औषधी उद्योगीका समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधी उद्योगीका समस्या समाधानमा आफू सकारात्मक रहेको बताउनुभएको छ ।
पाँचथर अस्पतालमा स्क्रब टाइफस र डेंगुका बिरामीको चाप
पहाडी जिल्ला पाँचथरमा स्क्रब टाइफस र डेङ्गुका बिरामी बढेका छन् ।
बालबालिकाको लागि नि:शुल्क स्वास्थ्य शिविर
धनकुटामा बालबालिकाको लागि दुई दिने नि:शुल्क स्वास्थ्य सिविर आयोजना गरिएको छ ।
राष्ट्रपतिबाट १० जना वरिष्ठ महिला चिकित्सक सम्मानित
नेपाल चिकित्सक संघद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले १० जना महिला चिकित्सकलाई सम्मान गर्नुभएको हो ।
पर्वतमा ७० प्रतिशत बिरामीमा डेंगु सङ्क्रमण
गत साउन पहिलो सातादेखि पर्वतमा देखिएको डेंगु सङ्क्रमणबाट हालसम्म झण्डै छ सयभन्दा बढी संक्रमित भएका छन् ।
जापानिज इन्सेफलाइटिसबाट १४ को मृत्यु, ६१ जना सङ्क्रमित
नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार विभिन्न जिल्लाबाट ६९५ जना जापानीज इन्सेफलाइटिसका शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा हालसम्म ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ
जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जलन उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
दमकमा वडा स्तरमा 'केएचडिसि' कार्यक्रम सञ्चालन
नसर्ने रोगहरूको पहिचान र उपचारका लागि दमक नगरपालिकाका हरेक वडामा 'केएचडिसि' कार्यक्रम सञ्चालन सुरु गरेको छ । यसअघि नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले केएचडिसि नेपालसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
नवलपुरमा डेङ्गुबाट ८३ जना सङ्क्रमित
नवलपुरमा डेङ्गुको सङ्क्रमण दिनानुदिन बढ्न थालेको छ । असारको दोस्रो हप्तादेखि हालसम्म प्राप्त तथ्याङ्क अनुसार ८३ जनामा यो रोगको पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
दमौली अस्पतालमा अपरेशन सुविधा थप
अमरराज नहर्कीतनहुँ, भदौ २७ गते । तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा पहिलो पटक बेहोस बनाएर अपरेशन गर्ने सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई बेहोस पार्ने उपकरण र प्रविधि सहयोग गरेपछि सुविधा थप गरिएको दमौली अस्पतालले जनाएको हाे ।अस्पतालका अनुसार हालसम्म बेहोस बनाइने उपकरण र प्रविधि अभावमा सामान्य अपरेशन हुन नसकेकामा अब त्यसखालका अपरेशन गर्ने बाटो खुलेको छ । उपकरणको अभावमा मध्यमखालका अपरेशन हुन नसकेकोले एनेस्थेसिया वर्किङ स्टेशन आवश्यक रहेको अस्पतालले बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पताललाई उपकरण पठाउने व्यवस्था मिलाउनुभएको हो । मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला पौडेललाई जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख डा.परिवर्तन बरालले उपकरण सहयोग गर्न माग राख्नुभएको थियो । लगत्तै मन्त्रालयबाट उपकरण पठाइएको हो ।अस्पताल प्रमुख बरालले एनेस्थेसिया वर्किङ स्टेशन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने मेसिन १ थान र मोनिटर १ थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिनुभयो । हाल दुई चिकित्सककाे व्यवस्था गरेको अस्पतालले अब मध्यमखालका अपरेशन गर्न सक्ने प्रमुख बरालले बताउनुभयो । उपकरण प्राप्त भएसँगै पित्तथैली तथा स्त्रीसम्बन्धी रोग र हड्डीको अपरेशन सेवा थाल्ने तयारी थालिएको अस्पतालले जनाएको छ । डा. बरालका अनुसार अस्पतालले हालै महिलाको पाठेघर फाल्ने अप्रेसनको सुविधा थपेको छ । सुविधा थपिएपछि तीन जनाले सुविधा लिइसकेका छन् ।
