सिड्नी, पुस ५ गते । अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवती महिलाहरूको लागि बर्ड फ्लूको सङ्क्रमण घातक हुने बताएको छ । मेलबर्नको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई)द्वारा शुक्रबार प्रकाशित गरिएको उक्त अनुसन्धानले एक हजार ५०० भन्दा बढी अनुसन्धान पत्रको समीक्षा गरेको छ ।
अनुसन्धानले ३० महिला मध्ये २७ जनालाई बर्डफ्लु घातक भएको र मृत्युदर ९० प्रतिशत रहेको पाइएको देखाएको छ । उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआई) स्ट्रेन ‘एचफाइभ एनवन’ र ‘एचफाइभ एनटू’ विश्वव्यापीरुपमा बढ्दै गएको प्रकोपसँग सम्बन्धित मानव सङ्क्रमणको रुपमा यो अध्ययन प्रकाशित गरिएको थियो ।
अनुसन्धान टोलीले अनसन्धानले गर्भवती महिलालाई जतिसक्दो चाँडो महामारी योजनामा समावेश गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेको निष्कर्षले देखाएको छ । एमसीआरआईका अध्ययन सह–लेखिका राहेल पर्सेलले भन्नुभयो,“गर्भवती महिलाहरुलाई प्रायः खोप परीक्षणहरुबाट वञ्चित गरिएको थियो र सार्वजनिक स्वास्थ्य खोप कार्यक्रमहरुमा ढिलाइको सामना गर्नु परेको थियो । गर्भवती महिलाहरुलाई नियमितरुपमा महामारीविरुद्धको उपचार र अन्य कार्यक्रमहरुमा सहभागी गर्न आवश्यक हुने अनुसन्धानको निश्कर्ष छ ।” रासस/सिन्ह्वा