• १० माघ २०८१, बिहिबार

‘२५ प्रतिशत रोग वातावरणीय जोखिम तत्वका कारण लाग्छ’

blog

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा.मेघनाथ धिमाल

काठमाडौं, पुस १ गते । पछिल्लो समय जलवायुका कारणले विभिन्न स्वास्थ्य समस्या बढ्र्दै गएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा.मेघनाथ धिमालका अनुसार विश्वव्यापी हुने रोगको भार मध्ये एक चौथाई अर्थात २५ प्रतिशत (लगभग १३ मिलियन)को मृत्यु वातावरणीय जोखिमको कारणले हुने अनुमान गरिएको छ ।

जलवायु परिवर्तनले न्यून आय भएका देशका जनतालाई बढी प्रभावित भएको डा.धिमाल बताउनुहुन्छ । जलवायु परिवर्तनले पानी, वायु, माटोमा असर गर्ने हुँदा खानेपानीजन्य, प्रदूषणबाट हुने रोगको जोखिम बढ्छ ।

जलवायु परिवर्तनले कोलेरा, डाइरिया जस्ता रोगको भार र मृत्युदर बढाउने डा.धिमाल बताउनुहुन्छ । डा.धिमालका अनुसार जलवायु परिवर्तनले बालबालिका वृद्धावृद्ध, गर्भवतीमा बढी असर पुग्ने गर्छ । 

जलवायु परिवर्तनका कारणले तराईमा मात्र देखिने किटजन्य रोगको भार जस्तै डेंगु, मलेरिया, कालाजार जस्ता किटजन्यरोग हिमाली जिल्लामा पनि देखिन थालेको डा.धिमालको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, “जलवायु प्रदूषणले रोगको भार बढ्दै गएको छ । एक अध्ययनले एक डिग्री तापक्रम बढेमा डाइरिया जन्य रोगको भार ४.४ प्रतिशतभन्दा बढी र हिमाली जिल्लामा पाँच वा छ प्रतिशतले बढ्ने देखाएको छ ।”

जलवायु परिवर्तनका कारण नसर्ने रोगको भार बढ्दै गएको चिकित्सक बताउछन् । नेपालमा ७१ प्रतिशतको मृत्यु नसर्ने रोगका कारण हुने गर्छ । त्यसका अलाव जलवायु परिवर्तनका कारणले मानसिक समस्या, कुपोषणको भार बढ्दै गएको उहाँ बताउनुहुन्छ । कुपोषणका कारणले विश्वमा ३१ लाख बालबालिकाको मृत्यु हुने गर्छ ।

यो समस्यालाई समयमानै सम्बोधन गरी राज्यले यो सम्बन्धी रणनीति बनाएर काम सुरु नगरेर भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने डा.धिमालको तर्क छ । युनएनले पनि जलवायु परिवर्तनलाई स्वास्थ्य सङ्कटको घोषण गरिसकेको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।