• १३ असोज २०८१, आइतबार

इजरायलले गर्‍यो उत्तरी गाजामा फेरि आक्रमण

blog

गाजापट्टी, माघ २३ गते । युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानका बिच इजरायलले सोमबारबाट उत्तरी गाजापट्टीमा फेरि युद्ध सुरु गरेको छ । इजरायली सेनाहरू पहिले सञ्चालन गरिएका क्षेत्रहरूमा फर्किएका हुन् । गाजानिवासी फरिद महमूदले आफ्नो परिवारमा आठ जना सदस्य रहेको र खाजा खाइरहेको बेलामा क्षेप्यास्त्र प्रहार भएको बताउनुभयो ।

महमूदले क्षेप्यास्त्र प्रहारमा केही बालबालिकाको मृत्यु भएको बताउनुभयो । उहाँले आक्रमणमा आफ्नो सन्तान पनि परेकाले अवशेष खोजिरहेको बताउनुभयो ।

इजरायलले यस क्षेत्रमाथि आफ्नो नियन्त्रण कायम गरेको दाबी गरेपछि विगत केही हप्तादेखि पट्टीको उत्तरी भागमा भएका आक्रमणमा कमी आएको थियो । गाजामा हालसम्म इजरायली आक्रमणबाट कम्तीमा २७ हजार ४७८ प्यालेस्टाइनी मारिएको बताएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल