सन् २०२३ मा युरोपका विद्युतीय कार बिक्रीमा सुधार
सन् २०२३ मा युरोपमा नयाँ मोडेलका कारको बिक्रीमा १३.९ प्रतिशतले वृद्धि भएको छ भने विद्युतीय सवारी साधनले पहिलो पटक डिजेललाई उछिनेको ‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन’ ले बिहीबार जनाएको छ ।
विवाद समाधानका लागि चीनले मध्यस्थता गर्ने
पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतङ्कवादी लडाकुलाई लक्षित गरी हालै भएका आक्रमणपछि बिहीबार पाकिस्तान र इरानबिच मध्यस्थता गर्न इच्छुक रहेको बेइजिङले बताएको छ ।
राजा चार्ल्सलाई प्रोस्टेटको समस्या, अर्को हप्ता उपचार हुने : बकिङ्घम प्यालेस
बेलायतका राजा चार्ल्स तृतीयले आफ्नो प्रोस्टेटको उपचारका लागि अर्को हप्ता अस्पताल जाने बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ ।
पाकिस्तानद्वारा इरानस्थित ‘आतङ्कवादी आश्रयस्थल’मा हवाई आक्रमण
तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बिहीबार जनाएको छ ।
दिल्लीमा कुहिरोका कारण हवाई तथा रेल सेवा प्रभावित
भारतको राजधानी नयाँ दिल्लीमा लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधबार बिहान हवाई तथा रेल सेवाहरू प्रभावित भएका छन् ।
जापानमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो, अझै २१ जना बेपत्ता
जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
नशामा रहेका यात्रुले परिचारकलाई टोकेपछि विमान गन्तव्यबाट फिर्ता
अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ ।
चीनको सहरी क्षेत्रमा बेरोजगारी दर ५.२ प्रतिशत कायम
चीनमा सन् २०२३ मा सहरी बेरोजगारी दर औसतमा ५.२ प्रतिशत रहेको छ । यो दर सन् २०२२ को तुलनामा ०.४ प्रतिशत कम हो ।
हेङशुई ताल क्षेत्रमा जाडो छल्न ५० हजार चराको आगमन
खानाको अभाव टार्न र हिउँदे चिसो छल्न उत्तरी चीनको हेबेई प्रान्तको हेङशुई ताल क्षेत्रमा ६० भन्दा बढी प्रजातिका ५० हजारभन्दा बढी आप्रवासी चरा आएका छन् । यसले स्थानीय पारिस्थितिकीय वातावरणमा सुधार आएको सङ्केत गरेको छ ।
चुनाव चिह्न विवादका कारण पाकिस्तानमा निर्वाचन मिति सर्नसक्ने
पाकिस्तानको निर्वाचन आयोग (ईसीपी) ले चुनाव चिह्न परिवर्तन गर्ने आदेश आइरहने हो भने फेब्रुअरी ८ का लागि तय भएको निर्वाचन फेरि ढिला हुन सक्ने चेतावनी दिएको छ ।
युरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दो : डब्ल्यूएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले युरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
पाकिस्तानमा ग्यास सिलिण्डर विस्फोट : २० जना घाइते
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।
कोमोरोसको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति असुमानी विजयी
देशको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार कोमोरोसका वर्तमान राष्ट्रपति अजाली असुमानीले ६० प्रतिशतभन्दा बढी मत प्राप्त गरी राष्ट्रपति पदमा विजयी हुनुभएको हो ।
इजरायलले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत गर्याे
इजरायल सरकारले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत गरेको छ । इजरायलको मन्त्रीपरिषद्ले एक संशोधित बजेट पारित गरेको हो ।
भारत र बङ्गलादेशबिच द्विपक्षीय सहयोगलाई अगाडि बढाउने विषयमा छलफल
बङ्गलादेशका लागि भारतका उच्चायुक्त प्रणय वर्माले बङ्गलादेशका नयाँ विदेश मन्त्री हसन महमुदलाई भेटी बङ्गलादेश सरकारको नयाँ कार्यकालमा द्विपक्षीय सहयोगलाई अगाडि बढाउनका लागि छलफल गर्नु भएको छ ।
राष्ट्रपति सीद्वारा चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड
चीनका राष्ट्रपति सी चिनफिङले चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड दिनुभएको छ ।
युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास
संयुक्त राष्ट्रसङ्घले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष ४.२ बिलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ ।
गाजा द्वन्द्वले विश्वकै सुरक्षालाई खतरामा पार्छ : जोर्डन
जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजापट्टीमा इजरायलको आक्रमणले इजरायलको सुरक्षा क्षेत्रमा मात्रै नभई विश्वकै सुरक्षालाई खतरामा पार्ने बताउनुभएको छ ।
सुडानमा शान्ति कायम हुने संयुक्त राष्ट्रसङ्घको विश्वास
सुडानका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका राजदूत रामताने लामाम्राले सुडानमा शान्ति र स्थायित्व कायम हुने र द्वन्द्व अन्त्य हुने सम्भावनाबारे आशावादी रहेको बताउनुभएको छ ।
जाम्बियामा हैजाका कारण ३६२ जनाको मृत्यु
जाम्बियामा अक्टोबर यता हैजाका कारण तीन सय ६२ जनाको मृत्यु भएको छ । अक्टोबरमा पानीजन्य रोग (हैजा) फैलिएदेखि हालसम्म नौ हजार १५५ जना सङ्क्रमित भएका छन् ।
गाजा युद्धका सय दिनः संयुक्त राष्ट्र प्रमुखद्वारा युद्धविराम गर्न पुनः आह्वान
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार गाजामा द्वन्द्व सुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गर्नुभएको छ ।
असंलग्न आन्दोलनको बैठक युगाण्डामा सुरु : प्यालेस्टाइन–इजरायल मुद्दा मुख्य एजेण्डा
असंलग्न आन्दोलनको बैठक सोमवारदेखि युगाण्डामा सुरु भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरूले सोमबार कम्पालामा दुईदिने बैठकमा प्यालेस्टाइन–इजरायल समाधान विषयको एजेण्डा शीर्ष स्थानमा हुनुपर्ने आह्वान गरेका छन् ।
जनवरीमा श्रीलङ्कामा पाँच हजारभन्दा बढी डेंगुका बिरामी
श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म पाँच हजारभन्दा बढी डेंगु सङ्क्रमित बिरामी फेला परेका छन् ।
सुडानमा युद्धबाट ७४ लाख व्यक्ति विस्थापित
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट विस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ ।