• ७ पुस २०८१, आइतबार

५० जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया

blog

स्वास्थ्य शिविरमा आँखाको शल्यक्रिया गराउनुभएका ज्येष्ठ नागरिक ।

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस ७ गते । नागार्जुन नगरपालिका वडा – १ ले ५० जना वडावासीको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गर्ने कार्य सम्पन्न गरेको छ। उक्त मोतिबिन्दुको सल्यक्रिया वडाले आफ्नै प्रशासनिक पहल र खर्चमा सम्पन्न गरेको, वडाका अध्यक्ष रामेश्वर लामाले जानकारी दिनुभयो।

उहाँका अनुसार शल्यक्रिया बानेश्वरस्थित म्याट्रिका आँखा उपचार केन्द्रको प्राविधिक सहयोग र चिकित्सकहरुद्वारा गरिएको हो। वडाले यसअघि

मङ्सिर २२ गते सञ्चालन गरेको आँखा तथा मोतिबिन्दु पहिचान स्वास्थ्य शिविरबाट पहिचान भएका वृद्धवृद्धाको शनिबार शल्यक्रिया गरिएको वडाअध्यक्ष लामाले जानकारी दिनुभयो।

एउटा मोतिबिन्दुको सल्यक्रिया निजी अस्पतालमा गर्नु परे कम्तिमा २५ देखि ३० हजार रुपियाँ खर्च हुने हुँदा वडाले आफ्नै पहलकदमीमा सो कार्य सम्पन्न गरेको हो। वडाले मोतिबिन्दु सल्यक्रिया गर्नुपर्ने वडावासीका लागि घरघरै पुगेर निःशुल्क यातायातको व्यवस्थासमेत गरेर उहाँहरुलाई आँखा उपचार केन्द्रसम्म लगिदिने प्रवन्ध गरेको थियो।