इजिप्टबाट गाजामा दुई लाख टन मानवीय सहायता पठाइयो
इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा लगभग दुई लाख टन मानवीय सहायता पठाएको इजिप्टका सामाजिक एकता मन्त्री निभिन एल–कब्बागले शुक्रबार बताउनुभयो ।
ईयूले नाइजेरियाको ऊर्जा क्षेत्रमा चार करोड डलर लगानी गर्ने
युरोपियन सङ्घ (ईयू) ले शुक्रबार नाइजेरियाको ऊर्जा क्षेत्रलाई सक्षम बनाउन तीन लाख ७० हजार युरो (करिब ४० मिलियन अमेरिकी डलर) लगानी गर्ने प्रतिबद्धता गरेको छ ।
जापानद्वारा एच–थ्री नाम दिइएको नयाँ पुस्ताको रकेटको सफल परीक्षण
जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । वर्षौँको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ ।
गाजामा २४ घण्टामा ११२ प्यालेस्टाइनीको मृत्यु
गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ७७५ पुगेको छ भने अन्य ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
अफ्रिकामा लगभग १० करोड बालबालिका तथा युवा विद्यालय बिमुख
अफ्रिकामा छ देखि १९ वर्ष उमेर समूहका करिब दश करोड बालबालिका तथा युवाविद्यार्थीहरू विद्यालयबाट वञ्चित भएका कारण सामाजिक रूपमा एकीकृत नभएको शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि अफ्रिकी युनियन (एयू) का आयुक्त मोहम्मद बेल्होसिनले बिहीबार बताउनुभएको छ ।
प्यालेस्टाइनलाई एकतर्फीरूपमा अन्तर्राष्ट्रिय मान्यता नदिन इजरायली प्रधानमन्त्रीको आग्रह
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टाइनी राज्यलाई एकतर्फीरूपमा अन्तर्राष्ट्रिय मान्यता दिने योजनालाई आफूले अस्वीकार गरेको बताउनुभएको छ ।
गाजामा तत्काल मानवीय युद्धविराम गर्न आवाह्न
अष्ट्रेलिया, क्यानडा र न्युजिल्यान्डले गाजामा तत्काल मानवीय युद्धविराम गर्नको लागि संयुक्त आह्वान गरेका छन् ।
दिल्लीमा आगलागीका कारण ११ जनाको मृत्यु
दिल्लीमा बिहीबार भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले शुक्रबार बताउन भएको छ ।
भ्रामक भिडियो फेसबुकमा पोष्ट गर्ने दुई ताइवानीलाई जेल सजाय
कम्बोडियालीसमुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबुकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका दुई जनालाई दुई–दुई वर्षको जेल सजाय सुनाइएको छ ।
भारतमा चुनावअघि कर विभागद्वारा विपक्षी दलको रकम रोक्का
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैङ्क खाता रोक्का गरेको शुक्रबार जनाएको छ ।
सुरक्षा सम्झौताका लागि जेलेन्स्की बर्लिन र पेरिस भ्रमणमा
दुई युरोपेली महाशक्तिसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार जर्मनीको राजधानी बर्लिन र फ्रान्सको राजधानी पेरिस पुग्नुहुनेभएको छ ।
टर्की सुनखानी पहिरो प्रकरणः आठ जना पक्राउ
पूर्वी टर्कीको सुनखानीमा पहिरो जानमा जिम्मेवार भएको आशङ्का आठ जनालाई पक्राउ गरिएको छ । एर्जिन्कान प्रान्तको इलिक जिल्लाको सुन खानीको डम्प–लिचिङ क्षेत्रमा मङ्गलबार पहिरो गएको थियो ।
मस्कोमा लागेको आगो नियन्त्रणमा
मस्कोको पुस्किन स्क्वायरमा लागेको भिषण आगो नियन्त्रणमा आएको छ । रुसी आपतकालीन अवस्था मन्त्रालयले यसबारेमा जानकारी गराएको हो ।
भारतको थोक मुद्रास्फीति ०.२७ प्रतिशतले घट्यो
भारतको थोक मूल्य सूचकाङ्क (डब्ल्युपिआइ) जनवरीमा ०.२७ प्रतिशतले घटेको सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
इजिप्ट र ब्राजिलद्वारा गाजामा युद्धविरामका लागि आह्वान
इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले बिहीबार कायरोमा भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग वार्ता गर्नुभएको छ ।
इजरायल–हमास द्वन्द्वबिच टर्कीका राष्ट्रपतिकाे इजिप्ट भ्रमण
इजरायल–हमास द्वन्द्वबिच टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले इजिप्टको भ्रमण गर्नुभएको छ । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले बुधवार टर्कीसँगको देशको सम्बन्धमा एक साथ नयाँ अध्याय खोल्न प्रयास गर्न आह्वान गर्नुभयो ।
इजरायलमा लेबनान रकेट आक्रमण : एकको मृत्यु, सात घाइते
लेबनानबाट इजरायलको उत्तरी शहर सफेदमा भएको रकेट आक्रमणमा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएको इजरायलको आपतकालीन सेवाले जनाएको छ ।
भारतीय खुद्रा मुद्रास्फीति ५.१ प्रतिशतले घट्यो
भारतमा खुद्रा मुद्रास्फीति जनवरी २०२४ मा ५.१० प्रतिशतले घटेको छ ।
रफाहमा इजरायली सैन्य कारबाहीले नरसंहार निम्त्याउन सक्ने चेतावनी
रफाहमा इजरायली सैन्य कारबाहीले गाजामा नरसंहार निम्त्याई निरीह मानिसहरूकाे मृत्यु हुनसक्ने चेतावनी संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला उप–महासचिव मार्टिन ग्रिफिथ्सले मङ्गलबार जारी गर्नुभएको छ ।
हावाहुरीका कारण अष्ट्रेलियामा एक लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध
शक्तिशाली आँधीका कारण पूर्वी अष्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारीहरूले बुधबार बताएका छन् । भिक्टोरिया राज्यको ठूलो भू
बाइडेनको आग्रहका बावजुद अमेरिकी सदनका नेताद्वारा युक्रेनको सहयोग अस्वीकार
अमेरिकी प्रतिनिधि सभाका रिपब्लिकन नेताले रूसी नेता भ्लादिमिर पुटिनविरुद्ध उभिनका लागि युक्रेनलाई युद्ध सहायता प्रदान गर्न आवश्यक रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई बेवास्ता गर्दै मङ्गलबार युक्रेनका लागि युद्ध सहायता रोक्नुभएको छ ।
जेलमा रहेका पूर्व थाई प्रधानमन्त्री थाक्सिन रिहा हुने : न्यायमन्त्री
थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्याय मन्त्री तावी सोड्सोङले मङ्गलबार बताउनु भएको छ ।
नेपालको तराई भूपरिधि क्षेत्र संसारको सात उत्कृष्ट स्थानमा
नेपालको तराई भूपरिधि क्षेत्र संरक्षणको दृष्टिले संसारकै सात उत्कृष्ट स्थानमा पर्न सफल भएको छ ।
चिनद्वारा इजराइललाई रफाहमा छिटो सैन्य कारबाही रोक्न आग्रह
चीनले मङ्गबार इजरायललाई गाजाको रफाह सहरमा सैन्य कारबाही सकेसम्म चाँडो रोक्न आग्रह गरेको छ । यसै सन्दर्भमा यदि लडाइँ निरन्तर चलिरहेमा गम्भीर मानवीय प्रकोप हुने चेतावनी दिएको छ ।