जनवरीमा पाकिस्तानको विप्रेषण २६.२ प्रतिशत वृद्धि : केन्द्रीय बैङ्क
सन् २०२४ जनवरीमा विदेशमा कार्यरत पाकिस्तानी कामदारहरूले पठाएको विप्रेषण अघिल्लो वर्षको तुलनामा २६.२ प्रतिशतले बढेको पाकिस्तानको केन्द्रीय बैङ्क (एसबिपी)ले सोमबार जनाएको छ ।
सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले लिए अमेरिकी नागरिकता
सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकहरूले स्थायी अमेरिकी नागरिकता लिएका छन् । यो सङ्ख्या मेक्सिकोपछि अमेरिकी नागरिकता लिनेहरूको दोस्रो ठुलो सङ्ख्या भएको अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस) द्वारा जारी गरिएको वार्षिक प्रगति रिपोर्ट २०२३ ले जनाएको छ ।
फिनल्याण्डको राष्ट्रपतिमा स्टब विजयी
फिनल्याण्डको राष्ट्रपतिमा राष्ट्रिय गठबन्धनका लागि राष्ट्रपति पदका उम्मेदवार अलेक्ज्याण्डर स्टब विजयी हुनुभएको छ । आइतबार राति सम्पन्न भएको फिनल्याण्डको राष्ट्रपतीय निर्वाचनमा उहाँले सहज जित हासिल गर्नुभएको हो ।
इरानले लेबनानमा युद्ध विस्तार हेर्न चाहेको छैन: इरानी विदेशमन्त्री
इरानका विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियानले इरानले लेबनानमा युद्ध विस्तार भएको हेर्न नचाहेको बताउनुभएको छ ।
गाजाको रफाहमा इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो
दक्षिणी सहर रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा इजरायली सेनाले गरेको भारी आक्रमणमा सोमबार सयभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी डब्ल्एफएले जनाएको छ ।
अमेरिकी नेतृत्वको गठबन्धन मिसन अन्त्य गर्न इराक र अमेरिकाबिच पुनः वार्ता सुरु
इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनको मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न इराक र संयुक्त राज्य अमेरिकाबिच आइतबार नयाँ चरणको वार्ता सुरु भएको इराकी सरकारले जनाएको छ ।
गाजामा इजरायली आक्रमणमा दुई बन्धकको मृत्यु : हमास
गाजापट्टीमा विगत दिनको अवधिमा इजरायली आक्रमणमा परी दुई इजरायली बन्धकको मृत्यु भएको छ ।
म्याराथनमा विश्व कीर्तिमानी केल्भिनको दुर्घटनामा निधन
हालको म्याराथनमा विश्व कीर्तिमानधारी केल्भिन किप्टम र उहाँका प्रशिक्षक गेर्भाइस हाकिजिमानाको आइतबार राति सडक दुर्घटनामा मृत्यु भएको केन्याली प्रहरीले पुष्टि गरेको छ।
इजिप्ट र बुल्गेरियाबिच ऊर्जा सम्झौतामा हस्ताक्षर
इजिप्ट र बुल्गेरियालीले रक्षा र प्राकृतिक ग्यासको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । इजिप्टको विदेश मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।
सुडान युद्धले सात लाख बालबालिका कुपोषणको सिकार
संयुक्त राष्ट्र मानव अधिकारवादीहरूले सुडानमा सात लाख बालबालिका जारी द्वन्द्वका कारण कुपोषणको सामना गरिरहेको बताएका छन् ।
पाकिस्तान निर्वाचन : १०१ जना स्वतन्त्र उम्मेदवार विजयी
पाकिस्तानको निर्वाचन आयोगले सन् २०२४ को फेब्रुअरी ८ मा सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ ।
इजरायली बमबारीमा २५ जना प्यालेस्टिनीको मृत्यु
दक्षिणी गाजापट्टी शहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएको छ ।
