इस्लामाबाद, माघ २६ गते । पाकिस्तानमा बिहीवार सम्पन्न आमनिर्वाचनको मतगणना जारी रहँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरिक–ए–इन्साफ पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन्।
शुक्रवार साँझसम्म देशका कुल निर्वाचन क्षेत्रमध्ये आधा क्षेत्रको मतपरिणाम पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
तीमध्ये सबैभन्दा धेरै ६५ भन्दा धेरै क्षेत्रमा खानको दल समर्थित स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएको बीबीसी उर्दूले जनाएको छ।
पीटीआईमाथि देशभरि प्रतिबन्ध लगाइएपछि खान समर्थित उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
उनीहरूलाई पार्टीको निर्वाचन चिह्न क्रिकेटको ब्याट प्रयोग गर्न पनि निर्वाचन आयोगले रोक लगाएको थियो।
खानलाई बिहीबारको चुनावमा भाग लिनबाट रोक लगाइएको थियो र उहाँको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले व्यापक दमनको सामना गर्नुपरेको थियो ।
पीटीआईलाई चुनावी ¥यालीहरू गर्नबाट रोकिएको थियो र पीटीआईलाई चिनिएको चुनाव चिन्ह् ‘क्रिकेट व्याट’ पनि लिन दिइएको थिएन र मतपत्रबाट नै हटाइएको थियो । जसका कारण पीटीआईप्रति बफादार उम्मेदवारहरूले स्वतन्त्र रूपमा चुनाव लड्न बाध्य भएका थिए ।
पीटीआई समर्थित उम्मेदवारहरूले जितेका अधिकांश सीट खैबर पख्तुनख्वाको गढमा थिए, जबकि पञ्जाबको सबैभन्दा बढी जनसंख्या भएको प्रान्तको परिणाम अझै आउन बाँकी छ । सन् २०१८ मा सम्पन्न चुनावमा पीटीआईले जितेको पञ्जावमा त्यस पहिले सरिफ परिवार ऐतिहासिक रूपमा हावी रहेको स्थान हो ।
अंग्रेजी भाषाको एक्सप्रेस ट्रिब्यून पत्रिकाको हेडलाइनमा भनिएको छ, “पीटीआई समर्थित उम्मेदवारहरूको बाधा र अवहेलनालाई सामना गर्दै स्वतन्त्रहरूले निर्वाचन परिणाममा चक्मा दिँदैछन् ।”
पाकिस्तानको येल विश्वविद्यालयका राजनीतिशास्त्रका सहायक प्राध्यापक सारा खानले एएफपीसँग भन्नुभयो, “नतिजाबारे निश्चितताको भावना थियो ।”
उहाँले थप्नुभयो, “निर्वाचनबारेको निश्चितताको भावनालाई चुनौती दिँदै निर्वाचन परिणामले दलहरूलाई चकित तुल्याएको छ ।” बीबीस, एएफपी