कुपोषण हटाउन सबैको हातेमालो आवश्यक : मुख्यमन्त्री शाह
सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले बालबालिकामा व्यापक कुपोषण अन्त्य गर्न गैरसरकारी संस्थाहरुको हातेमालो अवश्यक रहेको बताउनुभएको छ ।
कोभिडको तुलनामा एमपक्स महामारीको सामना गर्न विश्व तयार : गाभी
कोभिड महामारीबाट सिकेका पाठहरूले अफ्रिकामा हाल फैलिरहेको एमपक्स महामारीको सामना गर्न विश्वलाई तयार पारेको ‘गाभी’ खोप सञ्जालले जनाएको छ ।
भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीलाई स्थायी हुने बाटो खुल्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताल विकास समिति विकास समिति गठन आदेश २०७७ मा गरेको संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।
बैतडीमा भाइरल ज्वरोका बिरामी बढे
मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका स्वास्थ्यकर्मीले बताएका हुन् ।
अबको १० वर्षपछि सरकारले वृद्धभत्ता दिनै सक्दैन : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताउनुभएको छ ।
भेरी अस्पतालमा सर्पदंशका १२० बिरामीको उपचार
पश्चिम नेपालका विभिन्न जिल्लाहरूबाट रिफर भएका बिरामीहरूको उपचार गर्दै आएको भेरी अस्पतालले यस वर्ष विषालु सर्पले टोकेका १२० जनाभन्दा बढी बिरामीको उपचार गरेको जनाएको छ ।
ठेकेदार कम्पनीको लापरबाहीले डेंगु बढ्यो
नारायाणघाट–बुटवल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीले नवलपुरमा डेंगु ह्वात्तै बढेको छ ।
विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा
बडिगाड गाउँपालिकाले विपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ ।
स्वास्थ्य बिमाको सीमा पाँच लाख बनाऔँ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज तवरले स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमाको सीमा पाँच लाख पुर्याउनै पर्नेमा जोड दिनुभएको छ । अहिले स्वास्थ्य बिमा बोर्डले चलाएको स्वास्थ्य बिमामा यसको सीमा एक लाख छ ।
क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानबिच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
स्वास्थ्य सेवा प्रवाहमा राप्ती गाउँपालिका उत्कृष्ट
स्वास्थ्य सेवा प्रवाहमा दाङको राप्ती गाउँपालिका उत्कृष्ट भएको छ । स्वास्थ्य क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा जिल्लाका दश पालिकामध्ये राप्ती गाउँपालिकालगायत तेस्रो वर्ष पनि उत्कृष्ट घोषणा भएको हो ।
‘निदानात्मक सेवामा सुधारका पहल भइरहेको छ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा निदानात्मक सेवामा सुधारका पहलहरू भइरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा प्रवाहमा रुरुक्षेत्र प्रथम
स्वास्थ्यको क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका प्रथम भएको छ ।
एक लाख पुरस्कारसहित स्वयंसेविकालाई बिदाइ
कैलालीको कैलारी गाउँपालिकाले सेवाबाट अवकाश लिएका स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगद पुरस्कारसहित बिदाइ गरेको छ ।
गोरखामा डेंगुबाट एकको मृत्यु
गोरखाामा डेंगुबाट एक जनाको मृत्यु भएको छ ।
सात सय भन्दाबढी क्यान्सरका बिरामीलाई नेपाल एयरलाइन्सको नि:शुल्क हवाई टिकट
नेपाल एयरलाइन्सले एक वर्षमा सात सय भन्दाबढी क्यान्सरका बिरामीलाई नि:शुल्क हवाई टिकट उपलब्ध गराएको छ ।
चिस्यान अभावमा पर्वतमा ३७ लाखको खोप नष्ट
जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा आवश्यक चिस्यान केन्द्र नहुँदा यस वर्ष मात्रै रु. ३७ लाख ३१ हजार मूल्य बराबरको खोप नष्ट भएका छन् ।
अपाङ्गता भएकालाई राज्यले सहयोगीको व्यवस्था गर्नुपर्छः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अपाङ्गता भएका व्यक्तिलाई राज्यले सहयोगी उपलब्ध गराउन आवश्यक रहेको बताउनुभएको छ ।
भेरी अस्पतालमा सिकलसेलका बिरामीको हिपको जटिल प्रत्यारोपण
भेरी अस्पतालमा सिकलसेलका बिरामीको जटिल खाले हिप प्रत्यारोपण गरिएको छ । तीन जना सिकलसेलका बिरामीको जटिल प्रकारको हिपको प्रत्यारोपण गरिएको भेरी अस्पतालका हाड जोर्नी तथा नशा एवं मेरुदण्ड रोग विशेषज्ञ डा. तीर्थेन्द्र खड्काको टिमले गरेका हुन् ।
कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित
कास्कीमा डेङ्गी सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले अहिलेसम्म १४ जनाको मृत्यु भएको जानकारी दिनुभयो।
बाँकेमा रगत अभाव, प्रादेशिक रक्तसञ्चार केन्द्रमा केही पिन्ट मात्र रगत
विगत केही समययता रगत अभाव हुँदै आएको बाँके जिल्लामा फेरी एक पटक रगतको अभाव भएको यहाँस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ।
कोहलपुरमा क्यान्सर अस्पताल निर्माण सुरु
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसर कोहलपुरमा क्यान्सर उपचारका लागि एक अर्बको लगानीमा छुट्टै अस्पताल भवन निर्माण कार्य सुरु गरिएको छ ।
सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव
जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् ।