अबु धाबीमा बन्यो पहिलो हिन्दू मन्दिर
संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीमा पहिलो हिन्दू मन्दिर निर्माण भएको छ ।
इजरायलद्वारा गाजाका लागि आएको आधाभन्दा बढी सहायता आपूर्ति अस्वीकार : संयुक्त राष्ट्रसङ्घीय
उत्तरी गाजा पट्टीका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्ल्यूए) ले शुक्रबार पेस गरेको आधा सहायता अनुरोधलाई इजरायलले अस्वीकार गरेको छ ।
जेलमा रहेका पूर्व प्रधानमन्त्री खानको पार्टीलाई अग्रता
पाकिस्तानमा बिहीवार सम्पन्न आमनिर्वाचनको मतगणना जारी रहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरिक–ए–इन्साफ पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन्।
युक्रेनमा रूसलाई हराउन असम्भव : राष्ट्रपति पुटिन
राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टेलिभिजनका लागि अन्तर्वार्ता कार्यक्रमका प्रस्तोता टकर कार्ल्सनलाई बिहीबार दिएको अन्तर्वार्तामा युक्रेनमा रूसलाई परास्त गर्न ‘असम्भव’ छ भनेर पश्चिमा मुलुकले बुझ्नुपर्ने बताउनुभएको छ ।
रुससँगको बन्दी आदान प्रदानमा एक सय युक्रेनी स्वदेश फर्के
सेवा व्यक्तिहरू रूससँगको नयाँ कैदी आदान प्रदान प्रक्रियाअन्तर्गत एक सय युक्रेनी सुरक्षाकर्मी घर फर्केको युद्ध बन्दीहरूका उपचारको समन्वयका लागि स्थापित केन्द्रीय कार्यालयले बिहीबार जनाएको छ ।
पाकिस्तान निर्वाचन : खान निकट स्वतन्त्र उम्मेदवारको समूहलाई अग्रता
पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले प्रारम्भिक मतगणनाका क्रममा १५० सिटमा अग्रता लिएको दाबी गरेको छ ।
हाँसका लोपोन्मुख प्रजाति चीनको प्रकृति आरक्षमा भेटिए
हाँसका लोपोन्मुख प्रजाति चीनकाे प्रकृति आरक्षमा भेटिएका छन् । हाँसको लोपोन्मुख प्रजाति उत्तरपश्चिम चीनको गान्सु प्रान्तको बैशुइजियाङ राष्ट्रिय प्रकृति आरक्षमा भेटिएका हुन् ।
स्पेनमा किसानको विरोध प्रदर्शन जारी
स्पेनमा किसानहरुको विरोध प्रदर्शनी जारी छ । हजारौं किसानले ट्याक्टरकाे प्रदर्शन सुरु गरेका हुन् । आन्दोलनका कारण विभिन्न राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् ।
भारतमा साइबर अपराधमा २४ प्रतिशतले वृद्धि
भारतले २०२१ को तुलनामा २०२२ मा साइबर अपराधमा २४ प्रतिशतभन्दा बढी वृद्धि भएको बताएको छ । सन् २०२० को तुलनामा ३१ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको हो ।
दक्षिणपश्चिम पाकिस्तानमा विस्फोट : दुई सुरक्षाकर्मीको मृत्यु, आठ घाइते
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार दिउँसो भएको विस्फोटमा कम्तीमा दुई सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् ।
माल्दिभ्स सङ्कटसहित उच्च ऋण जोखिममा छ : आईएमएफ
बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको बिचमा माल्दिभ्स ऋण सङ्कटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ ।
पृथ्वीको तापक्रम लगातार १२ महिनासम्म १.५ डिग्री सेल्सियसभन्दा माथि
पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले बिहीबार जनाएको छ । वैज्ञानिकहरूले यसलाई ‘मानव जगत्का लागि चेतावनी’ बताएका छन् ।