चालु आर्थिक वर्षमा पाकिस्तानको भुक्तानी सन्तुलनमा उल्लेख्य सुधार
पाकिस्तानले चालु आर्थिक वर्ष (जुलाई २०२३ देखि जुन २०२४ सम्म) को डिसेम्बर २० सम्म भुक्तानी सन्तुलनमा वार्षिकरूपमा पाँच अर्ब ६० करोड अमेरिकी डलरले सुधार गरेको वाणिज्य मन्त्रालयले बताएको छ ।
इराकमा भएको विस्फोटमा दुई पर्यटकको मृत्यु
पश्चिमी इराकको मरुभूमिमा मङ्गलबार सडक किनारमा भएको बम विस्फोटमा परी मारिएका दुई कुवेती र साउदी पर्यटकको शव फेला परेको इराकी सेनाले बताएको छ ।
निकेल प्लान्टमा भएको विस्फोटपछि इन्डोनेसियाका मजदुरद्वारा प्रदर्शन
सयौँ इन्डोनेसियाली मजदुरले बुधबार चिनियाँ लगानीको निकेल प्रशोधन प्लान्टको अवस्थाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उक्त प्लान्टमा सप्ताहान्तमा भएको विस्फोटमा परी कम्तीमा १८ को मृत्यु र दर्जनौँ घाइते भएका थिए ।
इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव
नयाँदिल्लीस्थित इजराइली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ ।
दक्षिण कोरियाद्वारा उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि प्रतिबन्ध
प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध लगाएको सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ ।
अफगानिस्तानमा चारदिने पोलियो अभियान
अफगानिस्तानमा सोमबारदेखि चारदिने पोलियोविरुद्धको अभियान सुरु भएको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाकिस्तानमा घरमा आगलागी हुँदा नौ जनाको मृत्यु
उत्तरपश्चिम पाकिस्तानमा घरमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक घरमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चीनद्वारा चार वटा मौसम विज्ञान उपग्रह प्रक्षेपण
चीनले चार वटा मौसम विज्ञान उपग्रह प्रक्षेपण गरेको छ । सोमबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट चार वटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको हो ।
गाजाको शरणार्थी शिविरमा हवाई आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो
गाजाको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ । मध्य गाजा पट्टीमा रहेको अल–मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।
युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त
युक्रेनको वायुसेनाले मङ्गलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशङ्कामा मस्कोको कीभविरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ ।
गाजास्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु
गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ ।
क्रिसमसको अवसरमा एक हजार कैदी रिहा
श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ ।
‘ब्याट’ फिर्ता लिन पीटीआई उच्च अदालत जाने
पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले पार्टीको चुनाव चिन्ह क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ ।
जापानको मुख्य उपभोक्ता मूल्य २.५ प्रतिशतले बढ्यो
जापानको कोर उपभोक्ता मूल्य नोभेम्बरमा एक वर्षअघिको तुलनामा २.५ प्रतिशतले बढेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाअनुसार राष्ट्रव्यापी उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा वृद्धिको गति उनीहरूको अस्थिरताका कारण ताजा खाद्यान्न मूल्यहरू बाहेक, लगातार २० औं महिनामा बैंक अफ जापानको २ प्रतिशत मुद्रास्फीति लक्ष्यभन्दा माथि रह्यो ।
टर्कीको ६६ प्रतिशत भूभाग भूकम्पको जोखिममा
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको ६६ प्रतिशत भूभाग र ७१ प्रतिशत जनसङ्ख्या भूकम्पको जोखिममा रहेको चेतावनी दिनुभएको छ ।
टर्की संसदले स्वीडेनको नाटो प्रस्तावमा छलफल गर्ने
टर्की संसदले अर्को हप्ता स्वीडेनको नाटो प्रस्तावमाथि छलफल गर्ने भएको छ । संसदको विदेश मामिला समितिले अर्को हप्ता स्वीडेनको नाटो प्रस्तावका बारेमा संसदमा छलफल हुने बताएको हो ।
गाजामा ७५ दिनमा १३६ सहकर्मी मारिएको संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको भनाइ
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबिच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसङ्घका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घरछोड्न बाध्य पारिएको बताउनुभएको छ ।
युद्ध अन्त्यको मूल मर्म: शान्ति र सह अस्तित्व
गत साता संयुक्त राष्ट्र सङ्घको आपत्कालीन महासभाले गाजा क्षेत्रमा जारी द्विपक्षीय युद्ध विरामका लागि अपिलसहितको प्रस्ताव पारित गर्यो ।
शिविरमै असुरक्षित भएपछि जोखिमपूर्ण समुद्री यात्रा गर्न बाध्य रोहिङ्ग्या शरणार्थी
म्यानमारमा भएको निर्मम हिंसाबाट भागेर आएका रोहिङ्ग्या शरणार्थीले छिमेकी देश बङ्गलादेशमा सुरक्षा पाउने आशा गरेका थिए, तर धेरैले भोकमरी, अपहरण र सामूहिक हिंसाबाट बच्न समुद्री जोखिमपूर्ण यात्रा गर्दै इन्डोनेशिया र मलेशियासम्मको यात्रा तय गर्ने गरेका छन् ।
विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि
पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
दक्षिण कोरियामा बस दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते
दक्षिण कोरियाको एक बस स्टेसनमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै १५ जना घाइते भएका छन् ।
इजरायलले गाजामा सहायता वितरणमा ठुलो अवरोध खडा गर्यो : संयुक्त राष्ट्र प्रमुख
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताउनुभएको छ ।
प्राग गोली काण्ड दुःखद घटना : गुटेर्रेस
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चेक गणतन्त्रको राजधानी प्रागस्थित विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताउनुभएको छ ।
नेपाल–श्रीलङ्काबिच साझेदारी गर्ने सहमति
नेपाल र श्रीलङ्काबिच एकअर्कालाई सघाउँदै दिगो समृद्धिका लागि साझेदारी गर्ने सहमति भएको छ । काठमाडौँमा बिहीबार बसेको नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा लामो मित्रतामा नयाँ साझेदारीका पहललाई बढवा दिएर एकअर्कालाई सघाउने प्रतिबद्धतासहितको समझदारी भएको हो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद तथा श्रील