गुल्मी अस्पतालमा नसर्ने रोगका लागि छुट्टै क्लिनिक
सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा नसर्ने रोगका लागि छुट्टै पेनप्लस क्लिनिक सञ्चालन हुने भएको छ । अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि सेवा उपलब्ध हुनेछ ।
स्वास्थ्य बिमा गरेकालाई दोस्रो दर्जाको व्यवहार गर्न पाइँदैन : स्वास्थ्यमन्त्री जोशी
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य बिमा गरेका नागरिकलाई दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गर्न नपाइने बताउनुभएको छ ।
तीन वर्षमा ११ लाखले गरे स्वास्थ्य बिमा
लुम्बिनी प्रदेशका करिब ११ लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशका अनुसार पछिल्लो तीन वर्षमा उक्त सङ्ख्यामा नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका हुन् ।
जाडोमा मुटुको सुरक्षा किन र कसरी
जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ ।
‘पूर्ण खोप सुनिश्चित गर्न परिणाममुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्ने’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणाममुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ ।
चिकित्सकको हडतालले अस्पतालको सेवा प्रभावित
गौर प्रादेशिक अस्पतालका चिकित्सकले तलब भत्ताको माग गर्दै ओपिडी सेवा बन्द गरेपछि बिरामी मारमा परेका छन्।
वैशाखदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गरिने
नेपालगन्ज उपमहानगरपालिकाले आगामी नयाँ वर्ष अर्थात् २०८१ वैशाख १ गतेदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ ।
बन्दैछ मधुमेह ‘साइलेन्ट किलर’
मधुमेह (चिनी रोग) लाई अङ्ग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रुपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’ भन्ने गरिन्छ ।
रेडियोथेरापीका अनेक रुप
क्यान्सरको उपचारमा प्रयोग गरिने रेडियोथेरापीलाई नेपाली बोलीचालीमा बिजुलीले सेक्ने उपचार भनेर बुझिन्छ । खासमा यसमा बिजुलीको प्रयोग गर्ने नभई विकिरणको प्रयोग गरिन्छ । यो विकिरण थेरापीले क्यान्सर कोषलाई नष्ट वा यसको वृद्धिमा नियन्त्रण गर्दछ । रेडियोथेरापीको क्रममा प्रयोग गरिने विकिरणले क्यान्सरको डिएनएलाई नष्ट गरी कोषको विनाश गराउँछ । रेडियोथेरापी विधिमा क्यान्सर कोष वृद्धिलाई नियन्त्रणमा राख्ने क्षमता पनि हुने भएकाले क्यान्सर
नक्कली चिकित्सकलाई कानुन बमोजिम कारबाही गर्न माग
नेपाल चिकित्सक सङ्घले नक्कली चिकित्सकलाई कानुन बमोजिम कारबाही अगाडि बढाउन माग गरेको छ ।
‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ प्रभावकारी
भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग ‘मेयर स्वास्थ्य कार्यक्रम’बाट नौ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन् ।
स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
कटन क्याण्डीले स्वास्थ्यमा गम्भीर असर पुर्याउने
काठमाडौँका विभिन्न स्थानमा बेच्ने कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’ को प्रयोग भएको पाइएको छ ।
लम्पीस्किनबाट गाईगोरुको मृत्यु : पाँच करोडको क्षति
अर्घाखाँचीमा लम्पीस्किन (काप्रीपक्स भाइरस) बाट सङ्क्रमित हुने गाईगोरुको मृत्यु हुँदा करिब पाँच करोडको क्षति भएको छ । गत वैशाखदेखि गाईगोरुमा लम्पीस्कीन देखिन थालेको थियो र हालसम्म ३४२ गाईगोरुको मृत्यु भएको छ ।
कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया
कर्णाली प्रदेश अस्पतालको सेवा थप गुणस्तरीय बन्दै गएको छ । पछिल्लो समय अस्पतालले मिर्गौला प्रत्यारोपनसहित विशेषज्ञ सेवा सुर्खेतमा दिन थालेको हो । प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृति मानिएको स्पाइनल इन्जुरी (मेरुदण्ड) को सफल शल्यक्रिया गरेको छ ।
लिमीका स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा
नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीको स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त सुविधाको व्यवस्था गरिएको छ ।
खोरेत र पीपीआर रोगको जोखिममा गुल्मीका किसान
लम्पी स्किन रोगका कारण सयौँको सङ्ख्यामा पशु गुमाएको पिडा सेलाउन नपाउँदै गुल्मीका किसानहरू खोरेत र पीपीआर रोगको जोखिममा परेका छन् । लम्पी स्किन रोगका कारण सयौँ पशुको मृत्यु हुँदा करोडौँको क्षति व्यहोरेका यहाँका किसानहरू अहिले खोरेत र पीपीआर रोगको जोखिममा परेपछि थप पीडा भोग्न बाध्य छन् ।
महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा डा. चन्द्रमणि पौडेल नियुक्त
त्रिभुवन विश्व विद्यालय अन्तर्गतको महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा.चन्द्रमणि पौडेल नियुक्त हुनुभएको छ ।
‘गर्भावस्थामा पनि थाइराइडको औषधी खान मिल्छ’
पछिल्लो समय थाइराइडका बिरामी बढ्दैगएका छन् । मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. मनीषा मिश्रले थाइराइडका बिरामी बढ्दै गए पनि गर्भावस्थामा पनि बिरामीले औषधी सेवन गर्न मिल्ने बताउनुभएको छ ।
तीनसय ७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
बाँकेको राप्तीसोनारी गाउँपालिका–६ सिधनवामा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३ सय ७ सय जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।
धुलोका कारण ग्रामीण जनजीवनमा असर
वातावरणीय असरको मूल्याङ्कनमा पूर्वसावधानी नअपनाउँदा दक्षिणी रसुवाको जीवजीवे गाउँ धुलोले प्रभावित बनेको छ । ग्रामीण सडक निर्माण सुधारका लागि सडक सुधार पूर्वाधार विकास योजना नुवाकोटले गरेको कामबाट जीवजीवेका स्थानीयबासी प्रभावित भएका हुन् ।
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ ।
राप्ती नदी सरसफाइमा युवाको सक्रियता
बाँकेको राप्ती नदी आसपासमा फोहोर बढेको भन्दै स्थानीय युवा सरसफाइमा जुटेका छन् । राप्ती नदीमा तीर्थालुद्वारा पूजापश्चात् फ्याँकिएका प्लाटिकका थैला, फूलमालालगायत अन्य फोहरजन्य कच्चापदार्थले नदीलाई कुरुप बनाएको भन्दै युवा नदी क्षेत्रको सरसफाइमा जुटेका हुन् ।
दुर्गमका बासिन्दालाई एम्बुलेन्स सुविधा
ताप्लेजुङको दुर्गम भेगका बासिन्दाले पछिल्लो समय गाउँगाउँबाट एम्बुलेन्स सेवा पाउन थालेका छन् । सम्बन्धित स्थानीय तहको पहलमा एम्बुलेन्स खरिद हुन थालेपछि दुर्गम भेगका बासिन्दा वा बिरामीले आफ्नै गाउँबाट एम्बुलेन्स सुविधा पाउन थालेका हुन् ।