई अनुमति दिने एक विधेयकलाई बुधबार रुसी सांसदहरूले अनुमोदन गरेका छन् ।
मङ्गोलियामा ग्यास विस्फोट हुँदा छ जनाको मृत्यु, १४ घाइते
मङ्गोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा छ जनाको मृत्यु हुनाका साथै १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
चीनद्वारा एक करोड २० लाख बढी सहरी रोजगारी सिर्जना
चीनले सन् २०२३ मा आफ्नो सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ ।
दोस्रो पटक राष्ट्रपति भएको भए युक्रेन र गाजामा द्वन्द्व हुने थिएन : ट्रम्प
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नारालाई जोड दिँदै आफू दोस्रो पटक राष्ट्रपति भएको भए युक्रेन र गाजामा द्वन्द्व हुने थिएन भन्नुभएको छ ।
अमेरिकी स्टक एक्सचेञ्जमा नेपालीको कम्पनीले पनि कारोबार गर्ने
नेपाली उद्यमी डा समीर मास्केले स्थापना गर्नुभएको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेन्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ ।
पाकिस्तानी पूर्व प्रधानमन्त्रीद्वारा जमानतका लागि इस्लामावाद उच्च अदालतमा पुनरावेदन
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले तोशाखाना र अल कादिर ट्रस्ट प्रकरणमा जमानतका लागि इस्लामावाद उच्च अदालतमा निवेदन दिनुभएको छ ।
जापानको व्यापार घाटा ६३ अर्ब डलर
जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्याङ्कले देखाएको छ ।
न्यु ह्याम्पशायरको रिपब्लिकन प्राइमरी चुनावमा ट्रम्प विजयी
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प न्यु ह्याम्पशायरको रिपब्लिकन प्राइमरी चुनावमा विजयी हुनुभएको छ । ट्रम्पले ११ प्रतिनिधि र प्रतिद्वन्द्वी निक्की हेलीले आठ प्रतिनिधि प्राप्त गर्नुभएको छ ।
युक्रेनमा रुसी मिसाइल आक्रमण : पाँच जनाको मृत्यु, ४० घाइते
युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका आन्तरिकमन्त्री इहोर क्लाइमेन्कोले बताउनुभएको छ ।