सिङ्गापुरस्थित क्रिप्टो कोषको १.१४ अर्ब डलर जफत
सिङ्गापुरको एक अदालतले आर्थिकरूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ ।
तीन वर्षको जेल बसाइपछि भेनेजुएलाका कूटनीतिज्ञ स्वदेश फिर्ता
भेनेजुएलाका कूटनीतिज्ञ एलेक्स साब संयुक्त राज्य अमेरिकामा तीन वर्षभन्दा लामो जेल जीवन बिताएर स्वदेश फर्किनुभएको छ ।
चीनको कोइलाखानीमा दुर्घटना हुँदा १२ को मृत्यु, १३ घाइते
उत्तरपूर्वी चीनको एक कोइलाखानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।
‘आणविक हमला’ गर्न नहिच्किचाउने उत्तर कोरियाली नेता किमको चेतावनी
उत्तर कोरियाले ‘शत्रले आणविक अस्त्र’ ले उक्साएमा उसले पनि आणविक अस्त्र प्रयोग गर्ने चेतावनी दिएको छ । प्योङयाङलाई ‘आणविक हतियारले उक्साएमा’ आणविक आक्रमण गर्न नहिचकिचाउने उत्तर कोरियालाई ली नेता किम जोङ उनले बताउनुभएको हो ।
गाजामा बालबालिकाका लागि पिउने पानीको सङ्कट
गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ ।
सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगे
स्पेनको गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगेका छन् ।
डोनाल्ड ट्रम्प २०२४ मा राष्ट्रपतिको चुनाव लड्न अयोग्य
कोलोराडोको सर्वोच्च अदालतले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको ठहर गरेको छ ।
इजरायली आक्रमणबाट मृत्यु हुनेकोे सङ्ख्या २० हजार पुग्यो
गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् ।
जहाजको शौचालयमा नवजात शिशु
एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो ।
सिख नेताको हत्यासम्बन्धी प्रमाणको अनुसन्धान गर्न भारत तयार : भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राज्य अमेरिकामा शिख ‘पृथकतावादी’ नेताको हत्याको षडयन्त्रबारे उपलब्ध गराइएको कुनै पनि प्रमाणको अनुसन्धान गर्ने बताउनुभएको छ ।
युद्धविराम र बन्धक रिहाइका विषयमा वार्ता गर्न हमास प्रमुख इजिप्टमा
इजरायल र प्यालेस्टिनी लडाकु समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेताले बुधबार इजिप्ट आइपुग्नुभएको छ ।
चिनिया राष्ट्रपति सी र रुसी प्रधानमन्त्रीबिच भेटवार्ता
चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गर्नुभएको छ ।
आप्रवासन कानुनमा सुधार गर्ने ईयू सदस्य राष्ट्रबिच सहमति
युरोपेली सङ्घ (ईयू) का सदस्य र सांसदहरूबिच शरणार्थी र आप्रवासीलाई व्यवस्थापन गर्ने सम्बन्धी ईयूको कानुनमा फेरबदल गर्ने विषयमा बुधबार सहमति भएको अधिकारीहरूले बताएका छन् ।
भियतनामले आर्थिक कार्यक्रम विस्तार गर्न विचार गर्नु पर्छ : विश्व बैङ्क
भियतनामी अर्थतन्त्रले अझै पनि सङ्कटको सामना गरिरहेको अवस्थामा आफ्नो योजनाबद्ध लगानीलाई पूर्णरूपमा कार्यान्वयन गर्न र समग्र मागलाई समर्थन गर्न आर्थिक सहायता कार्यक्रम २०२२/०२३ को कार्यान्वयनलाई अर्को वर्षसम्म विस्तार गर्न विश्व बैङ्कले सुझाव दिएको छ ।
युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने
गाजाक्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जानुहुने भएको छ । इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामका लागि सहमत हुन इच्छुक रहेको बताएपछि उहाँको इजिप्ट यात्राबारे जानकारी आएको हो ।
लेबनान–इजरायल सीमामा भएको भिडन्तमा हिजबुल्लाह लडाकुको मृत्यु
लेबनान–इजरायल सिमानामा भएको भिडन्तमा एक हिजबुल्लाह लडाकुको मृत्यु भएको छ भने सर्वसाधारण नागरिक घाइते भएका छन् ।
इराकमा एक दशकपछि पहिलो पटक प्रान्तीय निर्वाचन सम्पन्न
राजनीतिक मतभेदका कारण १० वर्षको अन्तरालपछि इराकमा देशका १८ प्रान्तमध्ये १५ वटा प्रान्तमा प्रादेशिक निर्वाचन सम्पन्न भएको छ ।
चीन भूकम्प : मृत्यु हुनेको सङ्ख्या १३१ पुग्यो
चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ ।
चीनमा भूकम्पबाट १२७ जनाको मृत्यु, डेढ लाख भवन क्षतिग्रस्त
उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ‘सिंथेटिक ड्रग्स’ विरुद्धको प्रस्ताव पारित
संयुक्त राष्ट्रसङ्घको महासभाले सोमबार ’सिंथेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ ।
रेलको कोचमा आगलागी हुँदा बङ्गलादेशमा चार जनाको मृत्यु
बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार रेलको डिब्बामा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । सो घटना बिहान ०५ बजेतिर भएको हो ।
टर्की सुरक्षाबलद्वारा १२ सयभन्दा बढी अवैध आप्रवासी पक्राउ
टर्कीका सुरक्षा बलहरूले नोभेम्बरमा उत्तरपश्चिमी प्रान्त एडिर्नेमा एक हजार २०९ अवैध आप्रवासीलाई पक्राउ गरेको छ ।
चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १११ पुग्यो
उत्तर पश्चिम चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ । चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।
भारतीय संसदका ७८ सांसद निलम्बित
विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ ।