अझै तीन हप्ता डेंगुको जोखिम कायमै, दशैँमा भयावह हुन सक्ने आँकलन
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ ।
मधेसमा ८७४ जना नयाँ कुष्ठरोगी
मधेश प्रदेशका जिल्लामा ८ सय ७४ जना नयाँ कुष्ठ रोगी फेला परेका छन् । स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रममा सो जानकारी दिइएको हो ।
गर्भवतीलाई पोषण भत्ता
तनहुँको व्यास नगरपालिकाले गर्भवती महिलालाई पोषण भत्ता सुविधा उपलब्ध गराउन थालेको छ ।
डेंगु नियन्त्रण गर्न सतकर्ता अपनाउँदै स्थानीय तह
स्याङ्जामा डेंगुको सङ्क्रमण बढ्दै गएको छ ।
बर्दिबासमा कुष्ठरोग शून्यमा झार्ने अभियान
कुष्ठरोग निवारणका लागि विश्वव्यापी अभियानकर्ता एवम् जापानी नागरिक योहेइ सासाकावाले सन् ३० सम्म कुष्ठरोगलाई शून्यमा झार्ने उद्घोष गर्दै लालगढ लेप्रोसी असपतालमा एक करोड ७७ लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
आधारभूत अस्पताल निर्माण गर्ने सरकारी योजना : समय गुज्रियो, भएन प्रगति
तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी एकै दिन शिलान्यास भएका ३९६ आधारभूत अस्पताल पाँच वर्ष पुग्न लाग्दा पनि निर्माण हुन सकेका छैनन् ।
पोखरामा डेंगु सङ्क्रमण एक महिनामा छ गुणाले वृद्धि
कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो ।
भेरी अस्पतालमा अत्याधुनिक नयाँ अपरेसन थिएटर सञ्चालनमा
भेरी अस्पताल नेपालगन्जले शनिबारदेखि अत्याधुनिक नयाँ अपरेसन थिएटरबाट शल्यक्रिया सेवा दिन सुरु गरेको छ ।
गुल्मी अस्पतालबाट ८५ हजार बढीले लिए सेवा
तम्घासस्थित गुल्मी अस्पतालबाट एक वर्षमा ८५ हजार ६८० नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन्। अस्पतालको वार्षिक समीक्षामा ८५ हजार ६८० नागरिकले उपचार पाएको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. विभव बस्यालले जानकारी दिनुभयो।
ओपिडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय पुनरावलोकन गर्न माग
नेपाल चिकित्सक सङ्घले सार्वजनिक बिदामा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने सरकारको निर्णय पुनरावलोकन गर्न आग्रह गर्दै ध्यानाकर्षण गराइएको छ ।
‘४० प्रतिशत अल्जाइमर रोग निर्मूल गर्न सकिन्छ’
पछिल्लो समय अल्जाइमर तथा डिमेन्सिया रोग बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वमा प्रत्येक वर्ष करिब एक करोड नयाँ डिमेन्सियाका बिरामी थपिने अनुमान गरिएको छ ।
राजपुर नगरपालिकामा झाडापखालाको प्रकोप
रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा झाडापखाला बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बालकको मृत्यु
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट झापाको दमकमा एक बालकको मृत्यु भएको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार दमक ३ उज्यालो टोलका ७ वर्षीय शिशिर नेम्वाङको शुक्रबार साँझ मृत्यु भएको हो ।
करोडौँमा निर्मित अस्पताल सञ्चालनमा आएन
जिल्लाको सुनवल‐२ रजहवामा रु एक करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आउन सकेको छैन ।
डिमेन्सियाका बिरामी थपिँदा स्वास्थ्य क्षेत्रमा चुनौती बढ्दो
नेपालका ६० वर्षमाथिको ७ प्रतिशत जनसङ्ख्या डिमेन्सियाबाट प्रभावित भएको एक सर्वेक्षणले देखाएको छ ।
बाँकेमा कोभिड विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु
बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ ।
अल्जाइमरको नयाँ औषधीको आविष्कार सफलता कि मृगतृष्णा ?
अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधीहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन् ।
पोषण सुधारका लागि प्रदेश सरकार गम्भीर छ : मन्त्री खड्का
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काले पोषणको अवस्था सुधार गर्न सुदूरपश्चिमका तीन जिल्लामा नौ करोड रुपियाँको बजेट छुट्याएर पोषणयुक्त आहार उत्पादन गरिने बताउनुभएको छ ।
शिलान्यास भएको चार वर्षमा आठ आधारभूत अस्पताल
शिलान्यास भएको चार वर्ष पुग्दा पनि निर्माण हुन सकेनन् आधारभूत अस्पताल । आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसङ्ख्याका आधारमा हरेक स्थानीय तहमा पाँच देखि १५ शय्याका आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नति गर्ने उल्लेख भएबमोजिम २०७७ साउन २८ गते ३९६ र पुस १२ गते २६१ गरी ६५७ वटा अस्पताल निर्माण गर्न सुरु गरिएको थियो ।
स्याङ्जामा स्वास्थ्य बीमा प्रभावकारी
यस्तै गाउँपालिकामा धेरै कालीगण्डकीमा २२ हजार ३६६ जनाले स्वास्थ्य बीमा गरेक छन् भने फेदीखोलामा छ हजार ७३३, विरुवामा पाचँ हजार ६३७, आँधीखोलामा पाँच हजार ५६४, हरिनाशमा पाँच हजार १३२ र अर्जुन चौपारीमा चार हजार ८४३ जनाले गरेका छन् ।
आँखाको उपचार पद्धतिलाई प्राथमिकतामा राख्नुस् : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आँखाको उपचार पद्धतिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
रुघाखोकीलाई सामान्य लिनु हुन्न
बाबुनानीहरू, पछिल्लो समय बालबालिकामा रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी रोग अत्यधिक बढ्दै गएको छ ।
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।
भक्तपुरमा वीर अस्पताल बनाउन सहमति
भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयले सहमति जनाएको छ ।