समायोजनमा जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ ।
पोषणको स्थिति सुधार गर्न परियोजना सुरु
विपन्न र सीमान्तकृत समुदायका महिला, बालबालिका र किशोरकिशोरीहरुका पोषणको स्थिति सुधार गर्न पोषण परियोजना सुरु भएको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेले पोषण परियोजनाको शुभारम्भ गर्नुभएको हो ।
बिरामी उपचारमा अस्पतालको लापरबाही, क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासद्वारा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले उपचारमा लापरबाही गरेको ठहर गर्दै मृतक परिवारलाई २६ लाख १० हजार रुपियाँ क्षतिपूर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ ।
क्षयरोगबाट स्याङ्जामा १४ जनाको मृत्यु
स्याङ्जामा क्षयरोगबाट एक वर्षमा १४ जनाको मृत्यु भएको छ ।
पाँच सयभन्दा बढीको निःशुल्क आँखा परीक्षण, ७८ जनामा मोतीबिन्दु
नेपालगन्जको फुल्टेक्रास्थित फत्ते बाल आँखा अस्पतालले नेपालगन्ज उपमहानगरपालिकाका सबै वडाहरूका आँखा बिरामीहरूलाई लक्षित गरेर निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
कोलकाता पुर्याएर मिर्गौला तस्करी
भारतको कोलकाता पुर्याएर काठमाडौँका एक युवकको मिर्गौला तस्करी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
पाँचथर विस्फोटका मृतक परिवारलाई पाँच लाख र घाइतेको निःशुल्क उपचार
सरकारले पाँचथरको फालेजुङ गाउँपालिका-५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई पाँच लाख राहत दिने निर्णय गरेको छ ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालकाे सिटी स्क्यान प्रयोगविहीन
लामो समयदेखि बन्द रहेको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सिटी स्क्यान लगायतका महत्वपूर्ण उपकरण अझै पनि सञ्चालनमा आएका छैनन् ।
बाँकेमा औलो रोगको जोखिम कायमै
बाँकेमा औलो रोगका बिरामीहरु बढ्दै गएको पाइएको छ । विगत चार वर्षदेखिको तथ्याङ्क अनुसार बाँकेका विभिन्न पालिकामा औलो रोगका बिरामीहरु बढ्दै गएको पाइएको हो । औलोका बिरामीहरुको सङ्ख्या बढ्दै जाँदा जिल्लामा औलो रोगको जोखिम कायमै रहेको पाइएको हो ।
क्षयरोगबाट तनहुँमा १४ जनाको मृत्यु
तनहुँमा क्षयरोगबाट एक वर्षको अवधिमा १४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/०८१मा क्षयरोगबाट सङ्क्रमित भएका आठ पुरुष र छ महिला जना महिला गरी सो सङ्ख्यामा मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो ।
नारायणी अस्पतालबाट क्यान्सर रोगको उपचार सुरु
पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा विस्तार गरिएको क्यान्सर उपचार सेवाको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मंगलबार एक कार्यक्रमका बिच उदघाट्न गर्नुभएको छ।
तनहुँमा ४३ जनाले लिए गैर आवासीय नागरिकता
तनहुँमा ४३ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । नौ महिला र ३४ पुरुषले गैरआवासीय नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधी अभाव
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधी अभाव भएको छ । औषधी खरिदको बजेट धेरै कटौती हुँदा अभाव भएको केन्द्रले जनाएको छ । औषधीको अभावले गर्दा बिरामीहरू रित्तो हात फर्किएर बाहिर किन्नुपर्ने बाध्यता भएको छ ।
मानसिक स्वास्थ्यप्रति समाजमा विभेद र लाञ्छना विद्यमान
छ महिनाअघिको कुरा हो । ३३ वर्षीय एक पुरुष पारिवारिक समस्याका कारण आत्महत्या गर्ने निष्कर्षमा पुग्नुभयो । उहाँले आत्महत्या रोकथामका लागि राष्ट्रिय ‘हेल्पलाइन’ ‘११६६’ बारेमा कतै सुन्नुभएको थियो । हेल्पलाइनमा फोन गर्नुभयो ।