• १६ भदौ २०८१, आइतबार

मङ्गोलियामा खराब मौसमका कारण तीस लाखभन्दा बढी गाईबस्तुको मृत्यु

blog

उलान बाटोर, फागुन २१ गते । मङ्गोलियामा जुड भनिने चरम जाडो मौसमले मङ्गोलियामा यस वर्षको हालसम्म ३० लाखभन्दा बढी पशुपक्षीहरूको ज्यान लिएको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ ।

जुडका कारण मङ्गोलियामा अहिलेसम्म कम्तीमा ३० लाख ८९ हजार ४२० गाईबस्तु मरेको एसईसीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

जुड गम्भीर चिसोले अधिक जाडो बढेको अवस्थामा प्रयोग गरिने मङ्गोलियाली शब्द हो । यो अवस्थामा जमिन हिउँले ढाकिएको कारण अधिक चिसो हुने र ठुलो सङ्ख्यामा गाईबस्तुहरू मर्ने गर्छन् ।

मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियामा यस वर्षको जाडोमा सामान्यभन्दा धेरै हिउँ परेको छ । मङ्गोलियाको ८० प्रतिशतभन्दा बढी क्षेत्र अहिलेसम्म १०० सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख रहेको थियो । रासस/सिन्ह्वा