वेस्ट बैंकमा इजरायली आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा इजरायली आक्रमणमा परी पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।
भारतको निर्यात १.२३ प्रतिशतले बढ्यो
सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा भारतको समग्र निर्यात करिव ६२.५८ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।
चीनद्वारा व्यावसायिक वाहक रकेट प्रक्षेपण
चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ । आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स—१ व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो ।
इराकी सुरक्षाकर्मीहरू १० वर्षपछि मतदान गर्दै
१० वर्ष वर्षपछि सोमवार हुने प्रान्तीय निर्वाचनअघि इराकी सुरक्षाकर्मीले शनिवार देशका १८ प्रान्तमध्ये १५ प्रान्तमा मतदान गरेका छन् । स्थानीय समयानुसार बिहान ७ बजेपछि मतदान सुरु भएको हो ।
अर्जेन्टिनामा आँधीले क्लबको छाना खस्दा १३ को मृत्यु
अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लाङ्कामा शनिबार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
चिनियाँ आधुनिकीकरणको नयाँ अध्याय लेख्न राष्ट्रपति सीको आग्रह
चीनका राष्ट्रपति सी चिन फिङले गुआङ्सी जुआङ स्वायत्त क्षेत्रलाई आधुनिकीकरणको अध्याय लेख्न आग्रह गर्नुभएको छ।
आप्रवासी रहेको डुङ्गा दुर्घटना : एक जनाको मृत्यु, एक घाइते
डुङ्गामा यात्रारत ६६ जनामध्ये एक जनालाई अचेत र गम्भीर घाइते अवस्थामा हेलिकोप्टरबाट क्यालिसस्थित अस्पतालमा लगिएको र अर्का एक जनालाई उद्धार गर्न नसकिएको अधिकारीहरूले बताएका छन् ।
भारतीय संसदमा सुरक्षा उल्लङ्घन : थप दुई पक्राउ
दिल्ली प्रहरीको स्पेसल सेलले संसद सुरक्षा उल्लङ्घन मामिलाको अनुसन्धान गरिरहेको छ । उक्त मामिलामा पक्राउ परेका पाँच जनासँग उनीहरूको शङ्कास्पद सम्बन्धका आधारमा थप दुई जनालाई सेलले पक्राउ गरेको छ ।
इरानमा इस्लामिक जिहादी समूहको आक्रमणमा परी ११ प्रहरीको मृत्यु
इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ ।
‘अनुचित’ राज्य–सञ्चालित नीतिबाट हट्न येलेनको चीनसँग आग्रह
अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बिहीबार चीनसँग आर्थिक नीतिमा राज्य–सञ्चालित दृष्टिकोण हटाउन आग्रह गर्नुभएको छ । उहाँले उक्त मोडेलले लगानीकर्ताहरूलाई हतोत्साहित गर्नसक्ने बताउनुभयो ।
आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग
युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहायता कार्यक्रमबाट ९० करोड अमेरिकी डलरको तेस्रो किस्ता प्राप्त गरेको अर्थ मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हङ्गेरीका प्रधानमन्त्री ओर्बानद्वारा युक्रेनका लागि इयुको सहायता अवरुद्ध
हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युक्रेनका लागि युरोपेली युनियन (इयु) को ५० अर्ब युरो सहयोगलाई रोक्नुभएको छ ।
सन् २०२३ कोइलाको अधिकतम प्रयोग हुने वर्ष : आईईए
सन् २०२३ लाई कोइलाको खपत उच्च रहेको वर्ष हुने र अर्को वर्षदेखि यसमा क्रमशः कमी आउने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले बताएको छ ।
संयुक्त राष्ट्रसङ्घको युद्धविराम प्रस्ताव पारित गरेपछि पनि गाजामा आक्रमण जारी
संयुक्त राष्ट्रसङ्घको युद्धविराम प्रस्ताव पारित गरेपछि पनि गाजामा इजरायली सेनाले आक्रमण जारी राखेको छ ।
भारतको औद्योगिक उत्पादन ११.७ प्रतिशतले बढ्यो
औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि वृद्धि अक्टोबरमा ११.७ प्रतिशतले बढेको छ । यो पछिल्लो १६ महिना यताकै ठूलो हो ।
गाजामा इजरायली सेनाद्वारा १११ प्यालेस्टिनी मारिए
गाजा पट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा १११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
मस्को नजिकै नौ युक्रेनी ड्रोन खसालेको रुसको भनाइ
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बहुप्रतीक्षित पत्रकार सम्मेलनभन्दा केही घण्टाअघि राजधानीतर्फ आइरहेका नौ युक्रेनी ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणालीले खसाएको रुसले बिहीबार बताएको छ ।
अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत
नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ ।
विद्युत् बजारमा सुधारका लागि इयूले गर्यो सम्झौता
युरोपेली युनियन (इयू) ले जीवाश्म इन्धनमाथि निर्भरता कम गर्न र उपभोक्ता मूल्यहरूलाई स्थिर राख्न इयूको विद्युत् बजारमा सुधारका लागि बिहीबार एउटा सम्झौता गरेको इयू परिषद्ले एक विज्ञप्तिमा जनाएको छ ।
फिलिपिन्सले गर्यो १८० चिनियाँलाई देशनिकाला
फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशङ्कामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन् ।
सन् २०२३ मा काममा मारिने पत्रकारको सङ्ख्या घट्यो : आरएसएफ
पछिल्लो दुई महिनामा गाजामा पत्रकारहरूको मृत्यु भए पनि यो वर्ष कामका क्रममा मारिने पत्रकारहरूको सङ्ख्यामा कमी आएको मिडिया वकालत समूह रिपोर्टर्स विदाउट बोडर्स (आरएसएफ) ले बिहीबार बताएको छ ।
विदेशीले जनवरीदेखि केन्या जान भिसा लिनु नपर्ने
केन्याले जनवरीदेखि सबै विदेशी आगन्तुकहरूका लागि भिसा आवश्यकता खारेज गर्ने भएको छ । केन्या जाने विदेशी आगन्तुकहरूले जनवरी २०२४ देखि भिसा लिनु पनपर्ने भएको हो ।
लिबियाद्वारा ९६३ गैरकानुनी आप्रवासीलाई देश निकाला
लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले ९६३ गैरकानुनी आप्रवासीहरूलाई उनीहरूको सम्बन्धित देश इजिप्ट र नाइजेरियामा निर्वासन गरेको हो ।
पोल्याण्डको नयाँ प्रधानमन्त्रीमा डोनाल्ड टस्क
डोनाल्ड टस्कले पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको छ । डोनाल्ड टस्कले बुधबार वार्सास्थित राष्ट्रपति भवनमा पोल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको हो ।